A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionsp2ncv079fhr9j1hk5m5psjdusdjkhv7): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

विद्यार्थीको टाउकोमा असर

शिक्षक यातनाले बेहोस बनेकी स्वस्तिका कार्कीको टाउकोमा गहिरो असर देखिएको छ । शिक्षण अस्पताल, काठमाडौंमा उपचार गराइरहेकी उनको टाउकोको सिटीस्क्यान गराउँदा रगत जमेको पाइएको आमा गीता ढुंगानाले बताइन् । धर्मज्योति माध्यमिक विद्यालय, मधुवनमा ७ कक्षामा अध्ययनरत कार्कीलाई कम्प्युटर शिक्षक सुदर्शन सिग्देलले आफूले सोधेको प्रश्नको सही जवाफ नदिएको भन्दै ५० पटक उठबस गराएका थिए । मुटुरोगी स्वस्तिकालाई उठबस गराएकै कारण टाउकोमा गम्भीर असर देखिएको हो,’ ढुंगानाले भनिन्, ‘छोरी अझैसम्म राम्रोसँग बोल्न र हात–खुट्टा चलाउन सक्दिनन् । १३ वर्षीया स्वस्तिकाको उपचारमा विद्यालय प्रशासनले कुनै चासो नदिएकोमा पीडित परिवारको गुनासो छ । ‘सम्बन्धित विद्यालय प्रशासनले कम्तीमा बिरामीको खोजखबर त गर्नुपर्योु,’ स्वस्तिकाका हजुरबुबा नवीनले भने, ‘खर्च थेग्नै गाह्रो छ । अझै कति समय लाग्ने हो, टुंगो छैन ।’शिक्षक यातनाले पीडित बनेकी स्वस्तिकाका सम्बन्धमा स्थानीय प्रशासनले भने गम्भीर चासो दिएको छ । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले पहिलो प्राथमिकता छात्राको उपचार भएकाले विद्यालय प्रशासन यतिखेर सक्रिय भई लाग्नुपर्ने बताए । ‘शिक्षा विकास तथा समन्वय एकाइ कार्यालयलाई तत्काल पहल गर्न निर्देशन दिएको छु,’ उनले भने । स्थानीय प्रशासनले प्रशासकीय अधिकृत डिल्लीराज आचार्यको नेतृत्वमा शिक्षा अधिकारी, महिला विकास अधिकृत र कानुन व्यवसायीको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो ।

२०७५ जेठ २० गते ९:४८ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: