A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiond26jv5jngk7j91jo6rq7kubpv8n2iniu): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

दुई बालिका बलात्कृत

जिल्लाका दुई बालिका बलात्कृत भएकी छिन्। सानीभेरी गाउँपालिका र आठबीसकोट गाउँपालिकामा बालिका बलात्कृत भएकी हुन्। सानीभेरी गाउँपालिका वडा नं. ६ की १७ बर्षिया बालिका कल्पना (नाम परिवर्तित) सामूहिक बलात्कृत भएकी छिन्। जिल्ला प्रहरी कार्यालयका अनुसार सोही गाउँपालिका वडा नं.५ का १८ बर्षीय विशाल केसी र धनसिंह वाँठा मगरले जबरजस्ती बलात्कार गरेको प्रहरीले बताएको छ। दुई जनाले पटक पटक बलात्कार गर्ने गरेको पीडित कल्पनाले प्रहरी समक्ष बयान दिएकी छिन्। प्रहरीले दुबै जनालाई प्रक्राउ गरी जबरजस्ती करणीको मुद्दा दर्ता गरेको छ। त्यस्तै आठबीसकोट नगरपालिका वडा नं.१२ की ३ बर्षिया बालिका बलात्कारको शिकार भएकी छिन्। उनलाई सोही गाउँका १४ बर्षिय बालकले ललाई फकाई पारी आफ्नै घरमा बलात्कार गरेको पीडित बालिककाले आठबीसकोट प्रहरीलाई जानकारी गराएकी छिन्। बलात्कारपछि बालिका स्थानीय मेडिकलमा उपचार गर्न आएपछि उक्त घटना बाहिर भएको हो। अहिले बालिकको स्थानीय मेडिकलमा उपचार भइरहेको छ। प्रहरीले घटनामा संलग्न व्यक्तिलाई प्रक्राउ गरेको छ। बलात्कार गर्ने बालकको नाम भने प्रहरीले गोप्य राखेको छ। उक्त व्यक्तिलाई जबरजस्ती करणी सम्बन्धिको मुद्दा दर्ता गर्ने प्रहरीको भनाई छ।

२०७५ जेठ १७ गते १०:२३ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: