समाचारमा बालबालिका

रोल्पामा पहिरोले पुरेर ३ जनाको मृत्यु

नागरिक न्युजमा प्रकाशित,७ साउन, रोल्पा ।

अबिरल बर्षात पछि आएको पहिरोमापरी रोल्पा सुनिलस्मृती गाउँपालिका ८ अरेसको फुल्ढारामा ३ जनाको मृत्यु भएको छ। घर भन्दा टाढा रहेको हस्ते पुनको गोठ माथिबाट आएको पहिरोले पुर्दा स्थानीय करिब १८ वर्षिया चमेली पुन, करिब १८ वर्षिय हुमे घर्ती र करिब १२ वर्षिया ओबी घर्तीको मृत्यु भएको हो।

Read More

भारतमा उद्धार गरिएका ४ बालकलाई स्वदेश ल्याइयो

कान्तिपुरमा प्रकाशित,५ साउन, भैरहवा ।

भारतको एक बाल कल्याण समितिमा आश्रित चारजना नेपाली बालकलाई प्रवासी नेपाली मित्र मञ्च दिल्लीको सहयोगमा स्वदेश फर्काइएको छ ।  भारतका विभिन्न स्थानबाट उद्धार गरि उत्तरप्रदेशको देवरियास्थित राजकीय बालगृहमा राखिएका ती बालकलाई मञ्चका पदाधिकारीले नेपाल ल्याएर शनिबार जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा जिम्मा लगाएका हुन् ।

Read More

बालक हत्याले त्रास

कान्तिपुरमा प्रकाशित,३ साउन, पर्सा ।

दाइको छोराको हत्या भएको ६ महिना नबित्दै भाइको छोराको पनि हत्या भएपछि पर्साको बहोदरमाई नगरपालिका २ बैरिया टोलका स्थानीय त्रसित बनेका छन् । परिवारजन र समाजमा त्रास फैलिएको छ ।

Read More

गोरखामा पहिरोले घर भत्काउँदा ८ महिने बालकसहित ३ को मृत्यु

कान्तिपुरमा प्रकाशित,२ साउन, गोरखा ।

शहिद लखन गाउँपालिका–६ घैरुङस्थित अधेँरीमा पहिरोले घर पुर्दा आठ महिने बालकसहित तिनजनाको ज्यान गएको छ । बुधबार बिहान साढे ६ बजेतिर गएको पहिरोमा पुरिएर आठ महिने युनिक कुँवर, २० वर्षिय सरु कुँवर र १० वर्षिय प्रविना कुँवरको ज्यान गएको स्थानीय व्यापारी कृष्ण कुँवरले जानकारी दिए।

Read More

छोरी बचाऊ, छोरी पढाऊ

कान्तिपुरमा प्रकाशित,२ साउन, मोरङ ।

विराटनगर महानगरपालिकाले ‘छोरी बचाऊ, छोरी पढाऊ’ योजनाअन्तर्गत दास्रो सन्तान छोरी जन्माउनेलाई पनि प्रोत्साहन भत्ता दिने भएको छ । यसअघि पहिलो सन्तान छोरी जन्माउनेलाई ३ हजार नगद दिन गरेको थियो ।

Read More

बालिका बलात्कृत

नागरिक न्युजमा प्रकाशित,२ साउन, सुर्खेत ।

पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकाकी १० वर्षीया बालिका बलात्कृत भएकी छन् । २९ गते राति ५२ वर्षीय लोकबहादुर विकले बलात्कार गरेको प्रहरीले जनाएको छ।

Read More

अपहरण गरेर २ महिनासम्म बन्धक बनाएर सामूहिक बलात्कार, ३ जना पक्राउ

राजधानी दैनिकमा प्रकाशित,१ साउन, रौतहट ।

रौतहटमा एक बालिकालाई २ महिनासम्म बन्धक बनाएर सामूहिक बलात्कार गरेको खुलेको छ । वैशाख २४ गतेदेखि हराएकी गुजरा नगरपालिकाकी १३ वर्षकी बालिकालाई अपहरण गरी दुई महिनासम्म बन्धक बनाएर पटक पटक सामुहिक रुपमा बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

Read More

स्विमिङ पुलमा डुबेर १० वर्षीया बालिकाको मृत्यु

रातोपाटीमा प्रकाशित,१ साउन, बाँके ।

बाँकेको कोहलपुर नगरपालिका–११ स्थित स्प्लेस्यास जोनको हाताभित्र रहेको स्विमिङ पुलमा डुबेर एक बालिकाको मृत्यु भएको छ । स्विमिङ पुलमा डुबेर कोहलपुर नगरपालिका–११ कि अपेक्षा शर्माको मृत्यु भएको हो ।

Read More

१४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा युवक पक्राउ

नागरिक न्युजमा प्रकाशित,३२ असार, डोल्पा ।

त्रिपुरासुन्दरी नगरपालिका–७ पहाडाकी १४ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा एक युबक पक्राउ परेका छन्। १४ वर्षीया रुमति (नाम परिर्वन)लाई यही असार ३१ गते बलात्कार गरेको आरोपमा त्रिपुरासुन्दरी नगरपालिका–७ पहाडाका २५ वर्षीय युबक जितबहादुर शाही पक्राउ परेका हुन्।

Read More

६ दिनअघि हराएकी किशोरीको शव फेला

थाहा खबरमा प्रकाशित,३२ असार, कैलाली ।

छ दिनदेखि परिवारको सम्पर्कमा नरहेकी कञ्चनपुरको कृष्णपुर नगरपालिका–८ शान्तिपुरकी १७ वर्षीया कविता विष्टको हत्या गरिएको अवस्थामा शव फेला परेको छ।

Read More

व्यवस्थापन समितिमा बालबालिका

कान्तिपुरमा प्रकाशित,३२ असार, परासी ।

पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले गुणस्तरीय शिक्षा र बालबालिकाको विकासका लागि बालमैत्री विद्यालय घोषणा अभियानलाई तीव्र पारेको छ । नेपालको पहिलो बालमैत्री नगरपालिका घोषणा भएको सुनवलले संघीयतापछि थपिएको भूभागमा रहेका क्षेत्रमा बालमैत्री अभियानलाई तीव्रता दिएको हो ।

Read More

सर्पदंशबाट मृत्यु

कान्तिपुरमा प्रकाशित,३२ असार, दाङ ।

तुलसीपुर उपमहानगरपालिका–८ अश्वाराका चार वर्षीय कमल विकको सोमबार सर्पदंशबाट मृत्यु भएको छ । सोमबार बिहानै सर्पले डसेर बिरामी परेका कमलको उपचारका लागि नेपालगञ्ज लैजादै गर्दा बाटोमै मृत्यु भएको हो ।

Read More

कलिलो थाप्लोमा दुःखको भारी

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,३१ असार, जनकपुरधाम ।

पाँच किलोभन्दा बढी विद्युतीय सजावट सामग्रीको भारी टाउकोमा बोकेर १३ वर्षीय अजय साह साथीसँग लहरै वैवाहिक कार्यक्रममा गइरहेका भेटिए। उनकै उमेर समूहका ६ जना अरू बालक पनि टाउकोमा भारी बोकेर धनुषाको जनकपुर उपमहानगरपालिकाको महावीर चोकमा बिहेको कार्यक्रममा सजावटका लागि गइरहेका थिए।

Read More

पानीमा डुबेर बालकको मृत्यु

नयाँ पत्रिकामा प्रकाशित,३१ असार, सर्लाही ।

सर्लाहीको कविलासीमा आइतवार बिहान डुबेर एक बालकको ज्यान गएको छ । कविलासी नगरपालिका-८ अगर्बास्थित मामाघर गएका तीन वर्षीय बालक आदित्य ठाकुरको खाल्डोमा जमेको पानीमा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ ।

Read More

पानी माग्ने निहुँमा बालिका बलात्कार

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,३० असार, अछाम ।

अछामको साँफेबगर नगरपालिकामा ८ वर्षीया बालिका बलात्कृत भएकी छन्। बालिकाकी आमा रोपाइँ गर्न गएको मौका छोपेर २ वर्षीया बहिनी हेर्न बसेकी ती बालिकालाई पानी माग्ने निहुँमा असार २० गते साँफेबगर नगरपालिका–११ देवीस्थानका २१ वर्षीय रेवन्त दासले बलात्कार गरेको पीडित परिवारले बताएको छ।

Read More

बढ्दो सम्बन्धबिच्छेद, १४ देखि १९ वर्षका किशोरी बढी

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२९ असार, सल्यान ।

पछिल्लो समय सल्यानमा सम्बन्धबिच्छेदका घटना बढेका छन्। जिल्ला अदालतका अनुसार एक वर्षका अवधिमा १०० भन्दा बढी सम्बन्धबिच्छेदका मुद्दा दर्ता भएका छन्। 

Read More

नालामा डुबेर एक बालिकाको मृत्यु

थाहा खबरमा प्रकाशित,२८ असार, झापा ।

झापाको चाराआली–केचना सडक खण्ड अन्तरगत खनिएको नालामा डुबेर एक बालिकाको मृत्यु भएको छ। नाला डुबेर भद्रपुर नगरपालिका १ हिमाली चोक निवासी राजु तामाङको अढाई बर्षीया छोरी रेविका तामाङको मृत्यु भएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।

Read More

खाल्डोमा डुबेर मृत्यु

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२७ असार, राजविराज ।

वर्षाको पानी जमेको खाल्डोमा डुबेर सप्तरीमा एक बालकको मृत्यु भएको छ। घरदेखि एक सय मिटर पश्चिमतर्फ रहेको खाल्डोमा डुबेर कृष्ण सवरन गाउँपालिका-३ डंग्राहा टोलका चार वर्षीय जीवन मण्डलको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ।

Read More

बलात्कारमा बालिका बढी

कान्तिपुरमा प्रकाशित,२७ असार, हेटौंडा ।

मकवानपुरमा बलात्कार घटना बढिरहेको पाइएको छ । चालु आवको ११ महिनामा मात्र १८ जना बलात्कृत भएका छन् । यिनमा सबैभन्दा बढी बालिका छन् ।बालिकाको सुरक्षामा परिवार गम्भीर नहुँदा यस्ता घटना दोहोरिने गरेको सरोकारवालाको ठम्याइ छ ।

Read More

कलिलैमा आमा बन्छन् चेपाङका चेली

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२६ असार, चितवन ।

चितवनको राप्ती नगरपालिका-१२ धनवाङ गैरीकी रक्षा चेपाङ भर्खर १७ वर्षमा लागिन्। कक्षा ६ मा पढ्दापढ्दै गतवर्ष मंसिरमा उनले प्रेमविवाह गरिन्। अहिले उनी गर्भवती छिन् ।

Read More