पहिचान नभएपछि बालिकाको शव दाहसंस्कार
गत बिहिबार मृत अवस्थामा फेला परेकी बालिकाको पहिचान नभएपछि प्रहरीले दाहसंस्कार गरेको छ । गुल्मीको धुर्कोट गाउपालिका ७ वाग्लामको ढोड पहिरोमा मृत अबस्थामा फेला परेकी थिइन् । बालिकाको चार दिनसम्म पुनै पहिचान नभएपछि प्रहरीले शनिवार दाहसंस्कार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख एसपी अनुराग कुमार द्धवेदीले बताए । अन्दाजी ११ बर्षिया बालिकाको शव सडेको अबस्थामा स्थानीयले फेला पारेका थिए । उनको पहिचानका लागि जिल्ला अस्पतालमा शव राखिएको थियो । तर, कुनै उपाय नभएपछि पोष्टमार्टम गरी दाहासंस्कार गरिएको द्धवेदीले बताए । बालिकाको टाउको तथा शरिरका विभिन्न भागमा चोट लागि नग्न रहेको अवस्थामा फेला पारेको थियो ।
२०७५ जेठ १९ गते प्रकाशित