समाचारमा बालबालिका

चट्याङले बालकको मृत्यु, दुई जना घाइते

मकवानपुरका छुट्टाछुट्टै स्थानमा बिहीबार पानी र हावाहुरीसँगै परेको चट्याङ लागेर एक बालकको मृत्यु भएको छ । २ जना घाइते भएका छन् । हेटौडा उपमहानगपालिका–१३ पदमपोखरीमा चट्याङ पर्दा ११ वर्षीय बाालक रोजन लामाको मृत्यु भएको छ। उनी आफ्नै घरको आगनमा खेलिरहेको अवस्थामा चट्याङ लागेर घाइते भएका थिए। उपचारको क्रममा चुरेहिल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। यसैगरी चट्याङ लागेर बकैया गाउँपालिका–११ ठिँगनामा ३७ वर्षीय कृष्णलाल स्याङ्तान र हेटौडा उपमहानगरपालिका ७ की ४० वर्षीया सावित्री लुईटेल घाइते भएका छन्। लुईटेल खाना पकाउन लाग्दा चट्याङ लागेको थियो। स्याङ्तान र लुईटेलको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ। उनीहरुको अवस्था सामान्य रहेको हेटौंडा अस्पतालले जनाएको छ। 

२०७५ भदौ २१ गते १:१० मा प्रकाशित