A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionnku3obfgltbvebr24ucte8ut7qmttolk): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

सर्पले डसेकी बालिकाको मृत्यु, अस्पताल तोडफोड

सर्पले डसेकी बालिकाको उपचारमा लापरबाहीका कारण मृत्यु भएको भन्दै आक्रोशित भीडले सोमबार राति सर्लाहीको नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा तोडफोड गरेको छ। हरिवन नगरपालिका–९ का पुष्कर बुढाथोकीकी साढे २ वर्षीया छोरी सम्पदालाई सोमबार साँझ सर्पले डसेपछि उपचारका लागि नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा ल्याइएको थियो। अस्पतालका स्वास्थ्यकर्मीको लापरबाहीले बालिकाको मृत्यु भएको भन्दै आक्रोशित आफन्त सहितको समूहले अस्पतालमा तोडफोड गरेका हुन्। बालिकालाई अस्पतालमा ल्याउनेबित्तिकै उपचारमा संलग्न एक मात्र स्वास्थ्यकर्मीले मादक पदार्थ सेवन गरेको र अन्य स्वास्थ्यकर्मी बोलाउँदा समयमै नआएकाले मृत्यु भएको भन्दै आफन्त एवम् अन्य स्थानीयले आक्रोश व्यक्त गरेका छन्। प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले छानबिन समिति गठन गर्ने प्रतिबद्धता जनाएपछि आफन्तले राति १ बजे शव बुझेको हरिवन नगररपालिका मेयर गणेश प्रसाईंले जानकारी दिए। ‘अस्पतालका कर्मचारीले मादक पदार्थ सेवन गरेको र बाहिर रहेका डाक्टरसमेत बोलाउँदा समयमै नआएको भन्ने मृतकका आफन्त एवम् स्थानीयबाट गुनासो आएको छ,ु मेयर प्रसाईंले भने, ‘सर्पदंशजस्तो उपचार गर्ने संवेदनशील संस्था अलि व्यवस्थित नभएको देखियो।’ उपचारमा संलग्न एक स्वास्थ्यकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

तोडफोडबाट भेण्टिलेटर तथा आइसियूको मोनिटरलगायत उपकरण एवम् भवनका झ्यालका सिसाहरुमा क्षति पुगेको अस्पताल व्यवस्थापन समिति अध्यक्ष बोधराज काफ्लेले जानकारी दिए। ‘ठूलो दुःख गरेर भेन्टिलेटर तथा आइसियू जडान गरिएको थियोुअध्यक्ष काप्mलेले भने, ‘अस्पतालका डाक्टरसहित स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ, अब अस्पताल सञ्चालन नै गर्न नसकिने अवस्था आएको छ।’ चिकित्सक अर्जुन लामालगायत स्वास्थ्यकर्मीको टोलीमाथि कुटपिट भएको उनको भनाइ छ।सर्पले दुई ठाउँमा डसेको र सानी बालिका भएकाले उपचारमा जति प्रयास गरे पनि बचाउन नसकिएको स्वास्थ्यकर्मीलाई उद्धृत गर्दै अध्यक्ष काफ्लेले दाबी गरे। सर्पदंशको प्राथमिक उपचार मात्र हुँदै आइरहेको नवलपुर स्वास्थ्यचौकीमा गत जेठमा मात्र प्रदेश सरकारको ३० लाख तथा लालबन्दी नगरपालिकाको पाँच लाख गरी ३५ लाख रुपैयाँ खर्च गरेर आइसियू एवम् भेन्टिलेटर जडान गरिएको थियो। सोमबार रातिको तोडफोड एवम् स्वास्थ्यकर्मीमाथिको कुटपिटका कारण उपचार सेवा बन्द भएको अध्यक्ष काफ्लेले जानकारी दिए।

२०७६ असार २४ गते १२:३७ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: