समाचारमा बालबालिका

थापाथलीमा नवजात शिशुको शव फेला

काठमाडौंको थापाथलीमा नवजात शिशुको शव फेला परेको छ । सुकुम्बासी बस्ती नजिकै खेलाको छेउमा बिहीबार नवजात शिशुको शव फेला परेको महानगरीय प्रहरी वृत सिंहदरबारका सइ चक्र पुजाराले जानकारी दिए । अन्दाजी एक महिनाको जस्तो देखिने बालकको शव फेला परेको उनले जानकारी दिए । थप अनुसन्धानका  लागि  प्रहरी टोली घटनास्थल पुग्दै गरेको उनले बताए । 

२०७५ भदौ २१ गते ११:५६ मा प्रकाशित