समाचारमा बालबालिका

१२ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

उज्यालो अनलाइनमा प्रकाशित,८ चैत्र, ताप्लेजुङ ।

ताप्लेजुङमा १२ वर्षकी बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरी एक युवकलाई पक्राउ गरेको छ । पाँचथरको हिलिहाङ गाउँपालिका–७, स्थायी घर भएर ताप्लेजुङको फुङलिङ नगरपालिका–२, मा बस्दै आएका ३३ वर्षीय रामकुमार राईले १२ वर्षकी बालिका (नाम परिवर्त सविना) लाई जवरजस्ती करणी गरेको जाहेरीका आधारमा पक्राउ गरेको प्रहरी प्रमुख डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिनुभयो ।

Read More

बन्धक बनाएर सामूहिक बलात्कार

कान्तिपुरमा प्रकाशित,८ चैत्र, ललितपुर ।

बल्खुबाट तीन साताअघि १५ वर्षीया एक किशोरी हराइन् । तीनरचार दिनसम्म फेला नपरेपछि अभिभावकले बालबालिका खोजतलास केन्द्र काठमाडौंमा निवेदन दिए ।

Read More

बैंक कर्मचारीको घरमा मृत भेटिइन् बालिका, हत्या भन्दै परिवारले शव बुझ्न मानेनन्

रातोपाटीमा प्रकाशित,८ चैत्र, काठमाडौँ । 

काठमाडौँस्थित सानिमा बैंकका कर्मचारी बबी सिंह गडतौलाको घरमा मृत भेटिएकी एक बालिकाको शव दुई हप्तादेखि उठ्न सकेको छैन । सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका–१ की १४ बर्षिया बालिका रिता थामी गत फागुन २६ गते नक्साल, भगवती बहालस्थित गड्तौलाको घरमा मृत भेटिएकी थिइन् ।

Read More

विद्यार्थी कुटेका आरोपमा एक शिक्षक प्रहरी नियन्त्रणमा

थाहा खबरमा प्रकाशित,८ चैत्र, झापा ।

झापा प्रहरीले विद्यार्थीलाई कुटपिट गरेको आरोपमा एक शिक्षकलाई नियन्त्रणमा लिएको छ। झापाको मेचीनगर नगरपालिका- ५ स्थित ग्रिन भिजेल अंग्रेजी विद्यालयमा कार्यरत शिक्षक दीपेश निरौलालाई नियन्त्रण लिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायव उपरीक्षक टंकप्रसाद भट्टराईले जानकारी दिए।

 

Read More

उत्तेजना बढाउने औषधि दिएर छात्रामाथि बलात्कार प्रयास गर्ने शिक्षक पक्राउ

थाहा खबरमा प्रकाशित,७ चैत्र, सुर्खेत ।

यौन उत्तेजना बढाउने औषधि दिएर छात्रालाई बलात्कारको प्रयास गर्ने शिक्षकलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ। सुर्खेतको पञ्चपुरी नगरपालिका–१० स्थित जनज्योति निमाविका कक्षा ७ मा अध्ययनरत दुई जना छात्रालाई उत्तेजना बढाउने औषधिको प्रयोग गरी बलात्कार प्रयास गरेको उजुरी परेपछि प्रहरीले शिक्षक युवराज शर्मालाई पक्राउ गरेको हो।

Read More

जीपको ठक्करबाट ८ कक्षामा पढ्ने छात्राको ज्यान गयो

उज्यालो अनलाइनमा प्रकाशित,७ चैत्र, दाङ ।

दाङको बिजौरीमा बुधवार जीपको ठक्करबाट एक पैदल यात्रुको ज्यान गएको छ ।  तुलसीपुर उपमहानगरपालिका–१८, विजौरीमा  पिकअप जीपको ठक्करबाट तुलसीपुर उपमहानगरपालिका–१९, दोघरेकी  १६ वर्षकी सोनिया नेपालीको ज्यान गएको इलाका प्रहरी कार्यलय तुलसीपुरले जानकारी दिएको छ ।

Read More

ट्याक्टरले ठक्करबाट १३ वर्षीय बालकको मृत्यु

नयाँ पत्रिकामा प्रकाशित,७ चैत्र, महोत्तरी ।

महोत्तरीको रामगोपालपुर नगरपालिका –३ दोलाठीमा ट्र्रयाक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । बुधबार दिउँसो १ बजे साइकल चलाइरहेका १३ वर्षीय बालक इलाज अन्सारीलार्इ ज. १त ६५६४ नम्बरको ट्र्याक्टरले ठक्कर दिएको थियो । उनको घटनास्थलमै मृत्यु भएको हो ।

Read More

पर्सामा १२ वर्षीया बालिका बलात्कृत

नागरिक न्युजमा प्रकाशित,७ चैत्र, पर्सा ।

१० वर्षीया बालिकाको सामूहिक बलात्कारको घाउ निको नहुन पाउँदै पर्सामा फेरि एक नाबालिका बलात्कृत भएकी छिन्। पर्सागढी नगरपालिकाको झबराहामा विद्यालयबाट फर्केर आफ्नै घरमा पोसाक फेर्न लागेकी १२ वर्षीया बालिकालाई टोलकै एक युवाले बलात्कार गरेको घटना सार्वजनिक भएको छ। 
 

Read More

बालविवाहले बहुविवाह, त्यसपछि बिचल्ली

कान्तिपुरमा प्रकाशित,७ चैत्र, बझाङ ।

मष्टा गाउँपालिका भातेखोलाकी लक्ष्मी धामीको विवाह १४ वर्षको उमेरमा भयो । विवाहको ४ वर्ष पछि श्रीमान्ले सौता हाले । सौताको घरमा प्रबेश भए संगै उनका दुर्दिन पनि सुरु भए ।

 

Read More

भारतबाट नेपाली बालिकाको उद्धार

कान्तिपुरमा प्रकाशित,७ चैत्र, नवलपरासी ।

पश्चिम नवलपरासीमा एक बालिकालाई ललाईफकाई बेच्नका लागि भारत लैजान लागेको आरोपमा एक भारतीय नागरिकलाई सुस्ताका स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् ।

Read More

माटोको ढिस्कोले पुरिएर डोटीमा एकको मृत्यु, एक घाइते

उज्यालो अनलाइनमा प्रकाशित,७ चैत्र, डोटी ।

डोटीको दिपायल सिलगढी नगरपालिका – ३ दिपायलको कठायत टोलमा माटोको ढिस्कोले पुरिएर एक बालिकाको ज्यान गएको छ भने एकजना गम्भिर घाइते भएका छन् ।

 

Read More

१५ वर्षे किशोरीमाथि ‘ड्राइभर ग्याङ’को सामूहिक बलात्कार

अनलाइनखबरमा प्रकाशित,६ चैत्र, काठमाडौं ।

निर्भया बलात्कार काण्डले दिल्ली मात्र होइन, सिंगो भारतमा बलात्कारविरुद्ध जेहाद छेडियो । भारतभर जनआक्रोश मात्र सिर्जना भएन, सरकार बलात्कार विरोधी कानुनमा संशोधन गर्न बाध्य भयो । तर, नेपालमा ‘निर्भया काण्डहरु’ थुप्रै भइरहँदा पनि न त जनआक्रोश पैदा भएको छ न सरकारले सुनेको छ ।

Read More

चकलेट दिन्छु भन्दै जंगलमा लगेर बालिका बलात्कार

नागरिक न्युजमा प्रकाशित,६ चैत्र, ललितपुर ।

ललितपुरको दक्षिणी भेगमा पर्ने बागमती गाउँपालिका–४ स्थित प्युटारमा एक बालिका बलात्कृत भएकी छन् । सोही गाउँकै आन्दाजी २५ वर्षीय कृष्णबहादुर बोम्जनबाट सोमबार विहान ६ वर्षीय बालिका बलात्कृत भएकी हुन् ।

Read More

लगातार बलात्कारका घटना बढ्दै, छिमेकी र सहोदरबाटै असुरक्षित

नयाँ पत्रिकामा प्रकाशित,६ चैत्र, सप्तरी ।

२९ फागुन : बा.५ प ३१४१ नम्बरको माइक्रोबसभित्रै झापाकी १७ वर्षीया युवती सामूहिक बलात्कृत । २७ फागुन : शम्भुनाथ नगरपालिका–३ कचन्दाहाकी १८ वर्षीया दलित युवतीलाई गाउँकै चारजना छिमेकी युवकद्वारा बन्धक बनाई बलात्कार । २६ फागुन: विष्णुपुर गाउँपालिका–७ की ३१ वर्षीया एक दलित महिलाको सामूहिक बलात्कार ।

Read More

सुर्खेतमा बेवारिसे अवस्थामा शिशु फेला

उज्यालो अनलाइनमा प्रकाशित,६ चैत्र, सुर्खेत ।

सुर्खेतमा बेवारिसे अवस्थामा छोडिएको शिशुलाई  प्रहरीले उद्धार गरेको छ । वीरेन्द्रनगर नगरपालिका – ६ शनिहल नजिकै बेवारिसे अवस्थामा शिशुलाई फेला पारेपछि स्थानीयले प्रहरीलाई खबर गरेर जिल्ला प्रहरी कार्यालयले उद्धार गरेको हो । 

Read More

आगो लगाएर २ सन्तानको हत्या

कान्तिपुरमा प्रकाशित,५ चैत्र, रामेछाप ।

रामेछापको खाँडादेवी गाउँपालिका–६ माकादुमकी २५ वर्षीया तारा केसीले आफ्ना २ नाबालकलाई मट्टितेल छर्किएर आगो लगाएर हत्या गरेकी छन् । आइतबार राति साढे दश बजे बाँसको कत्तरले बेरेको कटेजभित्र छोराछोरी राखेर उनले आगो लगाएकी हुन् । 

Read More

किशोरीको शव उत्खननपछि प्रहरीले भन्यो : हत्या होइन, आत्महत्या नै

अनलाइनखबरमा प्रकाशित,५ चैत्र, वीरगञ्ज ।

शव गाडिएको अवस्थामा फेला परेकी जिराभावनी गाउँपालिका १ कि १५ वर्षीया भुट्टी भनिने निधवा धाँगडले आत्महत्या गरेको प्रहरीले बताएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धान र शवको पोष्टमार्टम रिपोर्टले उनको कसैबाट हत्या नभएको देखाएको हो ।

Read More

ब्रासलेट लगाएको आरोपमा विद्यार्थी कुट्ने शिक्षकलाई कारवाही गर्न माग

उज्यालो अनलाइनमा प्रकाशित,५ चैत्र, धादिङ, ।

चाँदीको ब्रासलेट हातमा लगाएर विद्यालय आएको आरोपमा घाइते हुने गरी विद्यार्थी कुट्ने शिक्षकमाथि कारवाहीको माग गर्दै मानवअधिकार संस्था इन्सेकले सोमबार अपिल जारी गरेको छ ।

Read More

सात वर्षीय बालिकालाई बलात्कार गरी फरार रहेका व्यक्ति पक्राउ

उज्यालो अनलाइनमा प्रकाशित,५ चैत्र, नवलपरासी ।

 नवलपरासीको बर्दघाट नगरपालिकामा सात वर्षीय बालिकालाई बलात्कार गरी फरार रहेका ब्यक्तिलाई  प्रहरीले पक्राउ गरेको छ । बालिकालाई करणी गरेको आरोपमा प्रहरीले  बर्दघाट –१६ बस्ने ४७ वर्षका कमल चौधरीलाई पक्राउ गरेको हो ।

Read More

धनुषामा आठ वर्षीय बालकको हत्या

उज्यालो अनलाइनमा प्रकाशित,४ चैत्र, धनुषा ।

धनुषाको कमला नगरपालिकामा एक बालकको हत्या भएको छ । कमला नगरपालिका – ८ बस्ने प्रमोद साहको ८ वर्षका छोरा रमण साहको हत्या भएको हो । बालकको शव आइतबार बिहान गाउँ नजिकै कुलोमा हत्या गरेर फालिएको अवस्थामा फेला परेको हो ।

Read More