A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session7266ci330vobgoee9iurl6rsqjga84ii): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

चकलेट दिन्छु भन्दै जंगलमा लगेर बालिका बलात्कार

ललितपुरको दक्षिणी भेगमा पर्ने बागमती गाउँपालिका–४ स्थित प्युटारमा एक बालिका बलात्कृत भएकी छन्। सोही गाउँकै आन्दाजी २५ वर्षीय कृष्णबहादुर बोम्जनबाट सोमबार विहान ६ वर्षीय बालिका बलात्कृत भएकी हुन् । बोम्जनले चकलेट र पैसा दिन्छु भन्दै घर नजिकैको जंगलमा लगेर बलात्कार गरेका थिए। विहान वनमा घाँस काट्न गएकी एक महिलाले बालिका बलात्कृत भइरहेको दृश्य देखेपछि प्रहरी र आफन्तलाई खबर गरेकी थिइन्। महिलाले देखेपछि  अभियुक्त भागेका थिए।  फरार अभियुक्तलाई सोमबार दिनभरीको खोजीपछि गाउँले र प्रहरीले साँझ ५ बजे मकवानपुरको बक्कैया गाउँपालिका–१० बाट समातेको बागमती गाउँपालिका–४ प्युटारका वडा अध्यक्ष नारायणबहादुर घलेले जानकारी दिए। उनका अनुसार घास काट्न गएकी महिलाले खबर गरेपछि आफन्त त्यहाँ जम्मा भएका थिए। बलात्कृत बालिकाको योनीबाट रगत बगिरहेको अवस्थामा भेटिएकी थिइन्। उनलाई सोमबारै प्रहरीको सहयोगमा थापाथली अस्पतालमा पुर्याइएको थियो। अहिले उनको अवस्था सामान्य रहेको परिवारका सदस्यले बताएका छन् । पीडित बालिकाले आफूलाई चकलेट दिन्छु भन्दै घरनजिकैको जंगलमा लगेर जवर्जस्ती गरेको बयान दिएको महानगरीय प्रहरी वृत्त चापागाउँका डीएसपी रवीन्द्र रेग्मीले जानकारी दिए। उनले भने, ‘आवेगमा आएर बालिकामाथि यस्तो दुराचार गर्ने अभियुक्तलाई हामीले त्यसै छाड्दैनौं, कानुनी कारवाहि गर्छौं ।’ बलात्कृत बालिकाका आफन्तले कडा कारबाहीको माग राख्दै अहिले  प्रहरी वृत्त चापागाउँ घेराउ गरेका छन् ।

२०७४ चैत्र ६ गते २:१३ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: