समाचारमा बालबालिका

बालिका बलात्कार मुद्दामा फरार अभियुक्त पक्राउ

१३ वर्षीया बालिका बलात्कार मुद्दामा फरार एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक साबिक पोखरीचौरी गाविस ४ का रमेश थापा छन्। केन्द्रीय अनुसन्धान ब्युरोले बिहीबार थापालाई नयाँबजार कीर्तिपुरबाट पक्राउ गरेको हो।काभ्रेपलाञ्चोक साबिक पोखरीचौरी गाबिसकी बालिकालाई चक्कु देखाएर ज्यान मार्ने धम्की दिई बलात्कार गरेको अभियोगमा अदालतले उनलाई ८ वर्ष कैद सुनाएको थियो। २०७० साल मंसिर १६ गते उनले बालिकालाई जंगलको एकान्त स्थानमा लगेर चक्कु देखाई बलात्कार गरेका थिए। जबरजस्ती करणी मुद्दामा काभ्रे जिल्ला अदालतले थापालाई २०७४ वैशाख २५ गते ८ वर्ष कैदर ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको थियो। फैसला कार्यान्वयनका लागि थापालाई जगन्नाथदेवल कारागार काठमाडौं चलान गरिएको छ।

२०७६ जेठ ३१ गते ३:३१ मा प्रकाशित