A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionuv18ap1beiob4jk4dkp76skuv9dftq98): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

सात जना बालक पक्राउ

पाँच दिनअघि इनरुवा वडा नं. २ स्थित बालमन्दिर माध्यमिक विद्यालयको मूलगेटको ताला फोडेर कम्प्युटर कक्ष र लेखापाल कक्षको सामान चोरी भयो। तीन दिनअघि इनरुवा वडा नं. १ स्थित टेम्पो स्टेण्ड नजिकै चाँदनी आधारभूत विद्यालयको कार्यालय पनि तोडफोड गरी सामान चोरी गरेर केहीमा आगजनीसमेत गरेको भेटियो। विद्यालयमा यसरी शृंखलाबद्ध रुपमा चोरी हुने क्रम बढेसँगै प्रहरीले गम्भीर अनुसन्धान थाल्यो। अन्ततः चोरी गरेको आरोपमा सात जना बालकलाई पक्राउ गरेर अनुसन्धान थालेको छ। प्रहरीले इनरुवा नगरपालिका र गढी गाउँपालिका क्षेत्रका बालकलाई पक्राउ गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय सुुनसरीले जनायो। सातै जना बालकलाई प्रहरीले अदालतबाट पाँच दिने म्याद थपेर अनुसन्धान थालेको हो। पक्राउ पर्ने बालकको साथबाट विभिन्न सामानसमेत बरामद गरेको छ। जसमा एलसिडी, साउन्ड बक्स, थर्मस,  राइस कुकर, सानो हुफर, घडी, सानो एफएम, मल्टिप्लक, दाउ, चक्कु, चर्ट लाइट, रिमोटलगायतका सामग्री प्रहरीले बरामद गरेको छ। यसरी एकपछि अर्को फौजदारी अपराधका घटनामा बालबालिकाको संख्या बढ्दो  छ। बालबालिका नै अपराधमा संलग्न हुनुको कारणमा आपराधिक मनोवृत्तिका व्यक्तिको संगत नै मुख्य भएको प्रहरीले जनायो।

साउनयता ४९ जनाविरुद्ध मुद्दा दर्ता

प्रहरीको आँकडाअनुसार चालु आर्थिक वर्षको साउनदेखि वैशाख २८ गतेसम्म सुनसरीभर ४९ जना बालबालिकाविरुद्ध मुद्दा दर्ता गरिएको छ। इटहरी क्षेत्रबाट १५ जना बालबालिका पक्राउ परेका छन्। यस्तै, धरान प्रहरीले पक्राउ गरी १० जना बालक र एक जना बालिकाविरुद्ध मुद्दा चलाएको छ। धरानले पक्राउ गरी मुद्दा चलाएकामध्ये सवैभन्दा बढी ज्यान मार्ने उद्योगमा छन्। जिल्ला प्रहरी कार्यालय इनरुवाले १६ जना बालकविरुद्ध मुद्दा चलाएको छ। इनरुवाले मुद्दा चलाएका अधिकतर बालबालिका चोरीमा संलगन रहेको प्रहरी निरीक्षक सुभेष अधिकारीले जनाए। दुहवी प्रहरीले साउनयता पाँच जनाविरुद्ध मुद्दा चलाएकोमा तीन जनालाई सुधार गृहमा राखिएको छ भने अरु दुई जना छुटिसकेका छन्। सुधार गृहमा राखिएकामध्ये एक जना मोटरसाइकल चोरी र दुई  जनालाई जबरजस्ती करणी मुद्दा चलाइएको हो। छुटेका दुवै जना लागुऔषध सेवनकर्ता हुन्। प्रहरीले अपराधमा संलग्नमध्येका बालबालिकालाई ज्यान मार्ने उद्योग, जबरजस्ती करणी, करणी उद्योग, केही सार्वजनिक अपराध, लागुऔषधलगातमा मुद्दा चलाएको छ। मुद्दा चलाएका बालबालिकालाई सुधारगृहमा राखेर कारबाही गरिएको जानकारी दिइयो।

२०७६ बैशाख २९ गते ११:३० मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: