A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionqq8mdhj86g50prid7poalkkuomco9sa5): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

नेपाली बालक तस्करीको आरोपमा कोरियन गायिका पक्राउ

नेपाली बच्चा तस्करीको आरोपमा कोरियन गायिका पक्राउ परेकी छिन् । नेपाली बच्चालाई आफ्नो बच्चा भन्दै कोरिया लैजान लागेकी ४३ वर्षीया नारा किन पक्राउ परेकी हुन् । पोखरा बस्ने एक गरिब नेपालीदम्पतीको १४ महिनाको बच्चालाई उनले आफ्नो बच्चा भन्दै कोरिया लैजाने प्रयास गरेकी थिइन् । कोरियाको पासपोर्ट बनाएर भिसाका लागि अध्यागमन विभाग पुगेपछि रहस्य खुलेको हो । यसमा संगठित समूह नै छ कि भन्ने हाम्रो आशंका छ, केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का एसपी सुदीप गिरीले भने, ‘नक्कली कागजपत्रका आधारमा नेपाली बच्चालाई उनले आफ्नो बच्चा बनाएर पासपोर्ट बनाएकी छिन् ।’ काठमाडौंस्थित कोरियन दूतावासले नक्कली कागजपत्रकै आधारमा पासपोर्ट बनाइदिएको थियो । 

अस्पतालमा बच्चा जन्माएको भन्दै कागजपत्र तयार
पोखराको एक अस्पतालमा बच्चा जन्माएको भनेर उनले नक्कली कागजपत्र बनाएको अनुसन्धानमा खुलेको छ । ‘प्रसूतिसम्बन्धी सेवा नै नभएको अस्पतालमा बच्चा जन्मिएको कागज बनाएको देखिन्छ,’ अनुसन्धानमा आबद्ध सिआइबीका एक अधिकारीले भने, ‘त्यसैका आधारमा पोखरा महानगरपालिकाका उपसचिवले उनी कोरियनकै बच्चा भनेर सिफारिस गरेका छन् ।नक्कली कागजपत्र बनाएर बच्चा तस्करी गर्न उनलाई सघाउने गिरोहमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ । किन भिसाका लागि पटक–पटक अध्यागमन विभाग पुगेकी थिइन् । तर, विभागले शंका लागेर भिसा दिएन । पछि उनी बच्चा छाडेर कोरिया जान लागेकी थिइन् । विमानस्थलस्थित अध्यागमन कार्यालयले शंका लागेर अध्यागमन विभागमा फर्काइदिएको थियो । विभागमा सोधपुछका क्रममा सो बच्चा आफ्नो नभएको स्वीकार गरेपछि कारबाहीका लागि प्रहरीमा पठाइएको अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले बताए । प्रहरीले बच्चाका वास्तविक आमाबुबालाईसमेत भेटिसकेको छ । आफूहरूको आर्थिक अवस्था कमजोर रहेको र कोरियन महिलाले लगेर पढाउने बताएपछि लैजान दिएको उनीहरूले बताएका छन् । पक्राउ परेकी कोरियनविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा कारबाही अघि बढाइएको सिआइबीका एसपी गिरीले बताए।

२०७६ बैशाख ३० गते ७:३६ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: