A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionueup3dep6nhnglmbet7ku5ej24pl5n9a): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बलात्कार आरोपमा बैंक कर्मचारी पक्राउ

बालिका बलात्कार गरेको आरोपमा प्रहरीले नेपाल राष्ट्र बैंक जनकपुर शाखामा कार्यरत एक कर्मचारीलाई पक्राउ गरेको छ । जनकपुर उपमहानगरपालिका– २४ की १३ वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै बैंकका मेकानिक विजयकुमार न्यौपाने पक्राउ परेका हुन् । उनलाई सहयोग गरेको आरोपमा ३७ वर्षीया सुनीतादेवी साहलाई पनि नियन्त्रणमा लिइएको छ । उपमहानगरपालिका–३ घर भएका ४७ वर्षीय न्यौपानेले बालिकालाई घरमा बोलाएर विभिन्न प्रलोभन दिई बलात्कार गरेको आरोप छ । सुनीतादेवीले जेठ ७ गते बालिकालाई घरमा बोलाएपछि न्यौपानेले बलात्कार गरेको भन्दै पीडित परिवारले जिल्ला प्रहरी कार्यालयमा जेठ ९ गते उजुरी गरेका थिए । पीडितको उजुरीका आधारमा स्थानीय महिला र नेपाल राष्ट्र बैंकका कर्मचारीलाई पक्राउ गरी धनुषा जिल्ला अदालतबाट म्याद थप गराएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । न्यौपानेले बलात्कार गरेपछि कसैलाई घटनाबारे जानकारी नगराउन भन्दै २ हजार रुपैयाँ बालिकालाई दिएको पनि खुलेको छ । पीडित बालिकाले घटनाबारे परिवारलाई जानकारी गराएपछि घटना सार्वजनिक भएको हो । यस्तै जनकपुर उपमहानगरपालिका–४ की एक १४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा पक्राउ परेका महोत्तरीको गौशाला नगरपालिका–२ का राहुल भनिने अजिल हुसेनलाई धनुषा जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ । जनकपुर उपमहानगरपालिका कटैयाचौरीकी ती बालिकालाई हुसेनले प्रेमिका बनाएर आफ्नो कोठामा लगेको र त्यहाँ पाँचजना मिलेर सामूहिक बलात्कार गरेको आरोप छ । घटनामा संलग्न भनिएका अन्य दुईजना यसअघि नै पुर्पक्षका लागि जलेश्वर कारागारमा छन् ।

२०७५ जेठ १६ गते ७:२९ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: