A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionuv18ap1beiob4jk4dkp76skuv9dftq98): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

तीन वर्षदेखि घरमै बन्धक बनाएर बलात्कार

कोहलपुरकी १३ वर्षीया बालिका तीन वर्षदेखि निरन्तर बलात्कृत हुँदै आएको खुलासा भएको छ। परिवारकै सदस्यलाई यसबारे जानकारी हुँदा पनि उनी निरन्तर बलात्कृत हुँदै आएको खुलासा पीडितका दाजुले गरेका छन्। बहिनी बलात्कारको पीडाले विक्षिप्त भएपछि बल्ल प्रहरीसमक्ष पुगेको दाजुले बताएका छन्। ‘मैले आन्टी ९काकी०लाई पटक-पटक भनेकी थिएँ, काकीले चुप लाग भन्नुभयो। हजुरबुवाले कतै भनिस् भने मार्दिन्छु भन्नुहुन्थ्यो, त्यसैले केही बोलिनँ’, बहिनीको भनाइ उद्धत गर्दै उनले भने। उनी पहिलो पटक १० वर्षकी हुँदा बलात्कृत भएकी थिइन्। नातिनी बलात्कार गर्ने हजुरबुवालाई परिवारका सदस्यहरूले नै संरक्षण गर्दै आएको खुलासा भएको हो। परिवारका अरु सदस्यलाई बलात्कारबारे जानकारी भए पनि आफूलाई धम्क्याएर तर्साएर सार्वजनिक गरे मारिदिने भन्दै जघन्य अपराध दबाउन हजुरबुवाले नै दबाब दिएको पीडित किशोरीको भनाइ छ। आफू १० वर्षको हुँदा २०७२ सालमा हजुरबुवाले पहिलो पटक बलात्कार गरेको र त्यसयता लगातार हजुरबुवाले घरमै बन्धक बनाइ बलात्कार गर्दै आएको उनले बताएकी छन्।

बन्धक बनाएर बलात्कार गरेपछि पीडित मानसिक समस्याग्रस्त भएकी छन्। परिवारले मानसिक समस्याग्रस्त पीडितको भारतमा उपचार गराएको थियो। उनका दाजुले पछि पनि उस्तै समस्या देखिएपछि दाङको अस्पतालमा उपचार गराएका थिए। उपचारलगत्तै पीडित फेरि बर्बराउने, मान्छेलाई झम्टने, न्याय देऊ नत्र आत्महत्या गर्छु भन्ने जस्ता असामान्य व्यवहार देखाउन थालेकी थिइन्। यस्तो व्यवहार हिंसा वा बलात्कारको सिकार भएका व्यक्तिले देखाउने भन्दै स्वाथ्यकर्मीले उनको स्वास्थ्य परीक्षण गरेका थिए। परीक्षणमा उनीमाथि बलात्कार भएको पुष्टि भएको उनका दाजुले बताएका छन्। थप उपचारका लागि भैरहवामा गरिएको स्वास्थ्य परीक्षणमा पनि उनी बलात्कृत भएको पुष्टि भएको थियो। त्यसपछि राजधानीस्थित मानसिक अस्पताल र थापाथलीस्थित प्रसूति अस्पतालमा उपचारका क्रममा पीडितले वास्तविकता बताएकी थिइन्। त्यसलगत्तै मामाघर दाङ फर्किएर हजुरबुवाविरुद्व प्रहरीमा उजुरी गर्ने निर्णय गरेको पीडितका दाजुले बताए। पीडितले इलाका प्रहरी कार्यालयमा गत शुक्रबार उजुरी दर्ता गरेकी थिइन्। प्रहरीले शुक्रबार नै आरोपी हजुरबुवालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको छ। प्रहरीले आइतबार बलात्कार आरोपी हजुरबुवाविरुद्व मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको जनाएको छ।

२०७५ भदौ १९ गते ६:२३ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: