समाचारमा बालबालिका

बालविवाहले बहुविवाह, त्यसपछि बिचल्ली

५ वर्षकी छोरीसंँगै उनी अहिले सदरमुकाममा मजदुरी गरेर जीवन विताइ रहेकी छन । ‘सौता आए पछि सबै परिवार मिलेर कुट्न थाले’ उनले भनिन्, ‘कुन दिन मार्छन् जस्तो लागेर भागेर चैनपुर आएँ’ मुद्दा हाल्छे भनेर ससुराले उनको नागरिकता समेत खोसिदिएको पीडा पोख्दै उनले भनिन, ‘अहिले पनि चैनपुरमा कोसँग सल्केकी छस् । तलाई मारिदिन्छु भनेर धम्काउछन । मलाई घरमा पनि बस्न दिएनन् । घर छोडेर आउँदा पनि मार्ने धम्की दिन्छन् । गरी खानु न मरी जानु भएको छ । जयपृथ्वी नगरपालिका ३ कि रुद्री जोशीको पनि १३ वर्षको उमेरमा विवाह भएको थियो । सुरुमा सम्बन्ध पनि राम्रै थियो । उनका श्रीमान् पढन काठमाडौं गए । १ वर्ष काठमाडौं बसेर फर्केपछि उनलाई ‘त काली मेरो लायक छैनस्, घरबाट निस्केर जा’ भनेर कुटपिट गर्न थाले । अर्को वर्ष त उतैबाट अर्को बिहे गरेर ल्याए । छोराले अर्को बिहे गरेपछि रुद्रीका सासूससुरा र जेठानी पनि कुट्न थाले । दिनहुँको मारपिट सहन नसकेर उनी घर छोड्न बाध्य भइन् । दुई वर्षदेखि सदरमुकाम चैनपुरको छेउमा रहेको सेती नदीमा गिटी कुटेर जीवन निर्वाह गरिरहेकी उनले अदालतमा अंश मुद्दा हालेकी छन् । उनि भन्छिन्, ‘सानै उमेरमा विवाह गराइदिएर बुबाआमाले धर्म कमाउने नाममा पाप गरे । त्यसको सजाय मैले भागिरहेकी छु । १३ वर्षको उमेरमा तामझामका साथ विवाह हुँदा दौलीचौर गाविसकी राजुला बोहराले केही वर्षमै बेवारिसे हुनुपर्ला भन्न कल्पनासमेत गरेकी थिइनन् । श्रीमान्को निरन्तर कुटाइका कारण २८ वर्षको उमेरमै उनको जिउ कटकटी दुख्छ । ८ वर्षको अवधिमा ३ वटा सन्तान जन्माएकी उनको तल्लो पेट पनि दुखिरहन्छ । डाक्टरले पाठेघरमा घाउ भएको बताएका छन् । तर उनीसँग उपचार गर्ने क्षमता छैन । श्रीमान्ले अर्को विवाह गरेपछि घरबाट निकालिएकी उनी सकीनसकी बाहुलीखोलाको किनारमा गिट्टी फुटाउँछिन् । त्यसैले आफूसँग रहेको ६ वर्षको छोराको पढाइ खर्च, खाना र डेरा भाडा चलाउँछिन् । ‘छोराको माया लाग्छ र बाँचेकी छु,’ उनी विरहका साथ भन्छिन्। छोरो कसैको जिम्मा लाउन पाए । सेतीमा हाम फालेर मर्ने थिएँ ।

 २०७४ चैत्र ७ गते १२:३३ मा प्रकाशित