A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessione6qcnovqdic8ecqqencq4spc010kcoor): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

पर्सामा १२ वर्षीया बालिका बलात्कृत

१० वर्षीया बालिकाको सामूहिक बलात्कारको घाउ निको नहुन पाउँदै पर्सामा फेरि एक नाबालिका बलात्कृत भएकी छिन्। पर्सागढी नगरपालिकाको झबराहामा विद्यालयबाट फर्केर आफ्नै घरमा पोसाक फेर्न लागेकी १२ वर्षीया बालिकालाई टोलकै एक युवाले बलात्कार गरेको घटना सार्वजनिक भएको छ। १० वर्षीया बालिकाको सामूहिक बलात्कारको घाउ निको नहुन पाउँदै पर्सामा फेरि एक नाबालिका बलात्कृत भएकी छिन्। पर्सागढी नगरपालिकाको झबराहामा विद्यालयबाट फर्केर आफ्नै घरमा पोसाक फेर्न लागेकी १२ वर्षीया बालिकालाई टोलकै एक युवाले बलात्कार गरेको घटना सार्वजनिक भएको छ। मंगलबार घरमा कोही नभएको मौका छोपेर छिमेकमा बस्ने युवकले ति बालिकालाई बलात्कार गरेको पर्सा प्रहरीले जनाएको छ । बालिकालाई बलात्कार गरेको आरोपमा सोही ठाउँ बस्ने स्थानीय सीताराम पौडेललाई प्रहरीले पक्राउ गरेको छ।

बलात्कारपछि मानसिक रुपमा हतास र शारीरिक रुपमा घाइते बनेकी बालिकाले अभिभावक घर फर्केपछि आफूसँग भएको घटनाबारे जानकारी गराएकी थिइन्। अभिभावकले तुरुन्तै नजिकको प्रहरी खबर गरेपछि प्रहरीले अभियुक्तलाई पक्राउ गरेको पर्साका प्रहरी उपरीक्षक डा।गणेश रेग्मीले जानकारी दिए। आरोपी पौडेललाई पक्राउ गरी आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको उनले जनाए । वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा पीडित बालिकाको शारीरिक जाँच गरिएको छ र उपचार भइरहेको छ। यसअघि दुई साता पहिले पटेर्वा सुगौली गाउपालिका ५ निचुटामा १० वर्षीया नाबालिकामाथि बालात्कार भएको थियो भने त्यसभन्दा २ महिना अगाडि सखुवा पर्सौनी गाउँपालिकाको कौवा बनकटैयामा एक मुस्लिम किशोरीलाई उनकै समुदायका ४ जना युवाहरूले सामूहिक बलात्कार गरेका थिए । बालिका र किशोरीहरू माथि एकपछि अर्को बलात्कार घटना दोहरिन थालेपछि समाजिक क्षेत्रमा काम गर्ने संस्थाहरूले चिन्ता व्यक्त गरेका छन् । 

२०७४ चैत्र ७ गते ५:०३ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: