A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session86vqibpr892g45hdungka25c8sduf9o0): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

विद्यालयमा स्वास्थ्य बिमा

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने लालबन्दी नगरपालिकास्थित एक सामुदायिक विद्यालयमा स्वास्थ्य बिमा लागु गरिएको छ । वडा कार्यालयको पहलमा लक्षित वर्गका लागि छुट्याइएको रकमबाट बालबालिकाको स्वास्थ्य बिमा गरिएको हो । नगरपालिकाको प्रेम ज्योति प्राथमिक विद्यालयमा अध्यनरत्त सम्पूर्ण विद्यार्थीको वडा कार्यालयको पहलमा स्वास्थ्य बिमा गरिएको हो । आई एम इ जेनरल इन्सोरेन्ससँगको समन्वयमा विद्यालयमा अध्यनरत १ सय २६ जना विद्यार्थीको पहिलो पटक एकैसाथ स्वास्थ्य बिमा गरिएको वडाध्यक्ष उज्वल कार्कीले जानकारी दिए । विद्यालयमा अध्यन गर्ने अधिकांश बालबालिकाका अभिभावक ज्याला मजदुरी गरेर गुजारा टार्ने निम्न वर्गीय परिवारका भएकाले वडा कार्यालयबाट लक्षित वर्गका लागि विनियोजित १ लाख रुपैयाँको बजेटबाट विद्यालय आफैंले अभिभावकत्व ग्रहण गर्ने गरी स्वास्थ्य बिमा गरिएको वडाध्यक्ष कार्कीले बताए । ‘वडा भित्रका विद्यार्थीको स्वास्थ्यमा बर्सेनि अभिभावकले लाखौं रुपैयाँ खर्च गरिरहेका छन्, निम्न आयश्रोत भएकाले स्वास्थ्यमै बढी रकम खर्च भएपछि विद्यार्थी पनि विद्यालय नियमित आउन सकेका थिएनन्, कतिपयले पढाइनै छाड्नु पर्ने अवस्था आएको थियो,’ उनले भने, ‘स्वास्थ्य बिमा भएपछि अभिभावकको पनि लाखौ रुपैयाँ जोगिने र विद्यार्थी पनि नियमित हुने उद्देश्यका साथ विद्यालयमा स्वास्थ्य बिमा सुरु गरेका छौं ।’स्वास्थ्यमा लाखौं खर्च जोगाउन वडाबासीलाई विमा गराउनु पर्छ भन्ने सन्देष दिनका लागि पनि बालबालिकाको स्वास्थ्य बिमा सुरु गरिएको वडाध्यक्ष कार्कीको भनाई छ । अघिल्लो वर्षको बिमाको प्रिमियम तिर्न सजिलो होस् भन्ने उद्देश्यका साथ खुत्रुके बचत योजना पनि विद्यालयले सुरु गरेको छ ।

विद्यालयले प्रत्येक विद्यार्थीलाई खुत्रुके दिएर रकम सानो सानो रकम जम्मा गर्न भनेको छ । नगरभित्रका ४८ सामुदायिक विद्यालय मध्ये पहिलो पटक शुक्रबार प्रेम ज्योती प्राथमिक विद्यालयमा विद्यार्थी स्वास्थ्य विमा उदघाटन गर्दै नगर प्रमुख मान बहादुर खडाले विमा कार्यक्रम क्रमैसँग नगर भित्रका सबै विद्यालयमा लागु गरिने बताए । बिमा कार्यक्रमलाई नियमित र प्रभावकारी बनाउन केही रकम अभिभावकबाट समेत लिने ब्यवस्था गरेर भएपनि कार्यक्रम लागु गरिने नगर प्रमुख खड्काले बताए । नौ सय ७१ रुपैयाँ प्रत्येक वर्ष प्रिमियम तिर्ने गरि विद्यालयमा अध्यनरत्त १ सय २६ विद्यार्थीको विमा गरिएको हो । विमित विद्यार्थीको दुर्घटनामा परी मृत्यु भएमा १ लाख रुपैयाँ बिमा कम्पनिले तिर्नेछ । यस्तै दुर्घटनामा परि पुर्णरुपमा अशक्त भएमा ३ लाख रुपैयाँ र आसिंक रूपमा अशक्त भए एक लाख रुपैयाँ बिमा कम्पनीले बेहोर्ने छ । बिमित विद्यार्थी दुर्घटनामा परी घाइते भएमा २५ हजार सम्मको औषधी उपचार सेवा तथा विद्यार्थी बिरामी भएर अस्पताल भर्ना भए ५० हजार सम्मको औषधि उपचार सुविधा पाउने छन् । विद्यार्थीको अभिभावकको दुर्घटनामा परी मृत्यु भएमा बिमा अवधिभर ५ लाख रुपैयाँ र घाइते भएर पूर्णरूपमा अशक्त भएमा ५ लाख र आसिंक अशक्त भए २ लाख ५० हजार रुपैयाँ बिमालेतिर्ने कम्पनीले जनाएको छ।

२०७६ असार २ गते १०:४४ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: