समाचारमा बालबालिका

छोरी जिउँदै जलाएको आरोपमा आमा-बुवा पक्राउ

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२७ बैशाख, दार्चुला।

व्यास गाउँपालिका- ५ चुकपानी बस्ने एक दम्पत्तीले आफ्नै छोरीलाई जिउँदै जलाएको आरोपमा पक्राउ परेका छन्। बुवा २४ वर्षीय नबिन विष्ट र आमा शिला विष्टले १० महिनाकी छोरी अनुश्का विष्टलाई जिउँदै जलाएको स्थानीयले बताएका छन्।

Read More

रौतहटमा घर भत्किँदा ४ महिने बालकको मृत्यु, बुवा आमा घाइते

उज्यालो अनलाइनमा प्रकाशित,२७ बैशाख, धनुषा।

रौतहटमा घर भत्किँदा ४ महिने बालकको ज्यान गएको छ भने बालकको बुवा आमा घाइते भएका छन् । राजपुर नगरपालिका–८ बलुवागोठका रामलोचन रामको माटो र इँट्टाको गारोबाट बनेको १ तल्ले फुसको छानो भएको घर बिहीबार भत्किएको हो।

Read More

चकचके’ भन्दै विद्यार्थी निष्कासित

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२६ बैशाख, काठमाडौं।

विद्यालयमा चकचक गरेको आरोपमा भीमसेनगोलास्थित कमल नेत्र छुनामुना माध्यमिक विद्यालयमा अध्ययनरत पासाङ तामाङलाई पढाइबाट वञ्चित गरेको पाइएको छ।

Read More

जुत्ता सिलाएर पढाइ खर्च

कान्तिपुरमा प्रकाशित,२६ बैशाख, मुगु ।

छायानाथरारा नगपालिकाको चरापगाउँका १२ वषर्ीय रामबहादुर विकले गमगढी बजारमा जुत्ता सिलाएर आफ्नो पढाइ खर्च धानिरहेका छन् । गमगढी बजारको सालिक नजिकै सानो टहरोमा उनी बाबुसँगै जुत्ता सिउँछन्।

Read More

मोबाइल फोन र सामाजिक सञ्जालको गलत प्रयोगले बालविवाहका घटना बढ्न थाले

नयाँ पत्रिकामा प्रकाशित,२६ बैशाख, डोटी ।

डोटीमा बालविवाहका घटना बढ्दै गएका छन् । मोबाइल फोन र सामाजिक सञ्जालको गलत प्रयोगले बालविवाहका घटना बढ्न थालेका जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

Read More

बालविवाहबिरुद्ध रणनीति

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२५ बैशाख, अछाम ।

अछाममा बालविवाह बढेपछि स्थानीय तह बालविवाहविरुद्ध रणनीति बनाउन जुटेका छन् । मेल्लेख गाउँपालिका र बिनायक पञ्चदेवल नगरपालिकाले बालविवाहविरुद्ध रणनीति तयार गर्न सुझाब संकलन गरेका छन्।

Read More

भ्यानबाट खसेर बालकको मृत्यु

कान्तिपुरमा प्रकाशित,२५ बैशाख, बागलुङ ।

पिकअप भ्यानबाट खसेर एक बालकको मृत्यु भएको छ । अर्का एक बालक सख्त घाइते छन् । निसीखोला ३ को बोहरागाउँमा लु १ च ६७५२ नम्बरको उक्त भ्यानबाट स्थानीय १२ वर्षीय लघु सुनारको मृत्यु भएको प्रहरीले बतायो।

Read More

स्कुले बालक मृत भेटिए

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२५ बैशाख, नुवाकोट ।

नुवाकोटमा एक स्कुले बालक मृत भेटिएका छन्। बेलकोटगढी नगरपालिका ८ जिलिङ घर भई देवीघाटको सहिद जगतप्रकाश जंग शाह संस्कृत माविको कक्षा ९ मा अध्ययनरत १६ वर्षीय गणेश दाहाल मृत भेटिएका हुन्।

Read More

आधा घाँटी काटेको अवस्थामा साढे दुई वर्षीय बालकको शव फेला

नागरिक न्युजमा प्रकाशित,२४ बैशाख, धनुषा ।

धनुषाको मिथिला नगरपालिकामा साढे दुई वर्षीय अबोध बालकको हत्या गरेको अवस्थामा शव फेला परेको छ। मिथिला नगरपालिका–६ ढल्केवरबाट सोमबार साँझ शम्भु साहका साढे दुई वर्षीय छोरा आर्यन साह बेपत्ता भएका थिए। बालकको खोजतलास अबेर रातिसम्म गरिए पनि फेला परेको थिएन।

Read More

प्रहरी पुगेपछि बालविवाह रोकियो, जन्ती फरार

कान्तिपुरमा प्रकाशित,२४ बैशाख, खोटाङ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-४ खाल्लेमा हुन लागेको बालविवाह रोकिएको छ । उमेर नपुगी विवाह गरेको प्रहरीमा खबर पुगेपछि उक्त विवाह रोकिएको हो।

Read More

बालिकालाई जबरजस्ती करणी प्रयास गर्ने पक्राउ

उज्यालो अनलाइनमा प्रकाशित,२४ बैशाख, म्याग्दी ।

पाँच वर्षीया बालिकालाई जबरजस्ती करणीको प्रयास गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका–४, दग्नामका ३२ वर्षीय निलप्रसाद पुनलाई जबरजस्ती करणीको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

Read More

सर्पले डसेर शिशुको मृत्यु

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२५ बैशाख, राजविराज।

सर्पले डसेर सप्तरीमा बुधबार एक ९ महिने शिशुको मृत्यु भएको छ।तिलाठी कोइलाडी गाउँपालिका- ५ बनरझुलाकी प्रियाकुमारी रायको सर्पदंशले दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

Read More

कारागारमा हुर्केकी बालिकाले परीक्षामा ल्याइन् ९६ प्रतिशत अंक

नयाँ पत्रिकामा प्रकाशित, बैशाख २३, गुल्मी ।

गुल्मीको धुर्कोट गाउँपालिका-३ हाडहाडेकी बिपिका पुन जिल्ला कारागार आउँदा १४ महिनाको थिइन् । अहिले चार वर्ष पुगेकी उनी आमा शान्ता पुनलाई जिल्ला अदालत गुल्मीले ५ पुष २०७२ मा सर्वश्वसहित जन्मकैदको फैसला गर्‍यो । बिपिका सानी भएकाले कसैले राख्न नमानेपछि शान्ताले आफैसँगै राखिन्।

Read More

गोल्फुटारको एक होस्टलबाट १९ जना बालबालिका उद्धार

कान्तिपुरमा प्रकाशित,२३ बैशाख, काठमाडौँ ।

काठमाडौंको गोल्फुटारस्थित न्यू कर्णाली होस्टलबाट प्रहरीले १९ जना नाबालकलाई उद्धार गरेको छ । सुदूर र मध्य पश्चिमबाट अभिभावकलाई ललाइफकाई नाबालक बच्चाहरुलाई छात्रवृत्तिमा पढाउन र लालनपालन गर्न भनि ल्याएर अलपत्र पारेको उजुरी प्राप्त भएपछि नेपाल प्रहरीको महाराजगञ्ज वृत्तले उद्धार गरेको हो।

Read More

फरक समूहको रगत चढाएपछि बालिकाको मृत्यु

उज्यालो अनलाइनमा प्रकाशित,२३ बैशाख, काठमाण्डौ ।

शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा शल्यक्रिया गर्दा फरक समूहको रगत चढाइएको भनिएकी पाँच वर्षीया बालिकाको ज्यान गएको छ।मुटुको शल्यक्रिया गर्ने क्रममा अर्कै समूहको रगत चढाइएको दाबी गरिएकी सर्लाहीकी ५ वर्षकी आकृतिकुमारी साहको ज्यान गएको हो।

Read More

पोखरीमा डुबेर किशोरको मृत्यु

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२२ बैशाख, बिर्तामोड।

झापाको मेचीनगरमा पोखरीमा डुबेर एक किशोरको मृत्यु भएको छ।मेचीनगर नगरपालिका(९ स्थित निर्माणाधीन पोखरीमा डुबेर सोही स्थानका १५ वर्षीय प्रनिल प्रसाईको शनिबार दिउँसो मृत्यु भएको हो।

Read More

विदेशी ‘हाई प्रोफाइल’ नै बालयौन दुराचारी

नागरिक न्युजमा प्रकाशित,२२ बैशाख, काठमाडौं ।

दुई दर्जनभन्दा धेरै नेपाली बालकमाथि यौन दुराचार गरेको अभियोगमा क्यानडा प्रहरीले युरोपियन युनियनका पूर्वकर्मचारी पाउल म्याकार्थीलाई पक्राउ गरेको छ। नेपाल प्रहरीको उजुरीका आधारमा क्यानडा प्रहरीले दुई महिनाअघि उनलाई नियन्त्रण लिएको थियो।

Read More

करेन्ट लागेर किशोरको मृत्यु

थाहा खबरमा प्रकाशित,२० बैशाख, डडेल्धुरा।

डडेल्धुरामा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ। अमरगढी नगरपालिका-१ दह भेटामा लच्किएको तार छुँदा स्थानीय १७ वर्षीय तेजबहादुर ऐरको बिहीबार बेलुका करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो।

Read More

बलात्कार अभियोगमा युवक पक्राउ

नागरिक न्युजमा प्रकाशित,२० बैशाख, खोटाङ ।

किशोरीलाई बलात्कार गरेको अभियोगमा खोटाङमा एक युवक पक्राउ परेका छन् । १७ वर्षीय युवतीलाई करणी गरेको अभियोगमा ऐंसेलुखर्क गाउँपालिका–१ राखाबाँदेलका २१ वर्षीय जीवन जोगी पक्राउ परेका हुन् ।

Read More

विद्यालयमा विवाहित किशोरकिशोरी

कान्तिपुरमा प्रकाशित,२० बैशाख, म्याग्दी।

कानुनी प्रावधान केलाउँदा दुवैलाई विवाह गर्ने उमेरसम्म छुट्याएर राख्नुपर्ने हो । नौ कक्षामा पढ्ने १७ वर्षीय मिलन विक र १५ वर्षीया भकु विक श्रीमान् श्रीमती हुन्।

Read More