समाचारमा बालबालिका

झापामा खोलाले बगाउँदा बालकको मृत्यु

रातोपाटीमा प्रकाशित,२८ असार, झापा।

खोलाले बगाउँदा झापामा आज एक बालकको मृत्य भएको छ । खोलाले बगाउँदा शिवसताक्षी  नगरपालिका–५ का नौ वर्षीय सौगात चापागाईंको मृत्यु भएको प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

Read More

दाङमा बाढीले ९ वर्षीय बालकको मृत्यु

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२८ असार, दाङ।

अविरल वर्षापछि आएको बाढीका कारण दाङमा पनि एकजनाको मृत्यु भएको छ । स्थानीय खहरे खोलामा आएको बाढीले बगाउँदा बंगलाचुली गाउँपालिका–८ कैनपानीका ९ वर्षीय भक्तसिंह बैजालीको मृत्यु भएको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले बताए।

Read More

हराएको शिशु स्याङ्जाको मिर्मिबाट भेटियो

कान्तिपुरमा प्रकाशित,२८ असार, पाल्पा।

लुम्बिनी मेडिकल कलेजबाट शुक्रबार हराएको नवजात शिशु शनिबार भेटिएको छ । अस्पतालमा जन्मिएको चार घण्टामै गायव भएको शिशु स्याङ्जा जिल्लाको मिर्मीमा भेटिएको हो । प्रहरीले बच्चा र चोरी गर्ने महिलालाई शनिबार बिहान ८ बजे कोठाबाटै नियन्त्रणमा लिएको जनाएको छ।

Read More

दुलहा-दुलहीसहित ४ जना मण्डपबाटै पक्राउ

कान्तिपुरमा प्रकाशित,२७ असार, सल्यान ।

प्रहरीले शारदा नगरपालिका–४ पिपलनेटामा विवाह भइरहेको अवस्थामा  दुलहा-दुलही सहित ४ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानले बाल विवाह गरिरेहको जोडी सहित चार जनालाई मण्डपबाटै पक्राउ गरेको हो।

Read More

बाल विवाह गर्ने जोडीलाई २० वर्ष नपुगेसम्म अलग्याइने

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२७ असार, रोल्पा।

बाल विवाह अन्त्य गर्न रोल्पाको माडी गाउँपालिका–२ वडा कार्यालयले बाल विवाह गर्ने जोडीलाई अलग्याउने रणनीति अपनाएको छ। बाल विवाह गरेका चार जोडीलाई २० वर्ष नपुगेसम्म सँगै बस्न नपाउने गरी आ–आफ्नो घर पठाइएको छ।

Read More

विद्यार्थी मृत्यु प्रकरण : प्रिन्सिपलसहित पाँच जनाविरुद्ध मुद्दा दायर

रातोपाटीमा प्रकाशित,२७ असार, कञ्चनपुर।

कञ्चनपुरको भीमदत्तनगरपालिका–१७ मझँगाउँस्थित महाकाली बाल विद्यालयका विद्यार्थी माधव कलौनीको मृत्युका विषयलाई लिएर उनका अभिभावकले पाँच जनाविरुद्ध मुद्दा दायर गरेका छन् ।

Read More

नहरमा डुबेर पर्सामा बालकको मृत्यु

थाहा खबरमा प्रकाशित,२६ असार, पर्सा ।

घर नजिकैको नहरको पानीमा डुबेर पर्सामा एक बालकको मृत्यु भएको छ। यो वर्षको मनसुन सुरु भएसँगै घर नजिकै रहेको नहरमा आएको पानीमा डुबेर पर्सामा एक बालकको मृत्यु भएको हो। मृत्यु हुने बालक वीरगन्ज महानगरपालिका-२२ जगरनाथपुर बस्ने दीपेन्द्र साह तुराहका ६ वर्षीय छोरा रोशन साह तुराह रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

Read More

नालामा डुुबेर दुई बालकको मृत्यु

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२५ असार, बर्दिया।

बर्दियाको गुलरिया नगरपालिका–३ मा पानीमा डुबेर दुई बालकको ज्यान गएको छ । घरदेखि केही पर रहेको नालामा पौडी खेल्ने क्रममा १० वर्षीय विकास बञ्जारा र ५ वर्षीय अनिल बञ्जाराको मंगलबार अपरान्ह् मृत्यु भएको प्रहरीले जनाएको छ।

Read More

शिक्षकको कुटाइबाट छात्रको मृत्यु

कान्तिपुरमा प्रकाशित,२५ असार, कञ्चनपुर।

कञ्चनपुरको भीमदत्त नगरपालिका १७ स्थित महाकाली बाल विद्यालयमा अध्ययनरत एक छात्रको शिक्षकको कुटाइबाट मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार कक्षा ९ मा अध्ययनरत १३ वर्षीय माधव कलौनीको भारतको बरेलीस्थित अपस्तालमा उपचारका क्रममा मंगलबार राति मृत्यु भएको हो।

Read More

कम उमेरमा बच्चा जन्माउँदा समस्या

कान्तिपुरमा प्रकाशित,२४ असार, पाँचथर।

फालेलुङ गाउँपालिकाकी एक किशोरीको विवाह १६ वर्षमै भयो । उनी भर्खरै एसईई दिएर बसेकी थिइन् । एसईई परीक्षा दिन गएका बेला याङवरक गाउँपालिकाका युवकसँगको चिनाजानीपछि मायाप्रेम हुँदै विवाहमा परिणत भयो ।युवक वैदेशिक रोजगारीबाट फर्किएका थिए।

Read More

पर्खाल भत्कँदा बालिकाको मृत्यु

कान्तिपुरमा प्रकाशित,२४ असार, रोल्पा ।

दुई दिनदेखि लगातार भइरहेको वर्षापछि घर नजिकको पर्खाल भत्किँदा च्यापिएर रोल्पा पञ्चीकोट गाउँकी एक बालिकाको मृत्यु भएको छ । अत्याधिक वर्षा भएकाले पर्खाल भत्किएर दुई वर्षकी बालिकाको मंगलबार मध्यान्ह मृत्यु भएको हो।

Read More

सर्पले डसेकी बालिकाको मृत्यु, अस्पताल तोडफोड

नागरिक न्युजमा प्रकाशित,२४ असार, सर्लाही।

सर्पले डसेकी बालिकाको उपचारमा लापरबाहीका कारण मृत्यु भएको भन्दै आक्रोशित भीडले सोमबार राति सर्लाहीको नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा तोडफोड गरेको छ।

Read More

सर्पदंशबाट झापामा सात वर्षीया बालिकाको मृत्यु

थाहा खबरमा प्रकाशित,२३ असार, झापा।

कोठामा सुतिरहेको अवस्थामा विषालु सर्पको टोकाइबाट झापामा सात वर्षीया बालिकाको मृत्यु भएको छ। सर्पदंशबाट मृत्यु हुनेमा झापा गाउँपालिका–६ स्थित मदरगाछ बजारका बैधनाथ गोसाईंकी सात वर्षीया छोरी निरुता रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

Read More

सुनकोशीका बालबालिकामा कुपोषणको जोखिम

थाहा खबरमा प्रकाशित,२२ असार, सिन्धुली।

सुनकोशी गाउँपालिकामा ११ जना कुपोषित बालबालिका भेटिएका छन्। तीमध्ये खतराको अवस्थामा रहेको चार जना रहेका छन्। गाउँपालिकाको सात वटै वडाका ६ महिना देखि २३ महिनासम्मका ३७८ जना बालबालिकाको पोषण अवस्थाको जाँच तथा मूल्यांकन गर्दा खतराको अवस्थामा रहेका कुपोषित चार जना बच्चा र सावधानी लिनुपर्ने सात जना बच्चा भेटिएका हुन्।

Read More

स्कुल बस नहरमा खस्यो, दुई शिक्षिका र एक विद्यार्थी घाइते

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२२ असार, विराटनगर।

मोरङको बुढीगंगा गाउँपालिका-३ स्थित गोकुवा चोकनजिकै नहरमा जेभियर्स बोर्डिङ स्कुलको बस आइतबार खस्दा दुई शिक्षिका र १ विद्यार्थी घाइते भएका छन्। दुर्घटनामा को १ ख १९८२ नम्बरको बसमा सवार दुई शिक्षिका र एक विद्यार्थी घाइते भएका छन्।

Read More

उद्धार गरिएका बालकलाई अभिभावको जिम्मा लगाइयो

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२१ असार, बैतडी ।

बैतडीमा प्रहरीले दुईजना बालकको उद्धार गरेर घरपरिवारको जिम्मा लगाएको छ। गोठलापानी बजार भएर भारत जाँदै गरेका दार्चुलाको मालिकार्जुन गाउँपालिका २ भगवती न्वालपानी बस्ने १५ वर्षीय गौरव धामी र सोही ठाउँका महेशसिंह धामीलाई उद्धार गरी घरपरिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले बताए।

Read More

घाँटीमा चक्कु राखेर बलात्कार

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२१ असार, ललितपुर।

ललितपुरमा एक युवाले युवतीलाई आफ्नो डेरामा  बन्धक बनाएर बलात्कार गरेको खुलेको छ । १७ वर्षीया युवतीलाई ग्वार्कोबाट घर पुर्याइदिने भन्दै महालक्ष्मी नगरपालिकाको चाँगाथलीमा रहेको डेरामा लगेर जबरजस्ती गरेको खुलेको हो।

Read More

जनावरले खाएको अवस्थामा पोखरामा नवजात शिशुको शव फेला

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२१ असार, पोखरा।

पोखरा महानगरपालिका ३० शिशुवास्थित बिपलडाली मार्ग खेतको कुलो छेउमा नवजात शिशुको शव फेला परेको छ। मृत अवस्थामा फेला परेको बालकको पेट मुनी र दाहिने हात जनावरले खाएको अवस्थामा फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक कृष्णबहादुर कार्कीले बताए।

Read More

बिमाको पैसा पाउन बाबुद्वारा ४ वर्षीया छोरीको निर्मम हत्या

नागरिक न्युजमा प्रकाशित,२० असार,रौतहट।

बिमाको रकम हात पार्न बाबुले आफ्नै ४ वर्षीया छोरीको हत्या गरेका छन्। रौतहटको नौलापुर नगरपालिका वडा नम्बर ६ पथराबुधरामका ३९ वर्षीय रामकिशोर यादवले ४ वर्षीया छोरी लक्ष्मी राय यादवको हत्या गरेको प्रहरीले जनाएको छ।

Read More

पाँच महिनादेखि बालक सम्पर्कविहीन

रातोपाटीमा प्रकाशित,१९ असार, सुर्खेत।

पछिल्लो समय यहाँ बालबालिका हराउने क्रम बढ्दै गएको छ । बालबालिका को, कहाँ, कहिले र कति सङ्ख्यामा हराउँछन् भन्ने यकिन तथ्याङ्क भने सजिलै पाउन सकिँदैन।

Read More