समाचारमा बालबालिका

१३ वर्षीया बालिका बलात्कृत

कान्तिपुरमा प्रकाशित,१ जेठ, दोलखा ।

छिमेकीको घरमा भइरहेको पूजामा हिँडेकी १३ वर्षीया बालिका बलात्कृत भएकी छिन् । बलात्कार आरोपमा भीमेश्वर नगरपालिका-४३ वर्षीय रामबहादुर तामाङ पक्राउ परेका छन् । बालिकालाई पूजा घर जान नदिइ जबरजस्ती करणी गरेको आरोप उनीमाथि लगाइएको छ।

Read More

उपराष्ट्रपतिलाई स्वागत गर्न बालबालिका ४० डिग्रीमा १ घण्टा पैदल

कान्तिपुरमा प्रकाशित,१ जेठ, रौतहट।

कटहरियामा आयोजित जानकी जयन्ती समारोहमा सोमबार विद्यार्थीहरू पानी खोज्दै भौंतारिरहेका थिए । करिब ४० डिग्री सेन्टिग्रेडको गर्मीमा हिँडेर आइपुगेका उनीहरू कार्यक्रमस्थलमा खानेपानीको व्यवस्था नहुँदा आकुलब्याकुल देखिन्थे।

Read More

च्याउ खाँदा बालकको मृत्यु

कान्तिपुरमा प्रकाशित,१ जेठ, लमजुङ ।

 च्याउ खाएर बिरामी पर्दा क्व्होलासोंथर गाउँपालिका ९, गिलुङ लौबारीका १० बर्षीय साजन क्षेत्रीको मृत्यु भएको छ । स्थानीयका अनुसार आमा तारा क्षेत्री र बुवा रामबहादुर क्षेत्री उपचारका लागि पोखरा गएको बेला छोरा साजन छिमेकी सुलबहादुर क्षेत्रीको घरमा बस्न लगाइएको थियो।

Read More

घरको तेस्रो तलाबाट खसेर किशोरीको मृत्यु

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,३१ बैशाख, इटहरी।

घरको तीन तला माथिबाट खसेर इटहरीमा एकजना किशोरीको मृत्यु भएको छ। मृत्यु हुनेमा इटहरी-६ स्थित संगीत चौककी १७ वर्षीया पूजा शर्मा रहेकी छिन्।

Read More

दश वर्षीया बालिकालाई बलात्कार गरेको आरोप ३२ वर्षीय पुरुष पक्राउ

रातोपाटीमा प्रकाशित,३१ बैशाख, भक्तपुर।

सिन्धुपाल्चोक चौतारा गाउँपालिका–९ घरभई हाल मध्यपुरथिमि नगरपालिका–७ मा परिवारसँगै बस्दै आएकी १० वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले सोलुखुम्बुको सोताङ्ग गाउँपालिका–४ घर भई हाल मध्यपुरथिमि–९ बोडे बस्ने ३२ वर्षीय प्रेम राईलाई पक्राउ गरेको छ।

Read More

बालविवाह र दाइजोविरुद्ध प्रहरी

कान्तिपुरमा प्रकाशित,३१ बैशाख, रौतहट ।

बालविवाह र दाइजो प्रथाविरुद्ध जिल्ला प्रहरीले जिल्लामा समुदाय प्रहरी साझेदारी कार्यक्रम गरेको छ । प्रहरीले भव्यताका साथ सचेतना मुलक साझेदारी कार्यक्रम गरेको हो।

Read More

१ किलो गाँजासहित बालक पक्राउ

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,३० बैशाख, विराटनगर ।

विराटनगर महानगरपालिका–४ बरगाछीबाट लागुऔषध गाँजासहित सोमबार दिउँसो एक बालक पक्राउ परेका छन् । धनकुटाको शहीदभूमि गाउँपालिकास्थित खोकु घर भएका १५ वर्षीय विमान राई पक्राउ परेको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले बताए।

Read More

४६ वर्षीय पुरुषद्धारा ११ वर्षीया बालिका बलात्कार

रातोपाटीमा प्रकाशित,३० बैशाख, बुटवल।

दाङको प्रहरीले केहि दिनअघि ११ वर्षीया बालिका बलात्कार गरेको आरोपमा ४६ वर्षीय एक पुृरुषलाई पक्राउ गरि सरकारी वकिलको कार्यालयमा पेस गरेको छ । घोराही उपमहानगरपालिका–१५, स्र्वद्धारी टोल बस्ने ४६ वर्षीय ऋषिराज आचार्यलाई  ११ वर्षीया बालिका ‘ध’ नाम परिवर्तनलाई जबरजस्ती करणी गरेको आरोपमा  जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको हो।

Read More

७१ वर्षीय वृद्ध पुर्पक्षको लागि कारागार चलान

कान्तिपुरमा प्रकाशित,३० बैशाख, स्याङ्जा।

जबरजस्तीकरणीको आरोपमा पक्राउ परेको ७१ वर्षीय वृद्ध पुर्पक्षका लागि जिल्ला कारागार चलान भएका छन् । ०७५ असोज २६ गते १७ वर्षीया बालिकालाई बलात्कार गरेको अरोपमा प्रहरीले विरुवा गाउँपालिकाका एक वृद्धलाई पक्राउ गरेको थियो।

Read More

आत्मरक्षा तालिम लिँदै किशोरी

कान्तिपुरमा प्रकाशित,३० बैशाख, पाल्पा।

तानसेन वसन्तपुरकी स्मृति थापा टुँडिखेल छेउमा ‘एस् सर’ भन्दै मज्जाले चिच्याइन् । समूहमा आवाज आयो, समूहमा आफू सिक्दै र साथीलाई पनि सिकाउँदै उनले ‘हुन्छ’ भनेकी थिइन् । टुँडिखेलमा झन्डै ३ सय किशोरी थिए।

Read More

नेपाली बालक तस्करीको आरोपमा कोरियन गायिका पक्राउ

नयाँ पत्रिकामा प्रकाशित,३० बैशाख, कास्की।

नेपाली बच्चा तस्करीको आरोपमा कोरियन गायिका पक्राउ परेकी छिन् । नेपाली बच्चालाई आफ्नो बच्चा भन्दै कोरिया लैजान लागेकी ४३ वर्षीया नारा किन पक्राउ परेकी हुन् । पोखरा बस्ने एक गरिब नेपालीदम्पतीको १४ महिनाको बच्चालाई उनले आफ्नो बच्चा भन्दै कोरिया लैजाने प्रयास गरेकी थिइन्।

Read More

पाँचथरमा १५ वर्षीया किशोरीको घाँटी रेटी हत्या

उज्यालो अनलाइनमा प्रकाशित,३० बैशाख, पाँचथर।

पाँचथरमा १५ वर्षीया एक किशोरीको घाँटी रेटेर हत्या गरिएको छ । हिलिहाङ गाउपालिका– ४, पञ्चमिकी शितल योङहाङको आइतबार साँझ घाँटी रेटी हत्या भएको हो।

Read More

शान्तिनगर बालिका बलात्कार प्रकरण :फरार आरोपी पक्राउ

कान्तिपुरमा प्रकाशित,३० बैशाख, काठमाडौँ ।

सात वर्षीया बालिका बलात्कारका आरोपित अन्ततः महेन्द्रनगरको बसपार्कबाट पक्राउ परेका छन् । शान्तिनगरको मिलीजुली चोक घर भएका राजु खरेलमाथि घरमा काम गर्ने महिलाकी सात वर्षीया छोरी बलात्कारको आरोप लागेको छ।

Read More

३ वर्षमा १६३ बालविवाह

कान्तिपुरमा प्रकाशित,२९ बैशाख, डोटी ।

मुक्त हलिया परिवारकी रूपा कोली झट्ट हेर्दा पाको उमेरकीझैं लाग्छिन् । चैतमा मात्र उनको उमेर २० वर्ष पुग्यो । खस्रो गाला र दुब्लो ज्यानकी उनी दिपायल सिलगढी नगरपालिका ७ उडीतोलास्थित घरमा शनिबार साँझ ८ महिनाकी छोरीलाई दूध चुसाउँदै थिइन्।

Read More

जीपको ठक्करबाट बालकको मृत्यु

सेतोपाटीमा प्रकाशित,२९ बैशाख, दाङ ।

पिकअप जीपको ठक्करबाट आइतबार एक जना बालकको मृत्यु भएको छ। दंगिशरण गाउँपालिका वडा नं। ६ श्रीगाउँ निवासी ७ वर्षीय किरण पुनको जीपको ठक्करबाट मृत्यु भएको हो।

Read More

पढ्ने उमेरका आमा

कान्तिपुरमा प्रकाशित,२९ बैशाख, बुटवल ।

रूपन्देहीको सियारी गाउँपालिका-७ अमुवाकी १६ वर्षीया सीमा चौधरीले ४ दिनसम्म सुत्केरी व्यथा सहेर छोरा जन्माइन् । स्थानीय स्वास्थ्य चौकी हुँदै लुम्बिनी प्रादेशिक अस्पताल ल्याइयो । शल्यक्रिया गरेर सन्तान जन्माइयो।

Read More

बहिनी बलात्कार गर्ने दाजु पक्राउ

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२९ बैशाख, दमौली।

नातामा बहिनी पर्ने एक बालिकामाथि युवकले बलात्कार गरेका छन्।बलात्कार गरेको अभियोगमा घिरिङ- ४ गड्यौलीका २५ वर्षका माधव कुमाललाई प्रहरीले पक्रेको छ।

Read More

सात जना बालक पक्राउ

नागरिक न्युजमा प्रकाशित,२९ बैशाख, इटहरी ।

पाँच दिनअघि इनरुवा वडा नं. २ स्थित बालमन्दिर माध्यमिक विद्यालयको मूलगेटको ताला फोडेर कम्प्युटर कक्ष र लेखापाल कक्षको सामान चोरी भयो।

Read More

८ वर्षीया बालिकालाई बलात्कार गर्ने खड्का प्रहरी फन्दामा

रातोपाटीमा प्रकाशित,२८ बैशाख, मोरङ ।

प्रहरीले पथरी शनिश्चरे नगरपालिका–५ हसनदह बस्ने ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभभियोगमा एक जनालाई पक्राउ गरेको छ।

Read More

नदीमा डुबेर दुई बालकको मृत्यु

नयाँ पत्रिकामा प्रकाशित,२९ बैशाख, कैलाली ।

कैलालीको लम्किचुहा नगरपालिका–७ चाकाबाँडीमा रहेको रोरा नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ । लम्कीचुहा–७ निवासी मनोज चौधरीका छोरा जिटी फारवेस्ट एकेडेमी हरैयापुरमा कक्षा ४ मा अध्यनरत नौ वर्षीय सुदीप र पर्शु चौधरीका छोरा सोही विद्यालयमा कक्षा ४ मा अध्यनरत नौ वर्षीय समरको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ।

Read More