A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session7266ci330vobgoee9iurl6rsqjga84ii): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुन गएकी किशोरी बेपत्ता

हिमाली गाउँपालिका १ की एक किशोरी २८ दिनदेखि बेपत्ता भएकी छन्। हिमाली गाउँपालिका १ विच्छाया माविमा नौ कक्षामा अध्यानरत १६ वर्षीया बास्मती भण्डारी २८ दिनदेिखि बेपत्ता रहेको बास्मतीकी आमा बाचकला भण्डारीले बताइन्। गत जेठ ७ गते हिमाली गाउँपालिकाको केन्द्र धुलाचौरमा गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुन आएकी थिइन्। त्यसपछि उनी सम्पर्कमा नआएको र बेपत्ता हुँदा विद्यालयले समेत खोजी नगरेको उनका आफन्तको गुनासो छ। उनी सटफूट खेलको प्रतियोगी रहेको उनका आफन्तले बताएका छन्। विद्यालयका प्रधानाध्यापक गोरखबहादुर बोहोरासहित तीनजना शिक्षक विद्यार्थी लिएर गाउँपालिकाको केन्द्र धुलाचौर आएका थिए।उनीहरुसँग भण्डारी पनि गएको थिइन। बेपत्ता छोरीका बारेमा हालसम्म पत्ता नलागेको आमा बाँचकला भण्डारीले बताइन्। बास्मती भण्डारीका दाइ जोगबहादुर भण्डारीले आफूहरुले बहिनी हराएको कुरा प्रहरीलाई पनि खबर गरेको भए पनि हालसम्म कतै पत्ता नलाग्दा आफूहरु निरास भएको बताए। अस्थायी प्रहरी चौकी धुलाचौरका प्रहरी सहायक निरीक्षक दीलिपसिंह महराले उनी हराएको खबर जिल्ला प्रहरी कार्यालयमा जानकारी गराएको बताए। उनले हाल जिल्लाबाट कुनै खबर प्राप्त हुन नसकेको र खोजि भइरहेको बताए। छोरी बास्मतीको २८ दिनसम्म पनि अत्तो पत्तो नलागेपछि खोजी गरी दिन स्थानीय प्रशासनलाई समेत गुहारेको उनकी आमा बाँचकला भण्डारीले बताइन्।

२०७६ असार २ गते ४:३२ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: