समाचारमा बालबालिका

बालविवाह रोक्न विद्यार्थी र अभिभावकलाई सँगै कक्षा

थाहा खबरमा प्रकाशित,१९ पुस, जाजरकोट।

बालविवाह नरोकिएपछि जिल्लाका विद्यालयमा बालविवाह न्यूनीकरणका लागि कक्षा सञ्चालन गर्न थालिएको छ। बालविवाह गर्नेको दर बढेपछि यहाँका स्थानीय सरकारले विशेष कार्ययोजना बनाइ कक्षामा पढाउन थालिएको हो।

Read More

शिक्षकको कुटाईबाट विद्यार्थी घाइते

कान्तिपुरमा प्रकाशित,१९ पुस, सल्यान ।

बाग्चौर नगरपालिका-२ थारमारेस्थित जनकल्याण नमुना माध्यमिक विद्यालयमा दुई शिक्षकले कक्षा १० मा अध्ययनरत छात्र बिशाल बस्नेतलाई कुटपिट गरेका छन् । शिक्षकको कुटपिटबाट छात्र बस्नेत घाइते छन्।

Read More

झापामा नवजात शिशुको शव फेला

नयाँ पत्रिकामा प्रकाशित,१७ पुस, झापा ।

बुद्धशान्ति गाउँपालिका, ४ मा नवजात शिशुको शव भेटिएको छ । शिशुको शव खुट्टा बाहिर देखिने गरी गाडिएको अवस्थामा फेला परेको हो ।
गाउँपालिकाको आइतबारेमा शिशुको शव भेटिएको इलाका प्रहरी कार्यालय प्रमुख प्रहरी नायव निरीक्षक कृष्णप्रसाद हुमागाईले जानकारी दिए । प्रहरीका अनुसार शव स्थानीय शंकर रेग्मीको जग्गामा गाडिएको थियो।

Read More

पुण्य कमाउने नाममा महिनावारी नहुँदै छोरीको विवाह

उज्यालो अनलाइनमा प्रकाशित,१७ पुस, डोटी ।

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डोटीका ग्रामीण क्षेत्रमा बालविवाहले विकराल रुप लिँदै आएको छ । सानै उमेरमा छोरीको विवाह गरे छोरीको भविष्य बिग्रिन्छ भन्ने जान्दा जान्दै पनि यहाँका स्थानीयहरु बालविवाह रोक्नुको साटो झन् फैलाउन लागिपरेका छन्। 

Read More

माघदेखि नवजात शिशुको बिमा

कान्तिपुरमा प्रकाशित,१७ पुस, जनकपुरधाम ।

प्रदेश २ सरकारले माघ १ गतेदेखि जन्मिने नवजात शिशुको जीवन बिमा गरिदिने भएको छ । प्रदेशको ८ जिल्लाबाट एक एक गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका गरी ८ वटा स्थानीय तहको सबै वडाका हरेक शिशुलाई जन्मिएपछि बिमा गरिदिने जनाएको छ।

Read More

चक्लेटको प्रलोभनमा पारी पाँच वर्षीया बालिका बलात्कार, आरोपित फरार

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१६ पुस, पर्सा ।

पर्सामा पाँच वर्षीया एक बालिकालाई २२ वर्षीय एक युवकले बलात्कार गरेका छन्।पर्साको पकाहा मैनपुर गाउँपालिका वडा नम्बर १ घर भएकी पाँच वर्षीया बालिकालाई छिमेकी देवकुमार पटेलले चक्लेट दिने प्रलोभन देखाएर बलात्कार गरेका हुन्।

Read More

नारायणी नदीमा डुङ्गा पल्टिँदा एकजना बालक बेपत्ता

उज्यालो अनलाइनमा प्रकाशित,१५ पुस, नवलपरासी ।

नारायणी नदीमा डुङ्गा पल्टिँदा सुस्ताका एक बालक शनिबारदेखि बेपत्ता छन् । पश्चिम नवलपरासी सुस्ता गाउँपालिका –५ पक्लिहवा रतनगंजका कैलाश धोबीका छोरा १५ वर्षीय अनुप धोबी बेपत्ता भएका हुन्।

Read More

पाँच दिनदेखि तीन बालिका सम्पर्कविहीन

उज्यालो अनलाइनमा प्रकाशित,१५ पुस, सुर्खेत ।

सिम्ता गाउँपालिका–९ खानीखोला सुर्खेतका तीन बालिका पाँच दिनदेखि सम्पर्कविहीन भएका छन् । हराउने बालिकामा नेपाल राष्ट्रिय मावि सिम्ता कक्षा ९ मा अध्ययनरत १४ वर्षीया निशा सिंह, सोही कक्षामा अध्ययनरत १५ वर्षीया यमुना खत्री र कक्षा ७ मा अध्ययनरत उनकी बहिनी १२ वर्षीया रिसिमा खत्री रहेको जिल्ला प्रहरी कार्यालय सु्र्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो।

Read More

विद्यालयमा उजुरी पेटिका राखेपछि बालविवाहमा कमी

थाहा खबरमा प्रकाशित,१५ पुस, रौतहट ।

सामुदायिक विद्यालयहरूमा गुनासो पेटिका राखेपछि उजुरी पर्ने डरले बालविवाह र लैंगिक हिंसाका घटना रोकिँदै गएका छन्। शून्य सहनशीलता लैंगिक हिंसामुक्त कार्यक्रमअन्तर्गत सामुदायिक विद्यालयहरूमा उजुरी पेटिका राखेपछि बालविवाह रोकिँदै गएको सरोकारवालाहरूले बताएका छन्।

Read More

स्कुलबाट एकैसाथ हराएका तीन बालिका बुटवलमा भेटिए

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१५ पुस, सुर्खेत ।

गत मंगलबारदेखि स्कुलबाटै हराएका सुर्खेतका तीन बालिका बुटवलमा भेटिएका छन्। प्रहरीको तीव्र खोजीका कारण उनीहरु आइतबार बुटवल बसपार्कमा भेटिएका हुन्। पुस १० गते स्कुलको हाफटाइममा निस्किएका किशोरी घर फर्केका थिएनन्।

Read More

सहाराविहीन बालिकालाई नगरपालिकाको सहयोग

थाहा खबरमा प्रकाशित,१४ पुस, बैतडी ।

सहाराविहीन अवस्थामा रहेका बैतडीको दशरथचन्द नगरपालिका १० सतपालिका ६ जना बालिकाले दशरथचन्द नगरापालिकाको साथ पाएका छन्। नगरपालिकाले उनीहरूलाई नगद सहयोग गर्नुका साथै उनीहरूको पढाई तथा बसोबासको प्रबन्ध नगरपालिकाले मिलाउने भनेको छ।

Read More

दश वर्षीया बालिकामाथि बलात्कारको प्रयास

उज्यालो अनलाइनमा प्रकाशित,१२ पुस, बारा ।

बारामा एक दश वर्षीया बालिकामाथि बलात्कारको प्रयास भएको छ । प्रसौनी गाउँपालिका–५, कि एक दलित बालिकामाथि बलात्कारको प्रयास भएको प्रहरीले जनाएको छ।

Read More

दस वर्षमै विवाह

कान्तिपुरमा प्रकाशित,१२ पुुस, रौतहट ।

गौर–चन्द्रनिगाहपुर खण्डको धमौरा चोक नजिक डोम समुदायको सानो बस्ती छ । मंगलबार बस्तीको पूर्व कुनामा रहेको झुपडी कुर्न बसेका १३ वर्षीय बालक भेट्टिए । उनी विवाहित हुन् ।

Read More

शिक्षकको कुटाइले छोराको मृत्यु भएको अभिभावकको आरोप, पिट्ने शिक्षक फरार

कान्तिपुरमा प्रकाशित,१२ पुस, बारा ।

शिक्षकको कुटपिटपछि कक्षा ७ मा पढ्ने एक छात्रको मृत्यु भएको छ । पिट्ने शिक्षक फरार छन् । कलैया उपमहानगरपालिका–१ स्थित नमुना निमाविमा अध्ययनरत पर्सा गाउँका वीरेन्द्र महतो मण्डलका छोरा १३ वर्षीय अजयकुमारको उपचारक्रममा मृत्यु भएको हो।

Read More

दुई छोरालाई विष खुवाएर आमाले गरिन् आत्महत्याको प्रयास, एकको मृत्यु

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,११ पुस, जनकपुरधाम ।

धनुषामा एक महिलाले आफ्नो दुई नाबालक छोरालाई विष खुवाएर आफूले पनि विष खाएर आत्महत्याको प्रयास गरेकी छन्। जिल्लाको लक्ष्मीनियाँ गाउँपालिका १ सोनमाई खजुरी टोल निवासी रविन्द्र यादवकी श्रीमति २४ वर्षीया रिना देवी यादवले घरायसी विवाद भएपछि आफ्ना दुई छोराको हत्या गरी आफू पनि आत्महत्या गर्ने प्रयास गरेकी हुन्।

Read More

नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

उज्यालो अनलाइनमा प्रकाशित,११ पुस, सप्तरी ।

जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका वडा नम्बर १ का २० वर्षका सुन्दरकुमार सदालाई पक्राउ गरेको छ।

Read More

पुलमुनि बर्कोले बेरेर फालेको अवस्थामा भेटियो बच्चाको शव

रातोपाटीमा प्रकाशित,११ पुस, धरान ।

धरान उपमहानगरपालिका–५ स्थित सेउती खोलामा रहेको पक्की पुलमुनि सडेको अवस्थामा बच्चाको शव भेटिएको छ । बर्कोले बेरेर फालेको अवस्थामा भेटिएको बच्चको शव निकै अगाडि फालिएकोले सडेको अवस्थामा रहेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक सुदनकुमार तिम्सिनाले जानकारी दिए।

Read More

बलात्कारको आरोपमा इलाममा दुई युवा पक्राउ

उज्यालो अनलाइनमा प्रकाशित,११ पुस, इलाम ।

बलात्कार गरेको आरोपमा इलाममा  बुधबार दुई युवक पक्राउ परेका छन् । पन्ध्र वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ पर्नेमा सन्दकपुर गाउँपालिका–४, माबुका सोम राई र झापा बुद्धशान्ति गाउँपालिका–४, बुधबारेका उत्तम राई रहेका छन्।

Read More

बिस्कुट अड्किएर बालिकाको मृत्यु

थाहा खबरमा प्रकाशित,२१ मंसिर, सुनसरी ।

इटहरी उपमहानगरपालिका-४ मा बिस्कुट अड्किएर ६ वर्षीया बालिकाको मृत्यु भएको छ। बिहीबार राती सोही स्थान बस्ने सञ्जीव चौलागाईंको छोरी श्रुती चौलागाईं बिस्कुट खाने क्रममा घाँटीमा अड्किएर घाइते भएकी थिइन्।

Read More

अर्घाखाँचीमा जलेर एक बालकको मृत्यु

रातोपाटीमा प्रकाशित,१७ मंसिर, अर्घाखाँची ।

विद्युत सट भई आगलागी हुदाँ अर्घाखाँचीमा मगंलवार एकजनाको मृत्यु भएको छ । अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका–६ मेहपानीका ११ वर्षीय नारायण विकको जलेर मृत्यु भएको हो।

Read More