A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session1r0nntnkeek1n3sv4mrjud0he5ff4psh): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

इँटा उद्योगमा बालश्रम अन्त्यको घोषणा

कान्तिपुरमा प्रकाशित,१४ साउन, काठमाडौँ ।

मुलुकभरका इँटा उद्योगमा बालश्रम अन्त्य भएको सार्वजनिक घोषणा गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा सोमबार यहाँ आयोजित कार्यक्रममा श्रममन्त्री गोकर्ण विष्ट र महासंघका अध्यक्ष महेन्द्रबहादुर चित्रकारले मुलुकभरका इँटा उद्योगमा बालश्रमको प्रयोग अन्त्य गर्नेसम्बन्धी प्रतिबद्धताको घोषणा गरे ।  

Read More

चट्याङ लागेर बालिकाको मृत्यु

नागरिक न्युजमा प्रकाशित,१४ साउन, रुपन्देही ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा चट्याङ लागेर आइतबार एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा तिलोत्तमा नगरपालिका–१० बेहोराकी १२ वर्षीया दीपिका ज्ञवाली रहेकी छन्।

Read More

जन्मिए लगत्तै छोरीको नाममा बैंक खाता, नगरपालिकाको अभियानले अभिभावक मख्ख

उज्यालो अनलाइनमा प्रकाशित,१४ साउन, सुर्खेत ।

वीरेन्द्रनगर १० खजुराकी खेमा गौतमले छोरी जन्मने बित्तिकै बैंकमा गएर खाता खोलिदिनुभयो ।  छोरीमाथि हुने विभेदलाई अन्त्य गर्न र छोरीहरुलाई आर्थिक तथा सामाजिक रुपमा सक्षम गराउन वीरेन्द्रनगर नगरपालिकाले छोरीमैत्री नगर बनाउने भनेर बैंक खाता खोल्ने निर्णय गरेको छ ।

Read More

फेरि बलात्कार पछि बालिकाको हत्या

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१४ साउन, काठमाडौं ।

कञ्चनपुरकी १३ वर्षीया बालिकालाई बलात्कारपछि हत्या गरिएको घटनाले राज्यको ध्यानाकर्षण गरिरहेकै बेला काभ्रेमा पनि यस्तै कहाली लाग्दो घटना सार्वजनिक भएको छ। 

Read More

केश मुन्डन गरी बालिकालाई यातना

नागरिक न्युजमा प्रकाशित,१३ साउन, इटहरी ।

बुधवार दिउँसो मोरङ केराबारी वडा नं. ८ की १६ वर्षीया बालिका इटहरी वडा नं. ४ मा बस्ने साथी भेट्न आइन्। धरान घर भएकी उनकी साथी अनिता राई इटहरीमा दिदीको कस्मेटिक पसलमा सहयोग गर्न बस्छिन् ।

Read More

चाउचाउ पकाउँदा जलेका बालकको मृत्यु

थाहा खबरमा प्रकाशित,१३ साउन, पर्वत ।

चाउचाउ पकाउने क्रममा आगलागी हुँदा जलेका पर्वतको एक बालकको उपचारको क्रममा मृत्यु भएको छ। जिल्लाको मोदी गाउँपालिका ६, तिलाहार स्थित डिमुवा घर भएका स्थानीय लोकेन्द्रजंग लामिछानेका ११ वर्षीय छोरा एन्जलजंग लामिछानेको शनिवार साँझ उपचारका क्रममा मृत्यु भएको हो।

Read More

दुई बालिका १४ दिनदेखि बेपत्ता

कान्तिपुरमा प्रकाशित,१३ साउन, खोटाङ ।

खोटाङका दुई बालिका १४ दिनदेखि बेपत्ता भएका छन् । खोटेहाङ गाउँपालिका–८ सिम्पानीकी १३ वर्षीया अनिता श्रेष्ठ र १५ वर्षीया सपना तामाङ गत असार ३२ गते रातिदेखि बेपत्ता भएका हुन् । 

Read More

पाँच वर्षीय बालिका बलात्कार प्रयास, ४५ वर्षीय पुरुप पक्राउ

नागरिक न्युजमा प्रकाशित,१३ साउन, सुर्खेत ।

पाँच वर्षीया बालिका बलात्कार प्रयास गरेको आरोपमा सुर्खेत पञ्चपुरी–२ का ४५ वर्षका यामलाल सापकोटालाई प्रहरीले पक्राउ गरेको छ। सापकोटाले शनिबार राति साढे १२ बजेतिर बालिकाको घरमा पसेर बलात्कार गर्ने प्रयास गरेको इलाका प्रहरी कार्यालय बावियाचौरका प्रमुख प्रहरी निरीक्षक सुशोभन श्रेष्ठले जानकारी दिए। 

Read More

१३ वर्षीया बालिकाको बलात्कारपछि हत्या

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,११ साउन, कञ्चनपुर ।

कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा १३ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको छ। भीमदत्त नगरपालिका–१८ निम्बुखेडाकी १३ वर्षीया निर्मला पन्तको हत्या भएको हो।  बिहीबार उनको घर नजिकै उखुबारीमा बलात्कारपछि हत्या भएको बुझिएको छ। 

Read More

बालिका जोगाउनै मुस्किल

कान्तिपुरमा प्रकाशित,११ साउन, पर्सा ।

पटेर्वासुगौली गाउँपालिका–२ स्थित मकैबारीमा गत शुक्रबार सुस्तमनस्थितिकी १५ वर्षीया बालिकालाई ४५ वर्षीय केदारबहादुर कार्कीले चकलेट किन्न दिन्छु भनी जबरजस्ती करणी गरे । 

Read More

आगलागीमा पाँच वर्षकी बालिकाको ज्यान गयो

उज्यालो अनलाइनमा प्रकाशित,१० साउन, जुम्ला ।

चन्दननाथ नगरपालिका २ का कर्णप्रसाद कुमाईंको घरमा आगलागी हुँदा पाँच वर्षकी कृष्मा कुमाईंको ज्यान गएको छ । राति घरमा आगो लाग्दा कर्णप्रसादकी पाँच वर्षकी छोरी कृष्माको जलेर ज्यान गएको प्रहरीले जनाएको छ । 

Read More

छ वर्षीया छोरी बलात्कार गर्ने काका फरार

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१० साउन, सप्तरी ।

६ वर्षीया बालिकाले जब आफ्नो आमालाई बलात्कृत भएको सुनाइन् तब उनको होसहवास उड्यो। यो घटना सप्तरीको कञ्चनरुपमा हालै घटेको हो। रुँदै गरेकी छोरीले बजारबाट घर फर्केकी आमालाई बलात्कारको घटना पहिलो पटक नभएर बारम्बार हुने गरेको बताए पछि उनी छाँगाबाट खसिन्। 

Read More

फिरौती बुझाए पनि फिरेनन् बालक

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१० साउन, बारा ।

एक करोडभन्दा बढी फिरौती तिरेपछि छोरा सकुशल फिर्ता आउनेमा बारा, जीतपुरका गोला व्यापारी ललन गुप्ता ढुक्क थिए । त्यसैले आफ्नो ९ वर्षीय छोरा अंकितको रिहाइका लागि अपहरणकारीको मागअनुसार उनले फिरौती रकम बुझाए ।

Read More

करणीको आरोपमा ८२ वर्षीय खत्री पुर्पक्षका लागि जेल चलान

कान्तिपुरमा प्रकाशित,९ साउन, दाङ ।

तीन बालिकालाई लामो समयदेखि करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका(४ का ८२ वर्षीय रामु खत्री पुर्पक्षका लागि जेल चलान भएका छन् ।

Read More

भारतीयले बन्धक बनाइएका बालकको घाइते अवस्थामा उद्धार

राजधानी दैनिकमा प्रकाशित,९ साउन, झापा ।

भारतीय एक युवकद्वारा झापाको गौरीगञ्जमा चक्कु देखाएर बन्धक बनाइएका १० वर्षीय सुमीलाल ताजपुरियालाई साँझ प्रहरीले घाइते अवस्थामा उद्धार गरेको  छ ।

Read More

शिक्षकको यातनाका कारण यूकेजीमा अध्ययनरत बालकको मृत्यु

राजधानी दैनिकमा प्रकाशित,८ साउन, दोलखा ।

झन्डै डेढ महिनाअघि शिक्षकको कुटपिटबाट गम्भीर घाइते भएका चरिकोटस्थित गौरीशंकर इंग्लिस बोर्डिङ स्कुलमा अध्ययनरत ६ वर्षीय बालक सुदीप बस्नेतको मृत्यु भएको छ । यूकेजीमा अध्ययनरत सुदीपको आइतबार उपचारका क्रममा काठमाडौं महाराजगन्जस्थित शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

Read More

साथीको बर्थडेमा जान्छु भन्दै निस्किएका बालक बेपत्ता

कान्तिपुरमा प्रकाशित,८ साउन, पोखरा ।

पोखराको जिरो किलोमिटरमा बस्दै आएका १३ वर्षीय अन्जान पराजुली आइतबार साँझदेखि बेपत्ता भएका छन् । साथीको बर्थडेमा जान्छु भन्दै निस्किएका उनी अहिलेसम्म नफर्केको र कुनै सम्पर्कमा पनि नरहेको परिवारले जनाएको छ ।

Read More

किशोरीलाई तीन महिनादेखि बलात्कार गरेको आरोपमा एकजना पक्राउ

उज्यालो अनलाइनमा प्रकाशित,७ साउन, पर्सा ।

१५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पटेर्वा सुगौली गाउँपालिका वडा नं २ गादीको लक्ष्मीपुर गाउँ निवासी ४५ वर्षीय केदार भण्डारीलाई पक्राउ गरेको छ । 

Read More

जबरजस्ती करणीको आरोपमा प्रधानाध्यापक पक्राउ

नागरिक न्युजमा प्रकाशित,७ साउन, पर्वत ।

बरजस्ती करणी (अप्राकृतिक मैथुन)गरेको आरोपमा यहाँका एक प्रधानाध्यापक पक्राउ परेका छन्। फलेवास नगरपालिका वडा नम्बर ६ देबिस्थानस्थित माझीगाउँ प्राथमिक विद्यालयका प्रधानाध्यापक ५१ बर्षीय खिलप्रसाद पौडेललाई प्रहरीले पक्राउ गरेको हो।

Read More

पौडी खेल्न गएका दुई किशोरीको डुबेर मृत्यु

कान्तिपुरमा प्रकाशित,७ साउन, चितवन ।

पुर्वी चितवनको खैरहनी नगरपालिकामा पर्ने लदरी खोलामा सोमबार पौडी खेल्न गएका तीन किशोरीहरु मध्ये डुबेर दुईजना किशोरीको ज्यान गएको छ ।

Read More

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: