A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session8eeglnht2d6ar8uq0sf40ng49i5fmnb3): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

मामाकाकाबाटै असुरक्षा

गोदावरी नगरपालिकाको बाडेगाउँमा सोमबार १० वर्षीया छोरी बलात्कार गरेको आरोपमा २९ वर्षीय बाबु पक्राउ परे। उनले राति आफैंसँग सुताएको र बलात्कार गरेको बालिकाले बताएकी छन्। उनकी हजुरआमाले बाडेगाउँ प्रहरीमा उजुरी दिएकी हुन्। उनलाइ पक्राउ गरी पाँच दिन म्याद थपेर अनुसन्धान भइरहेको सातदोबाटो प्रहरी वृत्तका डीएसपी विनोद सिलवालले जानकारी दिए। ललितपुरमा साउनयता मात्रै सातवटा जबर्जस्ती करणीका घटना दर्ता भएको महानगरीय प्रहरी परिसर जावलाखेलका डीएसपी, नरेन्द्र चन्दले जानकारी दिए। ‘तीमध्ये छवटा घटनामा चिनजानका व्यक्ति संलग्न छन्। एउटामा मात्रै अपरिचित संलग्न छन्’, उनले भने, ‘बालिका र महिला विषेशगरी चिनजानकाबाट धेरै असुरक्षित देखिएका छन्।’ गतवर्ष धापाखेलका ४१ वर्र्षीय मामाले सातदोबाटो बस्ने १५ वर्षकी भान्जीलाई बलात्कार गरे। ती अभियुक्तलाई जिल्ला अदालतको आदेशअनुसार नख्खु कारागार पठाइएको छ। गत चैत ६ गते वाग्मती गाउँपालिका प्युटारकी सातबर्से बालिकालाई काका पर्ने कृष्ण बम्जनले जबर्जस्ती करणी गर्न खोजे। घटनापछि फरार उनलाई पक्राउ गरी चापागाउँ प्रहरी वृत्तमा ल्याइएको थियो। जेठमा ललितपुर सानेपामा एक लिम्बू थरका व्यक्तिले १३ बर्से झड्केली छोरीलाई जबर्जस्ती करणी गरेका थिए। आफूलाई डरत्रास देखाएको र लोभलालचमा पारेर बलात्कार गरेको बालिकाले बताएकी छन्। त्यसपछि अभियुक्तलाई पक्राउ गरियो। बलात्कारका घटनामा हजुरबुबा उमेरका पनि संलग्न देखिएका छन्। गतवर्ष नै महानगरपालिकाको सानोखोकनामा १० वर्षकी नातिनीलाई ८४ वर्षका टेकबहादुर बस्नेतले बलात्कार थिए। बालिकाको जाहेरीका आधारमा ती वृद्धलाई पक्राउ गरियो। र पछि उनी जिल्ला अदालतको आदेशअनुसार १० हजार बिगो तिरी छुटे। उल्लिखित घटनाबाट विशेषगरी बाबु, हजुरबुबा, मामा, काका, दाइलगायत चिनजानका मान्छेबाटै बालिका तथा महिला बलात्कारको सिकार भएको देखिन्छ। चालू आवमा दाजुबाट बहिनी बलात्कृत दुई, प्रेमीबाट एक, बाबुबाट एक, चिनजानका मान्छेबाट दुई र अपरिचितबाट एउटा बलात्कार भएको डीएसपी चन्दले बताए। आव २०७४/७५ को घटना हेर्दा चिनजानका व्यक्तिबाट नै बालिका तथा महिला बलात्कारको सिकार धेरै भएको देखिएको छ। उक्त आवमा २१ वटा बलात्कारका घटना भएका छन्। साथै १७ वटा जबर्जस्ती करणी उद्योग मुद्दा दर्ता भएका छन्। त्यस्तै अपहरणपछि जबर्जस्ती करणी एक र जबर्जस्ती करणी तथा ज्यान मार्ने उद्योगको घटना एउटा छ। गतवर्ष मामाबाट १, दाइ पर्नेबाट दुई, प्रेमीबाट चार, भदैबाट एक, झड्केलो छोरी १, झड्केलो नातिनी १, साथीकी श्रीमती १, एउटै घरमा बस्नेबाट दुई र चिनजानका व्यक्तिबाट पाँच जना बलात्कृत भएका छन्।प्रहरीले बाहिरी शान्तिसुरक्षा हेर्ने गरे पनि घरभित्रका घटनामा संलग्न हुन समस्या हुने बाडेगाउँ प्रहरी प्रभागका इन्स्पेक्टर सञ्जीव खड्काले बताए। ‘जनचेतनाको अभाव र अशिक्षाका कारण यस्ता घटना धेरै भएका छन्’, उनले भने। नयाँ मुलुकी अपराध (संहिता) ऐन २०७४ अनुसार बालिका उमेरअनुसारको सजायँ तोकिएको छ। यस्ता बलात्कारका घटनामा अवस्था र प्रकृति हेरेर १० देखि २० वर्षसम्म सजायको व्यवस्था छ।

२०७५ भदौ २२ गते ९:१७ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: