समाचारमा बालबालिका

पहिरोले घर पुरिँदा पाल्पामा एक बालिकाको मृत्यु

https://www.setopati.com/social/247372 भदौ १३

पहिरोमा परेर पाल्पामा एक बालिकाको मृत्यु भएको छ।

तानसेन नगरपालिका वडा नम्बर ५ कैलाश नगरमा पहिरोले घर पुरिँदा १० वर्षीया बालिकाको मृत्यु भएको हो।

गए राति करिब २:३० बजे पहिरो खसेको थियो।

स्थानीय नारायण दर्जीको घर पहिरोले पुर्दा १० वर्षीया नैना दर्जीको मृ्तयु भएको प्रहरीले जनाएको छ। पहिरोले घरमा सुतिरहेकी बालिका घाइते भएकी थिइन्।

उनलाई उद्धार गरी यूनाइटेड मिसन अस्पताल लगिएको थियो। उपचारका क्रममा उनको निधन भएको प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए।