A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionhppubifs9so887vdimt4umrp1f7qifog): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बलात्कारको आरोपमा पक्राउ

सप्तरीकी १५ वर्षीया बालिकालाई अपहरण गरी बन्धक बनाएर बलात्कार गरेको आरोपमा सप्तरी प्रहरीले १६ वर्षीय किशोरलाई पक्राउ गरेको छ। पीडित बालिकाको बयान र उजुरीपछि आरोपितलाई पक्राउ गरी उजुरी दर्ता गरिएको इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले बताए। काठमाडौंमा मजदुरी गर्दै बसेका आरोपितले गत वैशाख १५ गत खानेकुरामा नशालु पदार्थ मिसाइ बेहोस बनाएर काठमाडौं लगेको र कोठामा थुनी बलात्कार गरेको पीडितले बताएकी छन्। आफूहरुबीच साढे एक वर्षदेखि प्रेम सम्बन्ध रहँदै आएको बताएका आरोपितले भने आपसी सहमतिमै काठमाडौं गएको तर अहिले प्रेमिकाले परिवारको दवावमा झुठो उजुरी दिएको बताए। पीडित उपल्लो जातको भएकाले आफूहरुबीचको प्रेम अस्वीकार गर्दै घरपरिवार र समाजको सिंगो समुदायलाई नै प्रताडित गर्न थालेपछि आफूहरु सल्लाहमा नै घर फर्किएर प्रहरीसमक्ष आएको उनले बताए। आरोपित किशोरको गत वैशाख १३ गते मात्र आफ्नै समुदायकी बालिकासँग विवाह भएको थियो। विवाहको दुई दिनमै पीडितसहित आरोपित बालक दुबैजना गाउँबाट बेपत्ता भएपछि केटी पक्षले दुबैलाई हाजिर गराउन आरोपित बालकको परिवारमा दवाव दिँदै आएका थिए। यस क्रममा आरोपितका बुवालाई झुठा मुद्दा लगाउनेदेखि सिङ्गो बस्तीका दलित समुदायमाथि सामूहिकरुपमा कुटपिट गरेको भन्दै गाउँलेले गत वैशाख २५ गते उजुरी गर्न सदरमुकाम राजविराज आएका थिए।

२०७६ असार ४ गते १२:२३ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: