A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session0fl6qtkk652nheqs04but7vkerjv16gh): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

भारतबाट नेपाली बालिकाको उद्धार

पश्चिम नवलपरासीमा एक बालिकालाई ललाईफकाई बेच्नका लागि भारत लैजान लागेको आरोपमा एक भारतीय नागरिकलाई सुस्ताका स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । भारतको उत्तर प्रदेश महाराजगंज डोमहाका धुरुप भारतीले पश्चिम नवलपरासी सुस्ता गाउँपालिका-५ बेलहानी बस्ने मुन्ना कलवारको ७ वर्षीया छोरी नब्या कलवारलाई ललाईफकाई भारत तर्फ लैजान लागेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका हरिजन बालिकाको घरमा दिनहुँ जसो मदिरा सेवनका लागि आउने गर्थे । मदिरा सेवनका नाममा दिनहुँ बालिकाको घरमा आएर चिनजान बढाएपछि मामा घर लैजाने भन्दै मिठाई दिएर साईकलमा राखेर फरार भएको बालिकाको अभिभावकको आरोप छ । साँझ बालिका घरमा नदेखिएपछि खोजतलास गर्दा घरपरिवार र गाउँलेले खोजी गरेका थिए । राति बाटोमा आवतजावत गर्ने यात्रीहरुको उपस्थिति नदेखेपछि बालिकालाई त्रास देखाउँदै आफ्नो गाउँ तर्फ लैजानेक्रममा आफन्तले फेला पारेर प्रहरीलाई बुझाएका थिए । आरोपितलाई ईलाका प्रहरी कार्याल्यमा बेलाटारीमा राखिएको छ । इलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक केशव सिहं थापाका अनुसार घटनाको विषयमा छानविन भइरहेकाले अहिले नै घटनाको कारणबारे यकीन गर्न नसकीने बताए ।

२०७४ चैत्र ७ गते २:१३ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: