A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionj0qoci7dvalm49m8nsdjovn0ur8i7v1j): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

पाँच बाल विवाह रोकियो

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२६ असार, पर्सा ।

पर्सामा अभियन्ता र प्रहरी सक्रियतामा दुुई महिनामा पाँचवटा बाल विवाह रोकिएका छन् । जिल्ला प्रहरी कार्यालय पर्साको महिला तथा बालबालिका सेवा केन्द्र (महिला सेल)का अनुसार वैशाख अन्तिम सातादेखि असार २५ गतेसम्म उमेर नपुग्दै गर्न लागिएका पाँच बाल विवाह रोकिएका हुन् ।

Read More

विद्यालयको ढोका भत्किँदा विद्यार्थीको मृत्यु

थाहा खबरमा प्रकाशित,२६ असार, झापा ।

दमकस्थित जनज्योति निमाविको ढोका भत्किँदा एक बालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार विद्यालयको परिसरमा खेल्दै गरेका इलाम, चुलाचली गाउँपालिका–३ का १० वर्षीय रिजन लिम्बूको ढोकाले थिचेर मृत्यु भएको हो।

Read More

अपहरित बालकको अवस्था अज्ञात

कान्तिपुरमा प्रकाशित,२५ असार, बारा ।

जितपुर सिमरा उपमहानगरपालिका–७ बाट एक महिनाअघि अपहरित ९ वर्षीय छोटु भनिने अंकित गुप्ताको अवस्था अझै अज्ञात छ । उनको खबर थाहा नपाउँदा परिवार चिन्तामा डुबेको छ । 

Read More

आठ वर्षीया बालिका बलात्कार गर्ने ६० वर्षीय बृद्धलाई १० वर्ष जेल

नयाँ पत्रिकामा प्रकाशित,२५ असार, विराटनगर ।

आठ वर्षीया बालिका बलात्कार गर्ने एक बृद्धलाई मोरङ जिल्ला अदालतले १० वर्ष कैद सजाय गरेको छ । मोरङको सुन्दरहरैचा नगरपालिका ७ का ६० वर्षीय भिमबहादुर मगरलाई जिल्ला अदालतले आठ वर्षीया बालिका बलात्कार आरोपमा १० बर्ष कैद सजाय गरेको हो ।

Read More

ढुंगा लागेर किशोरीको मृत्यु

रातोपाटीमा प्रकाशित,२५ असार, दार्चुला ।

दार्चुलामा ढुंगा लागेर एक किशोरीको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा शैल्यशिखर नगरपालिका–२ देथला बस्ने काशीराम भट्टकी १५ वर्षीया छोरी माधवी भट्ट रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी हिक्मत बोहराले जानकारी दिनुभयो । 

Read More

पानी जमेको खाल्डोमा डुबेर बालकको मृत्यु

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२५ असार,बिर्तामोड ।

झापाको बिर्तामोड नगरपालिका-७ गरामनिमा पानी जमेको खाल्डोमा डुबेर एक बालकको मृन्यु भएको छ। विर्तामोड नगरपालिका-७ गरामनिका देवेन्द्र अधिकारीका ४ वर्षीय छोरा स्माईल अधिकारीको मृत्यु भएको प्रहरीले बताएको छ।

Read More

बालश्रमविरुद्धको गुरुयोजना पारित

रातोपाटीमा प्रकाशित,२५ असार, काठमाडौँ ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले बालश्रमविरुद्धको गुरुयोजना पारित गरेको छ । गुरुयोजनाले अब कुनै पनि क्षेत्रमा बालश्रमको प्रयोग गर्न नपाउने प्रावधान राखेको छ । 

Read More

सिरहामा खोलामा डुबेर एक बालकको मृत्यु

रातोपाटीमा प्रकाशित,२५ असार, सिरहा ।

स्थानीय मैनामती खोलामा डुबेर आज सिरहा नगरपालिका– १५ का कृपाल मण्डलका छ वर्षीय छोरा प्रवीणकुमारको मृत्यु भएको छ । 

Read More

सीमाबाट फर्काइए बालबालिका

कान्तिपुरमा प्रकाशित,२५ असार, कञ्चनपुर ।

विद्यालयमा बर्खे बिदा सुरु भएसँगै ठूलो संख्यामा बालबालिका भारत जान लागेका छन् । अधिकांश बालबालिका कामको खोजीमा अभिभावककहांँ जाने बहानामा सीमापारि जान लागेका हुन् ।

Read More

१५ वर्षीया किशोरीको रहस्यमय मृत्यु

नयाँ पत्रिकामा प्रकाशित,२४ असार, बुटवल ।

आफ्नै घरमा जलेकी समीक्षा ठकुरीको उपचारका क्रममा गत बुधबार मृत्यु भएपछि घटनाको रहस्य पत्ता लगाउन प्रहरीले अनुसन्धान थालेको छ । ९ असार मध्य रातमा ठकुरीको शरीरमा आगो लागेको थियो । ठकुरीकी आमा माया थापाले आफ्नी छोरीको हत्या भएको दाबी गरेकी छिन् ।

Read More

करेन्ट लागेर तीन वर्षीय बालकको मृत्यु

उज्यालो अनलाइनमा प्रकाशित,२४ असार, सर्लाही ।

ब्रम्हपुरी – ७ नौकेल्वामा करेन्ट लागेर आइतबार बिहान एक बालकको  ज्यान गएको छ। बिहान घरमा खेल्दै गर्दा उमाशंकर यादवका – ३ वर्षका छोरा बृजकुमार यादवको  ज्यान गएको हो। 

Read More

छोरीको हत्या आरोपमा आमा पक्राउ

कान्तिपुरमा प्रकाशित, २४ असार, लमजुङ ।

डेढ वर्षीया छोरीलाई हत्या गरेको आरोपमा प्रहरीले आमालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राइनास नगरपालिका ३ ढाँडखर्ककी ३० वर्षीया सम्झना विक हुन् । धेरै रोएपछि उनले १८ महिने छोरी मञ्जिलाको घाँटीमा सल बेरेर कसिदिएकी थिइन् । 

Read More

बालबिवाह रोक्न बिमा

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२४ असार, रूपन्देही ।

रूपन्देहीको गैडहवा गाउँपालिकाले बालिका बिमा कार्यक्रम लागू गर्ने भएको छ । आगामी आर्थिक वर्ष ०७५/७६ देखि यो कार्यक्रम लागू गर्ने गरी बजेट विनियोजन गरिएको हो । बिमा कार्यक्रमका लागि गाउँपालिकाले ४० लाख रुपैयाँ बजेट छुट्याएको छ ।

Read More

दुई बालकको डुबेर मृत्यु

नागरिक न्युजमा प्रकाशित,२३ असार, हेटौँडा ।

मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिका–१ कुलेखानीस्थित इन्द्रसरोवर तालमा शुक्रबार साँझ पौडी खेल्ने क्रममा दुई बालकको डुबेर मृत्यु भएको छ।

Read More

रौतहटमा सर्पले डसेर ३ बालिकाको मृत्यु

नागरिक न्युजमा प्रकाशित,२३ असार, रौतहट ।

रौतहटमा सर्पले टोकेर एक हप्तामा तीन बालिकाको मृत्यु भएको छ। विषालु सर्प गोमनको टोकाइबाट गरुडा नगरपालिकामा एक र गढीमाइ नगरपालिकामा एकै परिवारका दुई बालिका रहेको जिल्ला अस्पताल गौरले जनाएको छ। 

Read More

नहरमा डुबेर बालकको मृत्यु

रातोपाटीमा प्रकाशित,२२ असार, मोरङ ।

मोरङको कानेपोखरी गाउँपालिका–३ स्थित राजगञ्जमा बिहीबार बेलुका नहरमा डुबेर एक बालकको मृत्यु भएको छ । घर नजिकै रहेको नहरमा खेल्ने क्रममा डुबेर सोही ठाउँ बस्ने सेल्टु ऋषिदेवका तीन वर्षीय छोरा राजकुमार ऋषिदेवको मृत्यु भएको इलाका प्रहरी कार्यालय, पथरीका प्रहरी निरीक्षक कमल बजगाईले जानकारी दिनुभयो ।

Read More

शिशु हत्या अभियोगमा जन्मकैद

 नागरिक न्युजमा प्रकाशित,२२ असार, जाजरकोट ।

अवैध यौन सम्बन्धबाट जन्मेको शिशुको हत्या गरेको अभियोगमा एक किशोरीलाई जन्मकैदको सजाय गरिएको छ। नलगाड नगरपालिका–१ की १९ वर्षीया सविता पुनलाई जिल्ला अदालत जाजरकोटले यस्तो सजाय गरेको हो । 

Read More

कक्षाकोठामा विद्यार्थीको रुवाबासी: एक साता विद्यालय बन्द

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२१ असार, प्युठान ।

 घरबाट विद्यालय आउँदा विद्यार्थी ठिकै हुन्छन्। उनीहरूलाई पुरानो रोगले पनि सताएको छैन। टाउको दुख्ने, ज्वरो आउने, पखाला लाग्ने समस्या केही छैन। सबै   साथीसँगै प्रार्थना गर्छन्। 

Read More

छाउगोठमा बलात्कार

नागरिक न्युजमा प्रकाशित,२१ असार, सुर्खेत ।

महिनाबारी भएर घरदेखि टाढाको छाउगोठमा सुतिरहेकी एक किशोरी सामूहिक बलात्कारको सिकार भएकी छन् । पश्चिम सुर्खेतको बराहताल गाउँपालिकाकी १५ वर्षीया किशोरीलाई स्थानीय तीन किशोरले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ।

Read More

पुराणको मण्डपबाट उठाएर ६ वर्षीया बालिकाको सामूहिक बलात्कार

महिला खबरमा प्रकाशित,२१ असार, मोरङ ।

पुराण जस्तो पवित्र कार्यमा कुनै गलत काम गर्नु त के सोच्नु समेत पाप हो । तर दुई यौन पिपासुले मावली घरमा लागेको पुराणमा सहभागी भएकी ६ वर्षीया बालिकालाई पुराणको मण्डपबाट उठाएर लगी बलात्कार गरेका छन् ।

Read More

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: