A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiono6vevtqhto8rfmml12712mhqt7r6obts): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

१२ वर्षदेखि दाम्लोमा

पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–३ ढोडेनी भुजेल गाउँका एक बालकलाई १२ वर्षदेखि दाम्लोमा बाँधेर राखिएको छ।मानसिक समस्या भएका उनीको उपचार अभाव भएपछि १४ वर्षीय मदन भुजेललाई अभिभावकले बाँधेर राखेका छन् । बालकको कम्मरमा डोरीले बाँधिएको छ। डोरी घरको भित्तामा अडाइएको छ । अरू बालबालिकाझैं स्कुल जाने बेला बाँधेर राख्नुपरेको भन्दै आमा विष्णुमाया भुजेलका आँखा रसाए । डेढ वर्षको उमेरमा बिरामी परेका मदनले गरिबीका कारण राम्रो उपचार पाएनन् । ज्वरो बिग्रिएर बोली बन्द भयो । अहिले उनी न बोल्न सक्छन् न मानसिक रूपमा स्वस्थ छन् । ‘सुरुमा सामान्य ज्वरो होला भन्ने लाग्यो । गाउँमै घरेलु ओखती गरेका थियौं,’ गहभरि आँसु झार्दै भुजेलले भनिन्, ‘ज्वरो बिग्रिएर कलकलाउँदो छोरोको बोली बन्द भयो । आर्थिक अवस्था कमजोर हुँदा सहरमा लगेर समयमा नै औषधि गर्न पाइएन ।’स्वास्थ्य बिग्रिएपछि बच्चालाई जे पायो त्यसैले पिटिदिने, सामान तोडफोड गर्ने, जताततै दौडने, जथाभावी दिसापिसाब गर्नेलगायत काम गर्न थालेपछि बाध्य भएर बाँधेर राख्नुपरेको परिवारको भनाइ छ । सामान्य खेती किसान र डालानाम्ला बेचेर घर खर्च चलाउँदै आएको भुजेल परिवारलाई उमेर बढ्दै गएको छोराको उपचार गर्न कठिन भएकोछ । जसोतसो दुःखजिलो गरेर भरतपुर अस्पताल लगेर लामो समय उपचार प्रयास गरे पनि मदनलाई निको भएन । मदनको उमेरसँगै उपचार खर्च पनि बढ्दै गयो तर परिवारको आम्दानी बढेन । मदनका दौतरी स्कुल जान्छन् । किताब कापीको झोला बोक्ने उमेरमा उनको कम्मरमा दाम्लो कसिएको छ । अधिकारकर्मी र सहयोगी मनको आँखा भुजेलको घरमा अहिलेसम्म परेको छैन । ‘सास रहेसम्म आस हुन्छ भन्छन् । गरिबीले वर्षौं बाँधेर राखे पनि अब कोही कसैले सहयोग गरेर छोरालाई निको बनाइदिए हुन्थ्यो,’ मदनका बुबा सुकबहादुरले भने । छोराको उपचार गर्ने आसले तनहुँको भीरथाप्लाबाट भएको पुर्ख्यौली जायजेथा बेचेरढोडेनी झरेको भुजेल परिवारलाई गुजारा चलाउनसमेत गाह्रो छ । ढोडेनी आएको पनि १० वर्ष बित्यो । न छोरोको उपचार भयो न पुस्तौनी थात्थलो रह्यो । भएको सानो घरको पनि कागजात छैन।

२०७६ असार २ गते ९:५३ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: