A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session86vqibpr892g45hdungka25c8sduf9o0): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

१६ वर्षमा बिहे गर्न माग गर्दै धर्ना

नेपालको कानुनले २० वर्षमुनिको विवाहलाई गैरकानुनी मानेको छ । तर आइतबार बाँकेका मधेसी समुदायका महिलाले १६ वर्षमा छोरीको बिहे गर्न पाउनुपर्ने भन्दै जिल्ला प्रशासन कार्यालयमा दिनभर धर्ना दिए । प्रमुख जिल्ला अधिकारी मदन भुजेललाई भेटेर उनीहरूले मागपत्र नै पेस गरे । धर्नामा सरिक तीन छोरीकी आमा जानकी गाउँपालिका–१ की सुनीता खटिकले आफ्नो समुदायमा छोरीहरू विवाहबारे बोल्न लजाउने गरेको बताइन् । ‘हामीले १६ वर्षमै घरबाट छोरीको बिहे गर्न पाऊँ भनी सरकारसँग माग राख्न आएका हौं,’ उनले भनिन् । ३० वर्षमा ६ सन्तानकी आमा भइसकेकी कोहलपुर–१४ की तारादेवी खटिकले आफ्नी १६ वर्षकी छोरीको बिहे गर्ने तयारीमा रहेको सुनाइन् । ५ छोरी र १ छोराकी आमा उनले उमेरमा छोरीको विवाह नभए पछि गर्न समस्या हुने बताइन् । ‘मेरो विवाह १० वर्षकै उमेरमा भएको थियो । छोरीको १६ वर्षमा पनि हुन सकेन भने केटा पाउन मुस्किल हुन्छ,’ उनले भनिन् । आफ्नो समुदायमा छोरी उमेर बढेसँगै विवाहका लागि अभिभावकलाई समस्या झेल्नुपर्ने बाध्यता हुने उनले बताइन् । ‘म त १६ वर्षीया छोरीको विवाह वर्षापछि गर्ने तयारीमा छु,’ कोहलपुर–१४ की केसरानी खटिकले भनिन्, ‘राम्रो कुरा आएको छ । कानुनसानुन भनेर कुर्न सक्दिनँ ।’ धर्नामा सानै उमेरमा विवाह गरेका किशोरी आमाहरूको बाहुल्य थियो । कानुनविपरीत भए पनि उनीहरू १६ वर्ष पुगेका आफ्ना छोरीको विवाह गर्ने कुरा खुलेर गरिरहेका थिए । धेरैजसो आमाको एकै भनाइ थियो, ‘२० वर्षसम्म छोरीलाई घरमा कसरी राख्ने रु भागेर गई भने कसरी इज्जत जोगाउने ?

आफ्नै उमेरसमेत बताउन नसक्ने कोहलपुर–१४ की मुनख्खा खटिकका दुई छोरी छन् । जेठी छोरीको १८ वर्षमा विवाह भयो । उनी अहिले गर्भवती छन् । ‘भोलि छोरीले आफैं बिहे गरी भनी कसरी इज्जत जागाउने रु’ उनले भनिन्, ‘हाम्रो त हुक्कापानी नै बन्द हुन्छ । बदनाम हुन्छ। मधेसी समुदायमा छोरीले मन पराएर बिहे गरेमा वा अन्तरजातीय बिहे गरेमा राम्रो मानिँदैन । उनीहरूका लागि यो बडो लाजको विषय बन्ने गरेको छ । जिल्लामा मधेसी समुदायको बाहुल्य रहेका जानकी, नरैनापुर, डुडुवा गाउँपालिका र नेपालगन्ज उपमहानगरपालिकामा बालविवाह बढी हुने गरेको छ । बालविवाह रोक्न बाँकेमा प्रहरी सक्रिय छ । त्यस्तो विवाहको सुइँको पाउनेबित्तिकै प्रहरीले पक्राउ गर्छ । समातिने डरले कतिपय अभिभावकले सीमापारि भारतमा लगेर छोरीको विवाह गरिदिने गरेका छन् । कतिपयले भारतीय नागरिकलाई नै छोरी दिने गरेका छन् । उमेर बढाएर विवाह गरिदिनेहरू पनि यहाँ उत्तिकै छन् ।नागरिक समाजका अगुवा रामदेव मिश्रले गत जेठ १५ मा बाँकेका प्रमुख जिल्ला अधिकारी भुजेलमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएर विवाहको उमेर हद बढाउन माग गरेका थिए ।‘छोरीको विवाहको उमेर २० वर्ष कायम गर्दा समाजमा विकृति फैलिने डर लाग्यो,’ उनले भने,आमाबाबुको सहमतिमा १६ देखि १८ वर्षमै विवाह गर्न पाउने व्यवस्था मिलाइपाऊँ भनी प्रजिअमार्फत सरकारसँग माग गरेको हुँ तर मेरो माग सम्बोधन भएन । त्यसैले अहिले महिलाहरू नै सडकमा उत्रिएको उनले बताए । अब त सरकारले कुरा सुन्छ होला नि, उनले भने । प्रमुख जिल्ला अधिकारी भुजेलले ज्ञापनपत्र सम्बन्धित निकायमा पठाइसकेको उनले बताए।

२०७६ असार २ गते ९:५७ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: