समाचारमा बालबालिका

करेन्ट लागेर बालिकाको मृत्यु

 झापाको कचनकबल गाउँपालिकामा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ। कचनकबल गाउँपालिका ६ सिंहमारी बस्ने मोहबत राजवंशीको १२ वर्षीया छोरी इन्द्रा राजवंशीको करेन्ट लागेर मृत्यु भएको हो। इन्द्राको शनिबार टेबुल पंखाबाट करेन्ट लाग्दा उपचारका लागि लानेक्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । दिउँसो आफ्नै घरमा पंखा चलाउन खोज्दा करेन्ट लागेर बालिका गम्भीर घाइते भएकी थिइन्। उपचारका लागि मेची अंचल अस्पताल लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

 २०७५ जेठ १९ गते ९:४५ मा प्रकाशित