समाचारमा बालबालिका

कालीगण्डकीमा पौडी खेल्दा बालक बेपत्ता

कालीगण्डकीमा पौडी खेल्ने क्रममा एक बालक बेपत्ता भएका छन् ।रामपुर नगरपालिका–४ देवीस्थान बस्ने ११ वर्षीय मिलन नेपाली मंगलबार दिउँसो कालीगण्डकीस्थित कोप्चेघाटमा साथीहरुसँगै पौडी खेल्ने क्रममा बेपत्ता भएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी नायब निरीक्षक एनबहादुर थापाले बताउनुभयो । बेपत्ता बालकको अहिले खोजी कार्य भइरहेको छ ।

२०७५ जेठ १६ गते प्रकाशित