महादेवा गाउँपालिका-४ परसाही टोलकी एक युवतीको पोखरीमै डुबेर मृत्यु भएको छ । सार्वजनिक पोखरीमा भाडा माझ्न गएकी ३० वर्षीया लक्षनकुमारी सदाको पोखरीमा लडेर मृत्यु भएको हो । अविवाहित रहेकी उनलाई छारे रोग थियो । पानीमा अचानक लडेकी उनको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, तिलाठी कोइलाडी गाउँपालिकामा एक बालिकाको नहरमा डुबेर मृत्यु भएको छ । गाउँपालिकाको वडा नम्बर २ लौनियाकी १२ वर्षीया सबना खातुन घर नजिकैको नहरमा कपडा धुने क्रममा पानीमा डुबेकी थिइन् । त्यही क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको र तीनै जनाको शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।