A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionsgigjd8njg616fao5ielfkkdikqq3f3g): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बाल विवाह विरुद्ध सचेतनामुलक अभियान

बाल विवाह नियन्त्रणका लागि खोटाङको रावाबेँसी गाउँपालिकामा सचेतनामुलक अभियान थालिएको छ। बढ्दो बाल विवाह नियन्त्रणका लागि स्थानीय रावाबेँसी बाल क्लवले नाटक, चित्रकला, बक्तृत्वकला लगायतका क्रियाकलाप सुरु गरेको हो। बाल विवाहका कारण हुने शारीरिक, सामाजिक, मानसिक, आर्थिक, शैक्षिक लगायतका असर न्यूनीकरणका लागि बाल विवाह बिरुद्धको अभियान थालिएको क्लवका अध्यक्ष सुवास अधिकारीले बताए। विद्यालय तहमा अध्ययन गरिरहेका कतिपय किशोर किशोरी उमेर नपुग्दै विवाह बन्धनमा बाँधिने गरेको पाइएपछि विभिन्न संघसंस्थासँगको सहकार्यमा गाउँपालिकाका ६ वटै वडामा सचेतनामुलक अभियान थालिएको क्लवले जनाएको छ। सचेतनामुलक अभियान मार्फत बालवालिकाको हकहित तथा अधिकार, बाल विवाहका कारण महिला तथा बच्चाको स्वास्थ्यमा पर्ने शारीरिक असर, प्रजनन स्वास्थ्य, बाल विवाहका कानूनी सजाय लगायतका विषयमा जानकारी दिने गरिएको छ। बाल विवाहका नकरात्मक असरका विषयमा जानकारी दिँदै बाल विवाह रोक्नमा अभिभाबकबाट प्रतिवद्धता समेत जुटाउने गरिएको कार्यक्रम संयोजक बिरेन्द्र मगरले बताए। बाल विवाह बिरुद्धको अभियान सञ्चालनका लागि रावाबेँसी गाउँपालिकाले ५ लाख बजेट विनियोजन गरेको छ। जिल्ला जनस्वास्थ्य कार्यालय खोटाङले हालै जिल्लाका १५ वडामा गरेको सर्वेक्षणमा ३० प्रतिशत किशोर किशोरीको २० वर्ष नपुग्दै विवाह हुने गरेको तथ्या फेला परेको जनाएको छ। विभिन्न कारणले बाबुआमा बिहिन बनेका,परिवारमा बढि स्वतन्त्रता पाएका वा बढि कडाई गरिएका, मोबाईलको दुरुपयोग, अभिभाबक सोझोसिधा हुनु,पढाईमा कमजोर हुनु, परिक्षामा अनुत्तिर्ण हुनु लगायतका कारण किशोर किशोरीले चाँडो विवाह गर्नेगरेको अध्ययनले देखाएको छ। 

२०७५ भदौ २३ गते ७:१४ मा प्रकाशित

 

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: