A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiond26jv5jngk7j91jo6rq7kubpv8n2iniu): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

विद्यार्थी कुटेका आरोपमा एक शिक्षक प्रहरी नियन्त्रणमा

 झापा प्रहरीले विद्यार्थीलाई कुटपिट गरेको आरोपमा एक शिक्षकलाई नियन्त्रणमा लिएको छ। झापाको मेचीनगर नगरपालिका- ५ स्थित ग्रिन भिजेल अंग्रेजी विद्यालयमा कार्यरत शिक्षक दीपेश निरौलालाई नियन्त्रण लिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायव उपरीक्षक टंकप्रसाद भट्टराईले जानकारी दिए। भट्टराईका अनुसार नियन्त्रणमा लिएका शिक्षक निरौलाले कक्षा १ मा अध्ययनरत छात्र दिप्सन राउतलाई कुटपिट गरेको आरोप लागेको छ। शिक्षकले बुधबार विद्यालयमै राउतलाई शरीरमा गहिरो नीलडाम हुने गरी कुटपिट गरेर घाइते बनाएको भन्दै राउत परिवारले प्रहरीमा उजुरी गरेपछि शिक्षक निरौलालाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक भट्टराईले बताए। अबोध बालकलाई कुटपिट गरेर घाइते बनाउने शिक्षकलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ भनेर प्रहरीमा उजुरी दिएको उनका हजुरबुबा बिर्खबहादुर राउतले बताए। विद्यालयमा विना कारण विद्यार्थीलाई शरीरमा गहिरो चोट हुने गरी कुटपिट गर्ने शिक्षकलाई विद्यालयको तर्फबाट पनि माफी नपाउने विद्यालयका प्रिन्सिपल हरि बुढाथोकीले जानकारी दिए ।

२०७४ चैत्र ८ गते प्रकाशित

 

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: