समाचारमा बालबालिका

बलात्कारपछि बहिनीको हत्या : परिवारले नै दबाउन खोज्यो घटना

कान्तिपुरमा प्रकाशित,५ फागुन, सप्तरी ।

सप्तरी जिल्लामा एक युवकले ११ वर्षीया बहिनीको बलात्कारपछि हत्या गरेका छन् । खडग नगरपालिका ९ लालपटीका १८ वर्षीय राजदेव मण्डलले आफ्नै काकाकी छोरीको बलात्कारपछि हत्या गरेका छन् ।

Read More

दुई वर्षीया बालिका बलात्कृत

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,४ फागुन, राजविराज ।

दुई वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १२ वर्षीय बालक पक्राउ परेका छन्। बालिकालाई उनकै छिमेकी बालकले बलात्कार गरेको आरोपमा पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ। घटनाको सूचना पाएलगत्तै पुगेको इलाका प्रहरी कार्यालय छिन्नमस्ताको टोलीले बालकलाई बिहीबार पक्राउ गरेको जनाएको छ।

Read More

किशोरी आमा बढे

कान्तिपुरमा प्रकाशित,३ फागुन, रामेछाप ।

बच्चाले दूध मागेको कुरा बुझ्न नसक्ने अवस्थाका किशोरी यहाँ आमा बनेका छन् । ‘अस्पतालमा सुत्केरी गराउन आउनेमध्ये ३० देखि ४० प्रतिशत आमा २० वर्ष मुनिका भेटिन्छन्,’ मन्थली प्राथमिक केन्द्रकी प्रमुख डा। निलिजा शाक्यले भनिन्, ‘रामेछापमा कलिलो उमेरमा सुत्केरी हुने दर उच्च छ ।

Read More

करेन्ट लागेर बालकको मृत्यु

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२ फागुन, उदयपुर ।

उदयपुरको त्रियुगा नगरपालिका –३ बगाहामा करेण्ट लागेर घाइते भएका बालकको बुधबार उपचारको क्रममा मृत्यु भएको छ ।

Read More

ट्याक्टरको ठक्करबाट छोराको मृत्यु, आमा घाइते

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२ फागुन, महोत्तरी ।

महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिकामा गएराति ट्याक्टरले बाटो काट्दै गरेका आमाछोरालाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने आमा गम्भीर घाइते भएकी छिन्।

Read More

नदी किनारमा फालिएकी नवजात शिशुको जीवितै उद्धार

उज्यालो अनलाइनमा प्रकाशित,२ फागुन, महोत्तरी ।

महोत्तरी जिल्लाको सोनमा गाउँपालिकामा नदी किनारमा फालिएको अवस्थामा १ दिनको नवजात बालिकालाइ जीवितै उद्धार गरिएको छ । सोनमा गाउँपालिका वडा नंबर – ४ गुलरीया जाने बाटोमा रहेको रुपनी नदीको किनारमा फालिएको बालिकालाई बुधबार गाउँलेहरुको सहयोगमा मंगरथानाका प्रहरीले उद्धार गरेको हो ।

 

 

 

Read More

विद्यार्थी हत्याको आरोपमा प्रअ रोकाया पक्राऊ

नयाँ पत्रिकामा प्रकाशित,२ फागुन, हुम्ला ।

एसइई परिक्षाको तयारी गर्दै आएकी १७ वर्षीय सिचुडोमा लामाको हत्या आरोपमा प्रधानाध्यापक धनलाल रोकायालाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान ९ बजे हुम्ला जाने क्रममा सुर्खेतका विमान स्थलबाट पक्राउ परेका हुन ।

Read More

भक्तपुरमा बाघको आक्रमणमा परी ६ वर्षीय बालकको मृत्यु

साझा सवालमा प्रकाशित,१ फाल्गुन, भक्तपुर ।

सूर्यविनायक नगरपालिका–७ गुण्डु पानी ट्यांकीमा बाघको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । सोमबार साँझ पसल गएर फर्किने क्रममा गुण्डु खहरे बस्ने सुनिल तामाङका छ वर्षीय छोरा शिरीषलाई बाघले घिसारेर जंगलमा लगी खाएको प्रहरीले जनाएको छ । 

Read More

भारतमा हराएका सुनिल पन्जाब प्रहरीको सहयोगमा घर आइपुगे

थाहा खबरमा प्रकाशित,१ फाल्गुन, कपिलवस्तु ।

चार वर्षअघि भारतको पन्जाबबाट हराएका सुनिल बिक पन्जाब प्रहरीको सहयोगमा अभिभावकसम्म पुगेका छन्। झापाको झापा गाउँपालिका–६, शरणामतिका १४ वर्षीय सुनिललाई सोमबार उनका अभिभाव समक्ष बुझाइएको हो।

 

Read More

प्रहरीको सक्रियतामा बाल विबाह रोकियो

सिन्धुली सौगातमा प्रकाशित,२९ माघ, सिन्धुली ।

कमलामाई नगरपालिका मै हुनलागेको बालविवाह आईतबार प्रहरीको सक्रियतामा रोकिएको छ । कमलामाई ६ कि एक १५ बर्षे बालिकाको विवाहहुन लागेको उजुर आए पछि बालअधिकारकर्मी लागाएत प्रहरीको सक्रियतामा विवाह रोकिएको जिल्ला प्रहरी कार्यलय सिन्धुलीकी प्रहरी निरीक्षक सोभा पाण्डेयले बताईन ।

Read More

सात वर्षीया बालिका बलात्कृत

कान्तिपुरमा प्रकाशित,२९ माघ, धरान ।

सुनसरीको बराह नगरपालिका–१ खहरे बस्ने सात वर्षीया बालिका बलात्कृत भएकी छिन् । स्थानीय १५ वर्षीय छिमेकी किशोर खेमराज परियारले जबर्जस्ती बलात्कार गरेको बालिकाले प्रहरीलाई बताएकी छिन् ।

Read More

ट्रयाक्टरको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु

उज्यालो अनलाइनमा प्रकाशित,२७ माघ, महोत्तरी ।

महोत्तरीमा ट्रयाक्टरको ठक्करबाट एक जना बालकको ज्यान गएको छ । ज १ त ७६७० नम्बरको ट्रयाक्टरको लोहरपाटीमा २ वर्षीय बालक कासिम महमदलाई ठक्कर दिँदा ज्यान गएको प्रहरीले जनाएको छ ।

Read More

​पराल हाल्न गएकी बालिका बलात्कृत

उज्यालो अनलाइनमा प्रकाशित,२७ माघ, सिरहा ।

गाईलाई गोठमा पराल हाल्न गएकी सिरहा नगरपालिका –३, की ११ वर्षीया बालिका बलात्कृत भएकी छिन् । गाउँमै मिलापत्र गरी घटना गुपचुप गर्न लागे पनि बालिकाको रक्तश्राव नरोकिँदा घटना दुई दिनपछि सार्वजनिक भएको हो ।

Read More

खाजा खुवाउने’ भन्दै बालिका बलात्कार

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२६ माघ, नेपालगन्ज ।

नेपालगन्जको पुष्पलाल चोक नजिक रहेको होटल दरबार ‘खाजा खान’ पुगेकी एक बालिका बलात्कृत भएकी छन्। बिहीबार राती करिब सवा १० बजेतिर होटलको २१० नम्बर कोठामा १४ वर्षीया बालिका बलात्कृत भएकी हुन् ।

Read More

नाबालिका बलात्कारको आरोपमा युवक पक्राउ

उज्यालो अनलाइनमा प्रकाशित,२६ माघ, पाँचथर ।

९ बर्षीया नाबालिकालाई बलात्कार गरेको आरोपमा पाँचथरको तुम्बेवा गाउँपालिका–३ का एक युवक पक्राउ परेका छन् । बलात्कार आरोपमा १८ बर्षीय ‘भीम’ भनिने मनकुमार सम्बाहाम्फेलाई प्रहरीले पक्राउ गरेको हो ।

Read More

सिरकभित्र निसास्सिएर बालकको मृत्यु

न्युज २४ मा प्रकाशित,२६ माघ, उदयपुर ।

उदयपुरको कटारी नगरपालिका-६ स्थित बाकेटारमा विवाहको उत्सव चलिरहेको बेला विवाह घरको पलङमा सुताएको एक वर्षको बालकको सिरकभित्र निसास्सिएर मृत्यु भएको छ ।

Read More

बालिका बलात्कारको उजुरी फिर्ता लिन धम्की

कान्तिपुरमा प्रकाशित,२५ माघ, भक्तपुर ।

बालिका बलात्कार गरेको आरोपमा महानगरीय प्रहरी वृत्त जगातीले ललितपुर महानगरपालिका–९ बुङमतीका १८ वर्षीय वसन्त तामाङलाई पक्राउ गरी आवश्यक कारबाही थालेको छ । भक्तपुर नगरपालिका–१० कमलविनायकस्थित साढे चार वर्षीया बालिका महिना दिनयता दुईपल्ट बलात्कृत भएकी थिइन् । 

Read More

जोन अझै आईसीयूमा

कान्तिपुरमा प्रकाशित,२४ माघ, ललितपुर ।

फूलचोकी जंगलमा हराएको सातौं दिनमा बुधबार फेला परेका जोन तामाङको उपचार अझै आईसीयूमा भइरहेको छ । विद्यार्थी तामाङको स्वास्थ्य अवस्था सुधारोन्मुख भएको चिकित्सकले जनाएका छन् । 

Read More

पखालाका कारण तीन महिनाकी बालिकाको मृत्यु

रातोपाटीमा प्रकाशित,२४ माघ, रुकुम ।

रुकुम पूर्वमा तीन महिनाकी एक बालिकाको पखालाका कारण मृत्यु भएको छ । जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका–१० तकसेराका श्यामबहादुर विककी तीन महिनाकी छोरीको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय रुकुम पूर्वले जानकारी दिएका छन् । 

Read More

भक्तपुरमा दुईदिनमा पाँच बलात्कारका घटना

कान्तिपुरमा प्रकाशित,२४ माघ, भक्तपुर ।

दुई दिनयता जिल्लामा पाँच बलात्कारको घटना भएको छ । जसमध्ये चार बालिका र एक महिला बलात्कृत भएको घटना प्रहरीले सार्वजनिक गरेको हो ।

Read More