समाचारमा बालबालिका

अरिङगालले टोक्दा एक बालिकाको मृत्यु, दुई घाइते

अरिङगालको टोकाइबाट सोमबार एक बालिकाको मृत्यु भएको छ । दुई घाइते भएका छन् । अरिङगालको टोकाइबाट पाटन नगरपालिका–४ चिल्लेपानीमा तीन वर्षीया सम्झना लुहारको मृत्यु भएको हो। बारीमा मकै भाचिँरहेका बेला आमाबुवासँगै गएकी उनलाई अरिङ्गालले टोकेको हो। घाइते हुनेमा पाँच वर्षीया दीपा लुहार र नौ वर्षीय जगदीश लुहार रहेको स्थानीय राजेन्द्र विष्टले बताए । 

२०७५ भदौ १९ गते ८:३० मा प्रकाशित