A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionu4kuek22of93856i45d9p5h6cm04ecek): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

पालिकाले एम्बुलेन्स नदिँदा शिशुको ज्यान गयो

https://annapurnapost.com/news/185326  १० भदौ २०७८

दैलेख : मञ्जु विकको डेढ महिने छोरीलाई अकस्मात श्वासप्रश्वासमा समस्या देखियो। ठाटीकाँध गाउँपालिका–५ तोलीजैसीकी उनले मंगरबार बिहानै छोरीलाई प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रमा पुर्‍याइन्। शिशुको उपचारमा स्वास्थ्यकर्मीले सक्दो प्रयास गरे। स्वास्थ्यमा सुधार नआएपछि दिउँसो २ बजेतिर प्रदेश अस्पताल सुर्खेत रिफर गरियो।

स्वास्थ्य केन्द्रले सुर्खेत रिफर गरेपछि शिशुका आफन्तले एम्बुलेन्सका लागि गाउँपालिकालाई खबर गरे। उनीहरूसँग तत्कालै एम्बुलेन्सको भाडा तिर्न पैसा थिएन। एम्बुलेन्सका लागि गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीलाई आग्रह गर्दासमेत नगद भुक्तानीबिना एम्बुलेन्स पठाउन नसकिने जवाफ पाए। तत्कालै सुर्खेत लैजान नसक्दा निमोनियाले थलिएकी नवजात शिशुको ज्यान गयो। गाउँपालिकाले उधारोमा एम्बुलेन्स दिन अस्वीकार गर्दा शिशु रहिनन्। ठाटीकाँध गाउँपालिकादेखि सुर्खेतसम्मको ११३ किलोमिटर छ। यसका लागि तोकिएको ९ हजार रुपैयाँ नतिरेसम्म गाउँपालिकाले एम्बुलेन्स पठाउन मानेन। 

शिशुलाई झनै गाह्रो भएपछि ठाटीकाँध प्रहरी चौकीको पहलमा मंगलबार राति १०:३० बजे उधारोमै एम्बुलेन्स पठाइयो। तर, प्रदेश अस्पताल सुर्खेत नपुग्दै शिशुको मृत्यु भएको २० वर्षीया मञ्जुले दुखेसो पोखिन्। गाउँपालिका अध्यक्षलाई आग्रह गर्दा पनि एम्बुलेन्स भाडा नगद भुक्तानी नदिएसम्म पठाउन नसकिने भन्दै ढिलाइ गरेकाले शिशुको मृत्यु भएको पीडित परिवारको गुनासो छ।

स्वास्थ्य केन्द्र पुर्‍याइएको दुई घण्टामै रिफर गरेपछि गाउँमा ऋणसमेत नपाएको र अध्यक्ष शाहीको पनि सहयोग नपाएको पीडित पक्षले बताए। ‘गाउँपालिकासँग सहयोग मागेको ८ घण्टापछि प्रहरीको सहयोगमा उधारोमै पठाइएको एम्बुलेन्स प्रदेश अस्पताल पुग्न करिब आधा घण्टा मात्र बाँकी रहँदा सुर्खेतको बड्डीचौरमा बुधबार बिहान साढे ४ बजे शिशुको ज्यान गयो,’ पीडितका आफन्त जीवन विकले भने। ‘गाउँपालिकाले मंगलबार दिउँसो समयमै एम्बुलेन्स पठाइदिएको भए शिशुको ज्यान जोगिन्थ्यो,’ ठाटीकाँध गाउँपालिका–५ तोलीजैसीकी तीतु कामीले भनिन्, ‘परिवारको गरिबी र गाउँपालिकाको असहयोगी व्यवहारले शिशुको मृत्यु भयो।’

ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले गर्भवती र सुत्केरीहरूको हकमा नि:शुल्क एम्बुलेन्स सेवा दिइएको तर अरू बिरामीहरूको हकमा नि:शुल्क गर्न नसकिने भएका कारण एम्बुलेन्स पठाउन नसकेको बताए। ‘पठाउन त उधारोमै पठाइयो। समयमा पठाएको भए शिशुको ज्यान जोगिन्थ्यो होला, अहिले पछुतो लागेको छ,’ अध्यक्ष शाहीले भने।

१८ वर्षको उमेरमा गत दुई वर्षअघि मानबहादुर विकसँग मञ्जुको विवाह भएको थियो। उनले गत असार ३० गते जन्माएको छोरीको नामसमेत जुराउन पाइनन्। उनका श्रीमान् मानबहादुर मजदुरीका शिलशिलामा ६ महिनादेखि भारतको अल्मोडामा छन्। मानबहादुरले पहिलो सन्तान छोरीको मुखसमेत देख्न पाएनन्।

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: