A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionueup3dep6nhnglmbet7ku5ej24pl5n9a): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

कोठामा पुर्यालइदिन्छु भन्दै साहुले गरे किशोरी बलात्कार

काभ्रेको तेमाल गाउँपालिका-१ स्थित गत असार २० गते ९ वर्षीया बालिकाको बलात्कार पछि हत्याको घटना सेलाउन नपाउदै पुनः बनेपामा आइतबार बेलुकी १७ वर्षीया किशोरी बलात्कृत भएकी छिन्। आफूले काम गर्दै आएको होटल साहुले नै कोठमा पुर्‍याइदिने भन्दै किशोरीलाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। आइतबार दिउँसो बनेपास्थित होटलमा काम सकेर साँझ दिदीको कोठामा फर्कने क्रममा बलात्कृत भएकी हुन्। खोटाङ घर भई हाल बनेपामा बस्दै आएकी १७ वर्षीया (ममता) नाम परिवर्तनलाई धुलिखेल ११ का रामशरण हुमगाईले कोठामा लगेर जबरजस्ती करणी गरेको ईलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक सुनिलजंग शाहाले जानकारी दिए। उनका अनुसार एक हप्ता अधिदेखि होटलमा काम सुरु गरेकी उनलाई साँझ ७ बजे कोठामा पुर्‍यादिने भनेर आफ्नो कोठामा लगि जबरजस्ती करणी गरेको किशोरीले दिएको जाहेरीमा उल्लेख छ। आरोपित हुमगाईलाई प्रहरीले अनुसन्धानका लागि जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थुनामा राखिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दिपक गिरिले जानकारी दिए। जिल्लामा पछिल्लो समय बलात्कारका घटना बढ्दै गएका छन्। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार आर्थिक वर्ष २०७२/०७३ मा जबरजस्ती करणीका घटना १७ र जबरजस्तीको प्रयासमा १० वटा घटना भएका थिए। भने आव ०७३/०७४ मा जबरजस्ती करण १७ र प्रयासका १२ घटना भएका थिए। भने आव २०७४/०७५ मा सो संख्या बढेर जबरजस्ती करणका २७ र प्रयासका १५ घटना घटेका थिए। जबरजस्ती करणीजन्य अपराधका घटना बढ्नुको मुख्य कारण अधिक मात्रामा मदिरा तथा लागूपदार्थ सेवन, सूचना प्रविधिको दगलत प्रयोग,लोभलाच, गरिबी, करकाप, अशिक्षा, सामाजिक सुरक्षाको अभाव, कारण घटना हुने गरेका जिल्ला प्रहरी प्रमुख एसपी रविराज खड्काले बताए।एसपी खड्काले भने, नियन्त्रणका लागि हामीले जनचेतना, सञ्चार माध्ययमबाट सूचना प्रकाशनरप्रशारण र विद्यालय स्तरमा सचेतनामुलक कार्यक्रम सञ्चालन गर्दे आएका छौ।

२०७५ भदौ १९ गते २:३१ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: