A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionnku3obfgltbvebr24ucte8ut7qmttolk): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

झाँक्रीबाट १५ वर्षीया बालिका बलात्कृत

नेपालगन्जको गणेशपुरमा झारफुक गर्ने काममा संलग्न आफूलाई साइबाबा बताउने ४६ वर्षका एक व्यक्तिले १५ वर्षीया बालिकालाई तीन चार महिनादेखि बलात्कार गरिरहेको घटना सार्वजनिक भएको छ। बिरामी परेकी बालिकालाई झारफुक गर्ने क्रममा ती व्यक्तिले बलात्कार गरेको बाँके प्रहरी प्रमुख अरुण पौडेलले जानकारी दिए। वैशाख महिनादेखि नै साइबाबाले आफूमाथि बलात्कार गर्दै आएको बयान बालिकाले प्रहरी समक्ष दिएकी छिन्। उनले कसैलाई भनेमा जे पनि हुनसक्ने धम्की दिएका कारण अहिलेसम्म घटना गुपचुप राखेको उनले बताएकी छन्। बिहीबार दिउँसो १ बजेतिर बालिकाको योनीबाट धेरै रक्तश्राप भएपछि बालिकाले आफ्नी आमालाई सबै कुरा बताएकी हुन्। घटना थाहा पाए लगत्तै उनका काकाले जिल्ला प्रहरी कार्यालय बाँकेमा किटानी जाहेरी दिएका थिए। उजुरी लगत्तै प्रहरीले अभियुक्तलाई पक्राउ गरेको हो। अभियुक्तलाई शुक्रबार जिल्ला अदालत बाँकेबाट थप अनुसन्धानका लागि पुर्पक्षका लागि थुनामा राखिएको छ। बढैयाताल गाँउपालिकाकी १५ वर्षीया बालिकाको बिहीबार भेरी अञ्चल अस्पताल नेपालगन्जमा स्वास्थ्य परीक्षण र उपचार गरिएको थियो। उनको पेटमा गर्भ भए नभएकोबारे रिपोर्ट आउन बाँकी रहेको पीडितका आफन्तहरुले बताएका छन्। साईबाबाले पटक–पटकको बलात्कारपछि बिहीबार गर्भपतन गराउने सम्बन्धि औषधीसमेत खुवाएको प्रहरी समक्षपीडित बालिकाले बयान दिएका छन्।  

२०७५ भदौ २२ गते ९:०९ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: