A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiond26jv5jngk7j91jo6rq7kubpv8n2iniu): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

३ वर्षमा १६३ बालविवाह

मुक्त हलिया परिवारकी रूपा कोली झट्ट हेर्दा पाको उमेरकीझैं लाग्छिन् । चैतमा मात्र उनको उमेर २० वर्ष पुग्यो । खस्रो गाला र दुब्लो ज्यानकी उनी दिपायल सिलगढी नगरपालिका ७ उडीतोलास्थित घरमा शनिबार साँझ ८ महिनाकी छोरीलाई दूध चुसाउँदै थिइन् । छेउमै दुई वर्षको छोरा खेलिरहेका थिए । सरकारले उपलब्ध गराएको हलिया पुनःस्थापना कार्यक्रम अन्तर्गत ५ लाख २५ हजार रुपैयाँबाट सानो जस्तापाताको घर बनाएर उनका श्रीमान् भारत पसेका छन् । कलिलै उमेरमा २ सन्तानकी आमा भएकी रूपालाई बालविवाहले हाँस्ने, खेल्ने उमेर सकिएको पत्तै मिलेको छैन । आमाबुवाले सानैमा बिहे गरिदिए, उहाँहरूको बोझ बनेर माइत बस्नु छोरीको धर्म होइनु, छोरासँगै छोरीलाई काखीमा च्यापेर उनले भनिन्, हाम्रातिर मेरोमात्र होइन, सबैको यही उमेरमा बिहे हुने भएकाले कुनै अनौठो लाग्दैन । उनकै घरछेउमा बस्छिन्, मन्नी कोली । उनी २४ वर्षकी भइन् । कलिलै उमेरमा उनका ३ सन्तान भइसकेका छन् । जेठी छोरी ५ वर्षकी भइसकी । सरकारको सहयोगबाट घर र जग्गा मिले पनि ३ सन्तान पाल्नश्रीमान्लाई भारत पठाएको व्यथा उनले सुनाइन् । आफूहरूको समुदायमा बालविवाहका कारण परेका असरहरूबारे जानकारी भए पनि त्यसलाई सहेर जीवनयापन गर्नु उनी आफ्नो कर्तव्य सम्झन्छिन् । ुहामी ८ भाइबहिनी थियौं, गरिब र वृद्ध आमाबुवाले सबैलाई पाल्न सम्भव पनि छैनु मन्नीले भनिन्, महिनावारी भएपछि छोरीलाई विवाहका लागि तयारी भइहाल्छ, आमाबुवाको विपत् देखेपछि बिहे गर्नुपर्ने छोरीमान्छेको नैतिकता नै भइहाल्छ । सुदूरपश्चिममा बालविवाह अझै पनि कायम छ । विशेषगरी गरिब, विपन्न र शिक्षाबाट वञ्चित रहेका परिवारमा बालविवाह बढ्दै गएको छ । सामुदायिक विकास केन्द्र नामक एक गैरसरकारी संस्थाको सहयोगमा दिपायल सिलगढी नगरपालिका ८ का जनप्रतिनिधिहरूले गरेको एक सर्वेक्षणबाट यो पुष्टि हुन्छ । वडाध्यक्ष रामबहादुर खड्काका अनुसार बालविवाह घट्नुको साटो बढ्दै गएको तथ्यांक आफूहरूले फेला पारेको बताए । उनले ३ वर्षको अवधिमा १ सय ६३ वटा बालविवाह भएको बताए । जिल्ला सदरमुकाम नजिकै रहेको उक्त वडामा बालविवाह ३ वर्षदेखि क्रमशः उकालो लागिरहेको छ ।सर्वेक्षण अनुसार ०७३ मा ३८, ०७४ मा ५६ र ०७५ सालमा ६९ जनाको बालविवाह भएको छ । सर्वेक्षणमा सहयोग गर्दै आएको सामुदायिक विकास केन्द्रका सामुदायिक विकास परियोजना जिल्ला संयोजक एकराज बडूले भने, बालविवाहको अवस्था चिन्ताजनक छ, प्रत्येक वर्ष बढ्दै छ, बालबिहेलाई समाजले पनि मौन स्वीकृत दिएको देखिन्छ ।२०७३ वैशाखदेखि ०७५ चैतसम्म १ सय ३३ जना बालिका र २७ जना बालकले बालविवाह गरेका छन् । जिल्ला संयोजक बडूले भने, विवाह गर्ने १४ देखि १९ वर्षका धेरै छन्, बालविवाह पारिवारिक परिस्थिति, सामाजिक संजाल तथा सूचना प्रविधिहरूको दुरुपयोग मुख्य रहेको सर्भेक्षणमादेखिएको छ । वडाध्यक्ष खड्काले ४ वर्षभित्र बालविवाहलाई निरुत्साहित हुने गरी प्रभावकारी योजना ल्याउने बताए । यस्तो बालविवाहले आमा तथा सन्तानहरूको शारीरिक अवस्था कमजोर बनाउने गरेको छ । बढी सन्तान जन्माउँदा पाठेघर खस्ने, बिभिन्न रोगहरूले संक्रमण हुने, शरीर कमजोर हुने गरेका छन् । दिपायल सिलगढी नगरपालिकाका सामाजिक विकास अधिकृत रमेश जोशीले नगरको वडा नम्बर ९ मा सय जना जति बालबालिकामा गरेको अर्को एक सर्वेक्षणमा २० प्रतिशत अभिभावकहरूका ७ सन्तान रहेको भेटिएको छ । ५० प्रतिशत दम्पतीको ४ देखि ६ जना र ३० प्रतिशतको ३ जनासम्म सन्तान रहेको तथ्यांक फेला परेको सामाजिक विकास अधिकृत जोशीले बताए । उनले बालविवाह गर्ने दम्पतीकाबढी सन्तान जन्मिने गरेको जानकारी दिए।

२०७६ बैशाख २९ गते ९:२५ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: