समाचारमा बालबालिका

शान्तिनगर बालिका बलात्कार प्रकरण :फरार आरोपी पक्राउ

सात वर्षीया बालिका बलात्कारका आरोपित अन्ततः महेन्द्रनगरको बसपार्कबाट पक्राउ परेका छन् । शान्तिनगरको मिलीजुली चोक घर भएका राजु खरेलमाथि घरमा काम गर्ने महिलाकी सात वर्षीया छोरी बलात्कारको आरोप लागेको छ ।खरेल विरुद्ध १८ वैशाखमा बालिकाकी आमाले महानगरीय प्रहरी वृत्त बानेश्वरमा किटानी जाहेरी दिएकी थिइन्। जुरी परे लगत्तै खरेल फरार रहेका थिए। प्रहरीले पछिल्लो एक साता यता उनलाई खोजीरहेपनि उनी झुक्काउँदै हिँडिरहेका थिए। नेपाल प्रहरीमा असई रहेका खरेल द्वन्द्वकालमा भगौडा बनेका थिए। घरमा काम गर्ने महिला छतमा कपडा धुने समय पारेर उनले सात वर्षीया बालिकालाई चकलेटको प्रलोभनमा बलात्कार गरेको बालिकाकी आमाको आरोप छ। उजुरी लगत्तै प्रहरीले बालिकालाई परोपकार प्रसूति गृहमा स्वास्थ्य परीक्षण गरेको थियो। स्रोतका अनुसार बालिकाको योनीमा केही पुरानो घाउ देखिन्छ।

२०७६ बैशाख ३० गते ३:४६ मा प्रकाशित