A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session0fl6qtkk652nheqs04but7vkerjv16gh): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

गुल्मीमा शिक्षकको कुटाइबाट विद्यार्थी गम्भीर घाइते

गुल्मीको अर्जै माध्यमिक विद्यालयमा शिक्षक र विद्यार्थीबीच उत्पन्न सामान्य विवादलाई लिएर शिक्षकले विद्यार्थीहरुमाथि कुटपिट गरेका छन् । कुटपिटवाट गम्भीर घाइते भएका एक विद्यार्थीलाई उपचारको लागि लुम्बिनी मेडिकल कलेज, पाल्पामा लगिएको छ । विद्यालयका शिक्षकहरु खुमलाल पन्थी र हिमाल घर्तीले विद्यार्थीहरु माथि कुटपिट गरी बिद्यार्थीहरुलाई घाइते बनाएको अभिभावकहरुले बताएका छन् । कुटपिटबाट गम्भीर घाइते भएका कक्षा १० मा अध्यनरत विद्यार्थी नविन अर्यालको अहिले भइरहेको छ । अर्यालको शरीरका विभिन्न भागमा निल डामहरु रहेको र टाउकोको बाहिरी भागमा चोट नदेखिए पनि भित्री भागमा केही असर पुगेको बताइएको छ । घाइते विद्यार्थीलाई मंगलबार राति नै एम्बुलेन्समा  राखेर मार्फत प्रधानाध्यापक कमल प्रसाद अर्याल र घाइतेका बुवा बलराम अर्यालले उपचारका लागि पाल्पा लगेका हुन् । बुधवारदेखि सदरमुकाम तम्घासमा संचालनहुनलागेको अनेरास्ववियू फुटवल कप २०७५ मा भाग लिन त्यस विद्यालयका विद्यार्थीहरु सदरमुकाम तम्घास जान पाउनु पर्ने र सम्पूर्ण विद्यार्थीहरुको सबै खर्च विद्यालयले व्यहोर्नु पर्ने मागको विषयलाई लिएर विद्यालय प्रशासन र विद्यार्थीहरुबीच विवाद उत्पन्न भएको बताइएको छ । शिक्षक र विद्यार्थी बीच उत्पन्न विवादले चर्को रुप लिन थालेपछि विद्यालयले मंगलवार विद्यार्थीका अभिभावकहरुलाई पत्र काटेर छलफलका लागि बोलाएको र अभिभावकहरु छलफलका लागि विद्यालय नपुग्दै विद्यार्थीहरुलाई प्रार्थना सकिएलगत्तै शिक्षकहरुले कुटपिट गरेर कक्षाकोठामा थुनेको अभिभावक संघका सदस्य तेज नारायण अर्यालले बताउनुभयो।प्रधानाध्यापक कमल प्रसाद अर्यालले विद्यार्थीहरुलाई सम्झाइ बुझाई गरेर समस्याको समाधान गर्ने भन्दापनि उनीहरुलाई पिटेर तह लगाउनु पर्छ भन्ने गलत मान्यताको विकासका कारण घटना घट्न पुगेको बताउनु भयो । उहाँ अहिले आफू घाइते विद्यार्थीसँगै अस्पतालमा रहेको र डाक्टरहरुले उनीहरुकोे अवस्था खतरामुक्त रहेकोे जानकारी पाएको बताउनुभयो । घटनाको जानकारी पाएपछि विद्यालय व्यवस्थापनका अध्यक्ष देविराम अर्यालले विद्यालयमा विद्यार्थीहरुमाथि शिक्षकहरुले कुटपिट गर्नु गलत भएको भन्दै अहिले आफू घाइते विद्यार्थीको अवस्थाको बारेमा जानकारी लिन बुटवलवाट पाल्पा जाँदै गरेको  बताउनुभयो । शिक्षकले विद्यार्थीहरुलाई कुटपिट गर्नु गलत भएको भन्दै अन्य विद्यार्थीका अभिभावकहरुसमेत शिक्षकहरु प्रति थप आक्रोशित बनेका छन् । 

२०७५ भदौ २० गते १:३८ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: