समाचारमा बालबालिका

पाल्पामा पहिरोले ६ घर पुरिए, एक जनाको मृत्यु, चार वर्षीय बालक बेपत्ता

https://www.onlinekhabar.com/2021/07/980308 २०७८ असार २४

२४ असार, काठमाडौं । पाल्पाको तिनाउ गाउँपालिका–५ मा पहिरोले ६ घर बगाउँदा एक जनाको मृत्यु भएको छ भने एक बालक बेपत्ता भएका छन् । उक्त घटनामा सात जना घाइते छन् ।

तिनाउ–५ का ४५ वर्षीय वीरबहादुर गुरुङको पहिरोमा पुरिएर मृत्यु भएको र स्थानीय पूजा परियारका चार वर्षीय छोरा बेपत्ता भएको भनेर स्थानीयले सूचना दिएको प्रहरीले जनाएको छ ।

Read More

टिकापुरमा ३ वर्षीय बालक सोमबारदेखि बेपत्ता

http://annapurnapost.com/news/182494 २२ असार २०७८ 

टीकापुर : कैलालीको टीकापुर नगरपालिका १ ब्लक नं. ८ का तीन वर्षीय एक नाबालक सोमबारदेखि वेपत्ता छन् । सोमबार बिहान करिब ११ बजेदेखि घर नजिकै रहेको जामुन खान दिदीसँगै गएका दिलीप विष्टका ३ वर्षीय छोरा विवेक विष्ट बेपत्ता भएका हुन्।

उनका आफन्त बमबहादुर विष्टका अनुसार दिदीसँगै जामुन खाएर फर्किएका उनी नजिकै रहेको आफन्तको घर जान्छु भन्दै गएका थिए । छोरा लिन आफन्तको घर जाँदा त्यहाँ विवेक नभेटिएपछि आफन्तले खोजी तीब्र पारेका छन्।

Read More

बारामा पानी जमेको खाल्डोमा डुबेर बालिकाको मृत्यु

https://www.onlinekhabar.com/2021/07/978425 २०७८ असार २०

२० असार, वीरगञ्ज । बारामा पानी जमेको खाल्डोमा डुबेर सात वर्षीया बालिकाको मृत्यु भएको छ । कलैया उपमहानगरपालिका–१० की सात वर्षीया मनिषाकुमारी रामको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Read More

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

https://ratopati.com/story/188095/2021/7/3/rape असार १९, २०७८ 

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले  शुक्रबार बिहान एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुलरिया नगरपालिका(६ शान्ति टोल बस्ने १९ वर्षीय सोनु रैदाश रहेका छन् । 

Read More

बालिका बलात्कार आरोपमा रोल्पाका दुई युवक पक्राउ

https://www.setopati.com/social/242080 असार १८

बालिका बलात्कार आरोपमा रोल्पाका दुई जना युवकलाई प्रहरीले पक्राउ गरेको छ।

रोल्पाको गंगादेव गाउँपालिका वडा नम्बर २ का १९ वर्षिय पोखराज वलीले १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप छ।

तुलसीपुर उपमहानगर वडा नम्बर ५ बसपार्कस्थित एक होटलमा बालिकालाई प्रलोभनमा पारेर वलीले बलात्कार गरेको उजुरीपछि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक शर्माले बताए।

Read More

खोलामा डुबेर पर्सामा एक किशोर बेपत्ता

https://www.onlinekhabar.com/2021/06/976306  २०७८ असार १५

१५ असार, वीरगञ्ज । पर्साको पोखरिया नगरपालिकामा खोलामा डुबेर एक किशोर बेपत्ता भएका छन् । पोखरीया–९, शिववर्वाका १४ वर्षीय राजु महतो तत्मा बेपत्ता भएका हुन् ।

Read More

कञ्चनपुरमा नदीमा डुवेर एक बालकको मृत्यु

https://www.setopati.com/social/241779 असार १४

कञ्चनपुरमा नदीमा डुवेर एक बालकको मृत्यु भएको छ। 

सोमबार बेल्डाँडी गाउँपालिका–५ झिलमिलाको चौधर नदीमा नुहाउने क्रममा बेपत्ता भएका सोही गाउँपालिका–१ का १५ वर्षीय करन सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ।

Read More

नहरमा डुबेर दाङमा ३ वर्षीया बालिकाको मृत्यु

https://www.setopati.com/social/241705 असार १४

नहरमा डुबेर दाङमा एक बालिकाको मृत्यु भएको छ।

शान्तिनगर गाउँपालिका वडा नम्बर ६ कोरबाङमा ३ वर्षीया बालिका यमसरा चौधरीको नहरमा डुबेर मृत्यु भएको हो।

 

Read More

दार्चुलामा ह्युम पाइपभित्र अड्किएर दुई बालकको मृत्यु

https://www.setopati.com/social/241237 असार ८

दार्चुलामा ह्युम पाइपभित्र अड्किएर दुई बालकको मृत्यु भएको छ।

मंगलबार महाकाली नगरपालिका–४ बंगाबगडको लास्कुखोलामा ह्युम पाइपभित्र अड्किएर व्यास गाउँपालिका –४ का १७ वर्षीय प्रकाश खत्री र दुहुँ गाउँपालिका ४ का १२ वर्षीय रमित कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख मनोहर भट्टले बताए।

Read More

सर्लाहीमा पानी जमेको खाल्डोमा डुबेर दाजु-भाइको मृत्यु

https://www.onlinekhabar.com/2021/06/973349 २०७८ असार ९ 

९ असार, जनकपुरधाम । सर्लाहीमा ईंटा उद्योगले खनेको खाल्डोमा जमेको पानीमा डुबेर बुधबार दाजु-भाइको मृत्यु भएको छ ।

सदरमुकाम मलंगवा नगरपालिका-११ गम्हरिया निवासी सद्दाम अन्सारीका ८ वर्षीय छोरा रेआज र ६ वर्षीय छोरा नेआज अन्सारीको पानी जमेको खाल्डोमो डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

Read More

किशोरी बलात्कार गरेको आरोपमा युवक पक्राउ

https://ratopati.com/story/186298/2021/6/21/arrest असार ७, २०७८

किशोरी बलात्कार गरेको अभियोगमा प्रहरीले धुलिखेल नगरपालिका–८ बस्ने २३ वर्षीय जयराम चौलागाईंलाई पक्राउ गरेर आज सार्वजनिक गरेको छ । गुम्न जाउँ भनेर फकाउँदै काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–८ की १५ वर्षीया किशोरीलाई चौलागाईंले भक्तपुर नगरपालिका–४ स्थित भक्तपुर गेष्टहाउसमा ल्याएर बलात्कार गरेको प्रहरीले जनाएको छ ।

Read More

बलात्कार प्रयासको पोल खुल्ने डरले बालिकाको हत्या

https://www.onlinekhabar.com/2021/06/972599 २०७८ असार ७

७ असार, सप्तरी । सप्तरीमा चार दिनअघि मृत फेला परेकी बालिकाको जबर्जस्ती करणीको प्रयासपछि हत्या भएको खुलेको छ । असार ४ गते डाक्नेश्वरी नगरपालिका–३ हटैलकी ९ वर्षीया शिवानी यादवको शव स्थानीय शिवनाथ यादवको आँपको बगैंचामा भेटिएको थियो ।

प्रहरीका अनुसार करणी प्रयासको पोल खुल्ने डरले उनको हत्या भएको हो । हत्या आरोपमा प्रहरीले बालिकाकै गाउँका १९ वर्षका युवक रोहितकुमार यादवलाई पक्राउ गरेको छ ।

Read More

भक्तपुरमा पानी जमेको खाल्डोमा बालकको शव भेटियो

https://www.onlinekhabar.com/2021/06/971681 २०७८ असार ५ 

५ असार, काठमाडौं । भक्तपुरमा पानी जमेको खाल्डोमा एक बालकको शव भेटिएको छ ।

चाँगुनारायण नगरपालिका-९ ताथलीका १० वर्षीय छोरा रोजन मछे शुक्रबार राति साढे १ बजे पानी जमेको खाल्डोमा मृत फेला परेको प्रहरीले जनाएको छ ।

Read More

सप्तरीमा घाँटी रेटेर एक बालिकाको हत्या

https://www.onlinekhabar.com/2021/06/971786 २०७८ असार ५

५ असार, सप्तरी । सप्तरीमा घाँटी रेटेर एक बालिकाको हत्या गरिएको छ । डाक्नेश्वरी नगरपालिका–३ तरहीमा ८ वर्षीया बालिकाको शव घाँटी रेटिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

Read More

सप्तरीमा बाढीले बगाएर १३ वर्षीय बालकको मृत्यु

https://www.setopati.com/social/240694 असार २

सप्तरीमा खोलाले बगाएर एक बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा बिहुल गाउँपालिका-४ का १३ वर्षीय सन्तोष भण्डारी रहेका छन्।

भुतनी खोलामा आएको बाढीले भण्डारीलाई बगाएको प्रहरीले जनाएको छ।

Read More

७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ

https://ratopati.com/story/185451/2021/6/15/pakrau- असार १, २०७८

नुवाकोटमा सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

शिवपुरी गाउँपालिका-१ तलाखु खत्रीगाउँ बस्ने ६० वर्षीय सिंह बहादुर तामाङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो । 

Read More

बालिका बलात्कार आरोपमा एक पक्राउ

https://ekantipur.com/pradesh-7/2021/06/15/16237550806984250.html 

कञ्चनपुर — बालिका बलात्कारको आरोमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ गुलरियाका ५३ वर्षीय धनबहादुर गुरुङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

 

Read More

बालिकालाई बलात्कार गरेको आरोपमा कञ्चनपुरमा एक जना पक्राउ

https://www.onlinekhabar.com/2021/06/969808 २०७८ असार १

१ असार, धनगढी । कञ्चनपुरमा ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बालिकामाथि पटक–पटक बलात्कार गरेको आरोपमा कृष्णपुर नगरपालिका–४ गुलरियाका ५३ वर्षीय धनबहादुर गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 

Read More

पोखरीमा डुबेर पाँच वर्षीया बालिकाको मृत्यु

https://www.setopati.com/social/240488 असार १, २०७८

आफन्तसँगै पोखरीमा नुहाउन गएकी पाँच वर्षीया बालिकाको डुबेर मृत्यु भएको छ।

महादेवा गाउँपालिका-२ मण्डल टोलकी अपेक्षाकुमारी मण्डलको सोमबार साँझ मृत्यु भएको हो।

घर नजिकै रहेको पोखरीमा नुहाउने क्रममा डुबेपछि आफन्तले उद्धार गरी उनलाई गजेन्द्रनारायण सिंह अस्पताल लगेका थिए।

Read More

प्रहरीद्वारा किशोर कुटिए

https://ekantipur.com/pradesh-2/2021/06/13/162355147179782840.html  जेष्ठ ३०, २०७८

बारा — निषेधाज्ञा उल्लंघन गरेको आरोपमा प्रहरीले किशोरलाई कुटपिट गरेका छन् । बाराको कलैया बजारमा ड्युटीमा रहेका प्रहरीले शुक्रबार कलैया–१ का शिवनारायण साहको छोरा १६ वर्षीय आलोकलाई कुटपिट गरेका हुन् ।

कुटपिटबाट किशोरको बायाँ हातमा चोट लागेको थियो । उनी सातु किन्न बजार गएका थिए । चोट लागेपछि प्रहरीले कलैयास्थित बारा नर्सिङ होममा उपचार गराएर किशोरलाई अभिभावकको जिम्मा लगाएको छ । किशोरलाई कुटपिट भएपछि कलैया बजारका व्यापारीहरूले प्रहरीमाथि आक्रमण गर्न खोजेका थिए । थप प्रहरी परिचालन गरेर प्रहरीले किशोरलाई अस्पताल लगेको हो ।

Read More