A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionmqk3g36bcir2bvenhffmcvg1qh7h7qkc): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बैंक कर्मचारीको घरमा मृत भेटिइन् बालिका, हत्या भन्दै परिवारले शव बुझ्न मानेनन्

काठमाडौँस्थित सानिमा बैंकका कर्मचारी बबी सिंह गडतौलाको घरमा मृत भेटिएकी एक बालिकाको शव दुई हप्तादेखि उठ्न सकेको छैन । सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका–१ की १४ बर्षिया बालिका रिता थामी गत फागुन २६ गते नक्साल, भगवती बहालस्थित गड्तौलाको घरमा मृत भेटिएकी थिइन् । मृतकका परिवार र आफन्तजनले रिताको हत्या भएको भन्दै घट्नाको निष्पक्ष छानविन नभएसम्म शव नबुझ्ने बताएका छन् । बालिकाको शव महाराजगञ्ज स्थित शिक्षण अस्पतालको शवगृहमा राखिएको छ । प्रहरीका अनुसार गड्तौलाले बालिकालाई बाथरुममा झुण्डिएको अवस्थामा भेटिएको भन्दै हिमाल अस्पताल पुर्याएका थिए । जहाँ उनलाई मृत्त घोषित गरिएको थियो । त्यसपछि शवलाई शिक्षण अस्पताल लगेर पोस्टमार्टम गर्दा उनको मृत्युको कारण खुल्न नसकेको रिपोर्ट दिएको थियो  ।  गडतौला परिवारले वालिकाले आत्महत्या गरेको दावी गरेपनि पिडित पक्षले वालिकालाई मारिएको भन्दै जाहेरी दिएका छन् । गड्तौला सानिमा बैंकको तेस्रो बरियता अर्थात निक्षेप प्रमुखको जिम्मेवारीमा छन् । घट्नाबारे अहिले महानगरिय प्रहरी परिसर टेकुले अनुसन्धान गरिरहेको छ । परिसरका प्रहरी नायव उपरिक्षक (डिएसपी) मोहन कुमार थापाले प्रारम्भिक अनुसन्धानका क्रममा बालिकाले आत्माहत्या गरेको जस्तो नदेखिएको र थप अनुसन्धान भैरहेको बताए । उनका अनुसार अस्पतालको पोष्टमार्टम रिर्पोटमा मृत्युको कारण स्पष्ट नभएका कारण शवको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटारमा ल्यावटेष्ट र गडतौला परिवारको कोरियाग्राफी सहित अनुसन्धान प्रक्रिया अघि बढेको छ । परिसरका एसएसपी विश्वराज पोखरेलले सबै उपाय प्रयोग गरेर घट्नाको गहिरो अनुसन्धान गरी सत्यतथ्य पत्ता लगाउने प्रतिक्रिया दिए । 

गड्तौलाको बयान बाझियो
घट्नाबारे अनुसन्धानमा तानिएका गड्तौला परिवारले दिएको वयान पनि बाझिएको छ । अस्पताल रिर्पोटमा बालिकालाई शौचालयमा अचेत अबस्थामा भेटिएको वयान छ भने प्रहरीलाई झुण्डिएको अवस्थामा फेला पारिएको भनिएको छ । गड्तौलाले शंकास्पद रुपमा दिएको छुट्टाछुट्टै बयानले घट्नालाई थप रहस्यमय बनाएको छ । बालिकाकी आफन्त चन्द्र बहादुर थामीले पीडकको वयान र घट्नाको प्रकृति हेर्दा वालिकाले आत्माहत्या गरेको हुनै नसक्ने बताए । घट्नास्थलमा चाईनिज कम्बल बाहेक अन्य कुनै साधन फेला परेको छैन । बालिकाको मृत्युपछि गड्तौला परिवारले शवलाई प्रहरीलाई जानकारी नदिई हिमाल अस्पताल पु¥याएको थियो । बालिकाको परिवार तथा आफन्तजनको जाहेरीपछि प्रहरीले थप अनुसन्धान प्रक्रिया अघि बढाएको हो। बालिका रिता सिन्धुपाल्चोककै स्थानीय भुजेल थरकी एक महिला मार्फत गड्तौला परिवारको सम्पर्कमा पुगेकी थिईन् । आफन्तजनका अनुसार उनलाई लालनपालन सहित शिक्षादिक्षा दिने प्रलोभन समेत देखाईएको थियो । तर उनलाई कामदारको रुपमा मात्रै प्रयोग गरिएको आफन्तको भनाई छ । 

संघ संस्थाको चासो
घट्नाबारे राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय महिला आयोग, थामी समुदायको साझा संस्था नेपाल थामी समाज लगाएतका संघ संगठनले चासो देखाएका छन् । पिडित पक्षको निवेदनपछि मानव अधिकार आयोग र महिला आयोगले अध्ययन गरिरहेका छन् । नेपाल थामी समाजले घट्नाको सत्यतथ्य छानविनका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आएको छ । बुधवार मात्रै समाजको टोलीले परिसरका एसएसपी पोखरेल, डिएसपी थापालाई घट्नाको गहिरो अनुसन्धान गरी दोषीमाथि कारबाहीका लागि गम्भिर ध्यानाकर्षण गराएको छ । टोलीमा पिडित पक्षका आफन्तसहित नेपाल थामी समाजका अध्यक्ष सुखवीर थामी, महासचिव लक्ष्मण थामी, हिरा थामी, गणेश थामी, कुसुम थामी, सुर्य थामी लगाएत सहभागि थिए । त्यसअघि पनि थामी समाजका सल्लाहाकार तथा पदाधिकारी, भातृसंस्था नेपाल थामी युवा संघ, नेपाल थामी विद्यार्थी संघ लगाएतले सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका थिए । 

२०७४ चैत्र ८ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: