A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionabud19jhgqg8h0re45lsqvmor3a4u7j2): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बेचबिखनका लागि भारत पुर्‍याइएका ७ युवतीको उद्धार

https://annapurnapost.com/news/185465 १२ भदौ २०७८

वीरगन्ज : नेपाल प्रहरीले भारतको बिहारबाट ७ जना नेपाली युवतीको उद्धार गरेको छ। बेचबिखनको जोखिममा रहेका ७ जना युवतीलाई भारत बिहारको आदापुरमा बन्धक बनाएर राखिएको अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले उद्धार गरेको हो। 

बिहारको पूर्वी चम्पारण जिल्ला छौडादानो नगर पञ्चायत–११ आदापुर बजारबाट ७ जना युवतीको उद्धार गरिएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए। उद्धार गरिएकामा उदयपुर जिल्ला घर भएका १८ र २१ वर्षिया, पुर्व नवलपरासीकी २० वर्षिया, सुनसरीकी २३ वर्षिया, बाग्लुङकी १९ वर्षिया, कास्कीकी २० वर्षिया र पर्साकी १८ वर्षिया  युवतीहरु रहेका छन्। 

अर्केष्ट्रा ( नागान गर्ने समूह) मा आकर्षक तलब पाइने काम लगाइदिने प्रलोभन दिएर नेपालका विभिन्न जिल्लाबाट ७ जना युवतीलाई लगेर आदापुरमा राखिएको थियो। आदापुरबाट ती युवतीहरुलाई भारतको विभिन्न शहरमा लगेर आर्केष्टा ग्रुपलाई बेच्न तयारी मानव तस्करहरुको थियो। उक्त सूचना पाएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको एक टोली भदौ ९ गते आदापुर पुगेको थियो। प्रहरी नायव उपरीक्षक खनालका अनुसार प्रहरी टोली आदापुरमा पुग्दा युवतीहरुलाई उनीहरुको साथमा रहेको मोबाइल खोसेर अध्याँरो कोठामा राखिएको अवस्थामा प्रहरीले फेला पारेको थियो। 

त्यसपछि आदापुरको भारतीय प्रहरी र आफन्त नेपाल नामक गैरसरकारी संस्थाको समन्वयमा ती ७ जना नेपाली युवतीहरुलाई उद्धार गरेर वीरगन्ज ल्याइएको प्रहरी नायव उपरीक्षक खनालले बताए। भारतकै विभिन्न स्थानमा पठाइ उनीहरुको इच्छा विपरीत अशोभनीय पोशाकमा विना पारिश्रमिक नाचगान गराउने, शारीरिक तथा मानसिक यातना दिई श्रम शोषण गर्ने तथा बेचबिखन गर्ने उद्देश्यले अन्यत्र पठाउने तयारी भइरहेको समयमा युवतीहरुको उद्धार गर्न सफल भएको खनालले बताए ।

नेपाली युवतीहरुलाई झुक्याइ बेचबिखन गर्ने उद्देश्यले लैजाने दुई जना व्यक्तिलाई समेत प्रहरीले पक्राउ गरेको छ। प्रहरीले भारतको छौडादानो बस्ने २५ वर्षीय विकास भन्ने विकेश कुमार र धनुषाको नगराइन नगरपालिका घर भइ हाल छौडादानोमै बस्दै आएकी २४ वर्षिय ममता कुमारी भन्ने अजिमा खातुनलाई पक्राउ गरेको हो।

उनीहरूविरुद्ध मानव बेचबिखन तथा ओसार पसारको मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरी नायव उपरीक्षक खनालले जानकारी दिए। उद्धार गरिएका युवतीहरुलाई अहिले आफन्त नेपाल नामक गैर सरकारी संस्थाको संरक्षणमा राखिएको छ। उनीहरुका अभिभावकलाई टेलिफोनमा सम्पर्क गरेर वीरगन्ज बोलाइएको जानकारी दिँदै प्रहरी नायव उपरीक्षक खनालले अभिभावक आएपछि सबैलाई जिम्मा लगाएर घर पठाइ दिने बताए। 

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: