A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionl8pkhpv1idlvpi12k0okt32c0f9ffdv5): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

प्रधानाध्यापकको कुटाइबाट विद्यार्थी अर्धचेत

जिल्ला स्थित एक सामुदायिक आधारभूत विद्यालयका प्रधानाध्यापकको कुटाइबाट सोमबार एक विद्यार्थी अर्धचेत भएका छन् भने अन्य ५ जना सामान्य घाइते भएका छन्। बरहथवा नगरपालिका–१ हजरियाको सहनी टोलास्थित बागमती सामुदायिक आधारभूत विद्यालयका प्रधानाध्यापक महेन्द्र रायको कुटाइबाट कक्षा ३ मा अध्ययनरत संजीव सहनी अर्धचेत भएका हुन्। प्रअ रायले आफू सहित अन्य ५ जना विद्यार्थीलाई कुटेको घाइते संजीवले बताए। प्रअ रायको कुटाइबाट अर्धचेत बनेका संजिवको बरहथवा बजारस्थित भेनस अस्पतालमा उपचार भइरहेको छ। संजीवलाई हाल स्लाइन पानी चढाउने लगायत उपचार भइरहेको अस्पतालले जनायो। ‘बिहान लाईनमा बस्दा भनेअनुसार नगरेको भन्दै सरले पहिला लाठीले पिट्नुभयो र लाठी भाँच्चिएपछि मुक्का प्रहार गर्नुभयो’, संजीवले भने, ‘त्यसपछि म भक्लकै ढलेँ, केही थाहा भएन, अस्पतालमा उपचार भइरहेको रहेछ।’ प्रअ रायले आफूसँगै ३ कक्षामै अध्ययनरत तेतरी देवी, विसुन्दर सहनी, सन्तानु सहनी, विवेक सहनी लगायतलाई समेत निर्घात कुटपीट गरेको संजीवले बताए। वडा नं. १ का वडा अध्यक्ष रत्नबहादुर गिरीले प्रधानाध्यापकले साना विद्यार्थीमाथि निर्घात कुटपिट गरेर मावन संवेदनाहीन काम गरेको बताए। वडाध्यक्ष गिरीले भने, ‘अब यसरी प्रधानाध्यापकले नै निर्घात कुटपीट गरेपछि विद्यार्थी डरले के आउलान र विद्यालय चलाउनु।’बिहान लाइनमा बस्ने क्रममा सिधा नबसेको र पिटी खेलाउने क्रममा भनेअनुसार नगरेको भन्दै प्रधानाध्यापकले विद्यार्थी माथि कुटपिट गरेको सोही विद्यालयका शिक्षक भूनेश्वर सहनीले बताए। प्रअ रायले भने आफूले विद्यार्थीमाथि निर्घात कुटपीट नगरेको दाबी गरेका छन्। मैले पिटी खेलाउने क्रममा भनेअनुसार नगरेपछि अनुशासन कायम राख्न सामान्य कुटपिट गरेको हुँ’, प्रअ रायले दाबी गरे, ‘निकैबेर पिटी खेलाएपछि विद्यार्थीहरु थाकेर लडेका हुन सक्छन्, कुटाईबाटै भने कोही पनि लडेका छैनन्।’यसअघि पनि पटक–पटक विवादमा आइरहेका प्रअ राय पुनः विद्यार्थीमाथि निर्घात कुटपिट गरेर विवादमा फसेका छन्। बरहथवा–१०, भवानीपुर स्थित सामुदायिक प्राविमा प्रअ हुँदा रायले आफ्नै छोरीलाई बालविकास सहयोगीमा नियुक्त गरि ११ वर्षदेखि घरमै राखेर हाजिर गराएर तलब खुवाएको भन्दै विवादमा आएका थिए। केही महिनाअघि मात्र नगरपालिका कार्यालयले उनको छोरीलाई सेवाबाट बर्खास्त गरेको छ भने उनको समेत केही महिना तलबभत्ता रोक्का गरेको थियो। डेढमहिना अघि मात्र प्रअ राय सहनी टोला स्थित विद्यालयमा सरुवा भएर आएका थिए।

२०७६ असार २ गते ७:२० मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: