A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session572cb3co34obh7acsgppn2m8785iih64): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

रोल्पाली किशोर-किशोरीको इँटा यात्रा

रोल्पा, माडी गाउँपालिका-५ का १६ वर्षीय महेश डाँगी कक्षा ६ मा अध्ययन गर्छन्। यही चैतमा परीक्षा सकेर केही समय रोजगारीका लागि उनी राजधानी छिरे। उनले भक्तपुरको इँटाभट्टामा एक महिना काम गरी ३० हजारभन्दा बढी आम्दानी गरे। गाउँमा अरू काम नपाइने भएकाले सिजनका बेला उनी इँटा बोक्न राजधानी आएका हुन्। उनका बुवा गणेश डाँगी रोजगारकै सिलसिलामा साउदीमा छन्। ‘केही पैसाले किनमेल गर्छु, बाँकी पैसाले घरखर्च धान्न सजिलो हुन्छ’, उनले भने। पढाइ सुरु भएकाले महेश गाउँ फर्किसकेका छन्। रोल्पा, भावाङकी गंगा केसी श्री बागेश्वरी निम्न माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययन गर्छिन्। उनी पनि परीक्षा सकेर इँटा बोक्न राजधानी आइन्। घरमै बस्नुभन्दा बिदाको समयमा काम गर्दा थोरै मात्र भए पनि पैसा देख्न पाएकोमा दंग छिन्। उनले यहाँ कमाएको पैसाले पढाइ खर्चमा सजिलो हुने सुनाइन्। रोल्पाकै सुम्मिना बाँठा पनि एसएलसी दिएर इँटा बोक्न राजधानी आएकी थिइन्। उनले परीक्षा सकेर खाली बस्नुभन्दा कमाइ हुने रहरले काठमाडौं आएकी बताइन्। भन्छिन्, ‘एक महिनामात्रै काम गर्दा पनि ३५ हजार कमाइ भएको छ, यसले प्लस टु को पढाइ खर्च पुग्छ।’महेश, गंगा र सुम्मिना मात्र होइनस रोल्पाका अधिकांश विद्यार्थी सिजनका बेला कमाउन भक्तपुरको इँटा उद्योगमा आउने गर्छन्। उनीहरूले थोरै समय भए पनि रोजगारी गरेर पढाइ खर्च जुटाउनुका साथै परिवारलाई राहत दिइरहेका छन्। विद्यार्थी मात्र होइन, इँटा बनाउने सिजनका बेला रोजगारीकै लागि रोल्पाबाट इँटा बोक्नका लागि आउनेको लर्को लाग्छ। कोही ससाना बच्चासहित श्रीमान् श्रीमतीसमेत आउँछन्।

रोल्पा दुईखोली गाउँपालिकाकी जया खड्का गत माघदेखि हनुमानतीन इँटा उद्योगमा काम गर्दैछिन्। उनले यसपालि तीन लाख ५० हजार इँटा बोकेकी छन्। ‘अझैसम्म रेट नतोकेकाले पैसा कति पाइने भन्ने टुंगो छैन’, उनले भनिन्। उनले गत वर्ष डेढ लाख रुपैयाँ कमाइ गरेकी थिइन्। यसपालि दुई लाख रुपैयाँभन्दा बढी कमाइ हुने उनको अपेक्षा छ। जयाका बुवाले आमालाई छाडेर अर्कै केटीसँग बिहे गरेर परिवारको हेरचाह गर्न छोडेपछि जयाको काँधमा परिवारको जिम्मेवारी थपियो। उनले सिजनमा इँटा बोकेर र अरू बेला आमालाई घरायसी काममा सघाउँदै भाइबहिनीलाई पढाउँदै आएकी छन्। भावाङकी माया केसी गत पुसदेखि नै इँटा उद्योगमा काम गर्न आएकी थिइन्। उनले तीन लाखभन्दा बढी इँटा बोकेकी छन्। उनका बुवा वैदेशिक रोजगारीमा गए पनि घरमा पैसा पठाउँदैनन्। ‘बुवा विदेशमा बस्न थालेको वर्षौं भए पनि एक सुको पठाउनुभएको छैन, सिजनमा कमाएको पैसाले आमालाई घरखर्च चलाउन सजिलो भएको छ’, उनले भनिन्। उनले दुईतीन वर्षदेखि सिजनका बेला इँटा बोक्ने काम गर्दै आएकी छन्। रोल्पाकी भीमकुमारी डाँगीले विगत १० वर्षदेखि केपी इँटा उद्योगमा नाइकेको रूपमा काम गर्दै आएकी छन्। सिजनका बेला इँटा बोक्ने, कामदार ल्याउने र उनीहरूको कामको अनुगमन गर्छिन् उनी। सिजनमा काम गर्नेले डेढ लाख रुपैयाँसम्म सजिलै कमाउन सक्ने उनले सुनाइन्। भन्छिन्, ‘यहाँ दुस्ख पनि छ, पैसा पनि छ।’ विदेशभन्दा स्वदेशमै सिजनका काम गर्दा फाइदा हुने उनको अनुभव छ। ‘घरायसी काममा पैसा हात पर्दैन, तर यहाँ काम गर्न आउँदा सबै खुसी देखिन्छन्’, उनले भनिन्। सिजनका बेला केपी इँटा उद्योगमा पाँच सयदेखि हजार जनासम्म कामदार हुन्छन्। भक्तपुरका ताथली, सुडाल, बागेश्वरी, सिपाडोल, नंखेल, झौखेल, चाँगु, दुवाकोट, छालिङ लगायतका क्षेत्रमा ६६ वटा इँटा उद्योग सञ्चालन छन्। कम्तीमा पनि एउटा उद्योगमा औसतमा चार पाँच सय जनाले काम गर्छन्। इँटा उद्योगमा एक जनाले बिहानैदेखि रात नपरेसम्म एक दिनमा एक सय खेपसम्म इँटा बोक्न सक्छन्। एक खेपमा ३२ देखि ३६ वटासम्म इँटा ओसार्छन्। भक्तपुरका इँटा उद्योगमा रोल्पा, दाङ, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलगायतबाट काम गर्न आउँछन्। पुसमाघदेखि सिजन सुरु भई वैशाखसम्म काम हुन्छ।

आवासको समस्या

इँटा उद्योगमा काम गरेर चित्तबुझ्दो आम्दानी हुने गरे पनि कामदारलाई भने आवासको समस्या हुने गरेको छ। इँटा उद्योगहरूले कामदारका लागि बस्ने आवासको व्यवस्था गर्न नसक्दा समस्या पर्ने गरेको हो। इँटा उद्योगमा काम गर्न आउनेको संख्या बर्सेनि बढ्दै गए पनि अस्थायी बासका कारण उनीहरू समस्यामा पर्ने गर्छन्। सामूहिक आवासको व्यवस्था हुन सके सजिलो हुने नाइके डाँगी बताउँछिन्। ‘हामीलाई सबभन्दा दुस्ख आवासकै छ, अस्थायी संरचना बनाएर बस्नुपर्ने बाध्यता छ’, उनले भनिन्। केपी इँटा उद्योगका सञ्चालक राम अवाल करिब चार महिनामात्र उद्योग सञ्चालन हुने भएकाले आवासको व्यवस्था गर्न नसकिएको बताउँछन्। ‘वर्षैभरि चल्ने भए व्यवस्थित गर्न सकिन्थ्यो, अहिले त्यतातिर हाम्रो ध्यान पुगेको छैन’, उनले भने। कामदारले आफ्नो काम गर्ने क्षेत्रमै टहरा बनाएर गुजारा काट्ने गर्छन्। चारपाँच महिनामात्र काम हुने भएकाले आवासको व्यवस्था गर्न नसकिने इँटा व्यवसायी संघका अध्यक्ष नातिभाइ हुम्दा बताउँछन्। इँटा बोक्न बालबच्चासहित परिवार नै आउने गर्छन्। उनीहरूले पनि इँटा बोक्न आमाबुवालाई सघाउँछन्। पछिल्लो समयमा इँटा उद्योगहरूले शिशु स्याहार केन्द्र स्थापना गरेका छन्। केपी इँटा उद्योगका सञ्चालक राम अवालले शिशु स्याहार केन्द्र स्थापना गरिएको जानकारी दिए। केन्द्रमा सिजनका बेला ४० देखि ५० जना बालबालिका बस्ने गरेको उनले जानकारी दिए। स्याहार केन्द्रले कापी, कलम, खेलौना लगायतका सामग्री उपलब्ध गराउँछ।

हट्दै प्रदूषण

पछिल्लो दुई वर्षयता इँटा व्यवसायीहरूले प्रविधियुक्त चिम्नी प्रयोग गर्न थालेका छन्। यसले प्रदूषण हट्दै गएको इँटा व्यवसायी संघले जनाएको छ। मोबिन चिम्नी (घुमिरहने), फिक्स चिम्नी हुँदै फ्यानबाट चलाउन थालेपछि प्रदूषण घट्दै गएको संघको दाबी छ। संघका अध्यक्ष नातिभाइ होम्दाले चिम्नीमा नयाँ प्रविधि भित्र्याएकाले प्रदूषणको समस्या नभएको बताउँछन्। उनले दुई वर्षअघि देशभरकै इँटा उद्योगी तथा व्यवसायीहरूलाई बोलाएर प्रविधिमैत्री चिम्नीको बारेमा प्रशिक्षण दिएको बताउँछन्। ‘पछिल्लो समयमा मानव स्वास्थ्यलाई ध्यानमा राखेर सबै इँटाभट्टाले आधुनिक प्रविधिको चिम्नी राखेका छन्, अहिले भक्तपुरका इँटाभट्टामा प्रदूषणको समस्या छैन’, उनले भने। तर, चिकित्सकहरूका अनुसार इँटाभट्टाबाट निस्कने धुवाँ धुलोले दम, खोकी तथा छाती, फोक्सो, मुटु र टाउकोको रोग लाग्नसक्ने बताउँछन्। सरकारी नियमअनुसार विद्यालय र बस्तीबाट तीन किलोमिटर टाढा इँटाभट्टा हुनुपर्ने प्रावधान भए पनि अधिकांश इँटाभट्टा मानवबस्ती र विद्यालय नजिकै सञ्चालित छन्। यसले मानिससँगै कृषि, पशुपालन व्यवसायमा समेत नराम्रो असर परेको छ।

२०७५ जेठ १८ गते १२:०३ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: