A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionu4kuek22of93856i45d9p5h6cm04ecek): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

सर्पदंशबाट नाति-हजुरआमाको मृत्यु

विशालु सर्पको टोकाइबाट उदयपुरमा आइतबार बिहान आमाछाराको मृत्यु भएको छ । शनिबार राति घरमा सुतिरहेको अवस्थामा सर्पले टोकेपछि उपचारका लागि लैजाने क्रममा कटारी नगरपालिका–४ सिम्लेकी ५५ वर्षीय  हजुरआमा टीकामाया बस्नेत र १२ वर्षीय नाति सगुन बस्नेतको बाटैमा ज्यान गएको हो । सँगै सुतेका नाति–हजुरआमालाई सर्पले टोकेपछि करिब १ बजे उपचारका लागि कटारी अस्पताल पुर्‍याइएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख डीएसपी मेघराज अधिकारीले जानकारी दिए । अस्पताल पुर्‍याउनु अघि नै हजुरआमा टिकाको ज्यान गएको र नानिको आइतबार बिहान थप उपचारका लागि सिरहाको चौहर्वामा रहेको नेपाली सेनाको सर्पदंश केन्द्र लैजाने क्रममा बाटैमा ज्यान गएको डिएसपी अधिकारीले बताए । दुबैको शव पोष्टमार्टमपछि आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ ।  गर्मी बढेसँगै जमिन तातेर जमिन भित्रका जीवनहरु बाहिर निस्कन थालेका छन् । जमिनभित्रका विशालु सर्पहरु बाहिरिएपछि सर्पको टोकाइबाट उपचार गराउनेको संख्या अस्पतालमा बढेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी नवराज भट्टले जानकारी दिए । 

२०७५ जेठ २० गते २:०६ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: