A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionueup3dep6nhnglmbet7ku5ej24pl5n9a): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

उत्तेजना बढाउने औषधि दिएर छात्रामाथि बलात्कार प्रयास गर्ने शिक्षक पक्राउ

यौन उत्तेजना बढाउने औषधि दिएर छात्रालाई बलात्कारको प्रयास गर्ने शिक्षकलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ। सुर्खेतको पञ्चपुरी नगरपालिका–१० स्थित जनज्योति निमाविका कक्षा ७ मा अध्ययनरत दुई जना छात्रालाई उत्तेजना बढाउने औषधिको प्रयोग गरी बलात्कार प्रयास गरेको उजुरी परेपछि प्रहरीले शिक्षक युवराज शर्मालाई पक्राउ गरेको हो। शिक्षक शर्माले उत्तेजना बढाउने औषधिलाई मिठाइ भनी छात्रालाई खान दिए पनि आफूहरुले नखाएको पीडितले प्रहरीलाई बताएका छन्। पीडित छात्राको भनाइ उद्धृत गर्दै प्रहरी भने, ुसरले चैत ३ को साँझ पाँच बजेतिर मिठाइ खाउ भनेर दिए पनि नखाएर दाइलाई देखायौं।प्रहरीसँगको वयानमा छात्राले शिक्षक शर्माले औषधि खायौ कि नाई भनेर पटक–पटक कोठामा आउँदै सोधेको र राति कराएपछि फेरि नआएको बताएकी छन्। चैत ४ मा छात्राका दाइ पर्नेले थाहा पाए पछि उक्त घटना प्रहरी चौकीमा पुगेको हो। उजुरीपछि प्रहरीले शिक्षक शर्मालाई प्रक्राउ गरेको थियो। शिक्षक शर्माले औषधि दिएको स्वीकार गरेको प्रहरीले बताएको छ। शर्मा पक्राउ परेसँगै स्थानीयले कडा कारवाहीको माग गरेका छन्। आरोपीलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेत ल्याइएको छ। घटनाको आवश्यक अनुसन्धान अघि बढाइएको सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए।

२०७४ चैत्र ७ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: